News Portal

  • जनताको सवारी रोगको रेल र भोकको जहाजमा

    प्रदिप सुनुवार
    ६६८ पटक

    आज विश्व नै आफ्नो अस्तित्वमा रहेको अर्थतन्त्रबाट धेरै भन्दा धेरै ओरालो लाग्ने क्रम दिन प्रतिदिन बढदै गएको छ। कोरोना महामारीका कारण विश्वभरी धेरै मानिसले आफ्नो ज्यान गुमाएका छन। इतिहासमा पनि महामारी रोगले मानव समुदायलाई दुख नदिएको भने होइन। त्यस समयको विज्ञान प्रविधिको विकास हेर्दा आज हामी धेरै उन्नत विज्ञान प्रविधिको युगमा छौ।

    यतिको श्रोत साधन हुँदा पनि यो महामारीलाई चाहेको जस्तो नियन्त्रण गर्न असफल भएको देखिन्छ। नेपालमा जस्तो देशमा यसको ठुलो प्रभाव परेको छ। हामी नेपाली जनतालाई अरु समयमा राजनीति वाक लागेपनी चुनावको समय भने राम्रो नै लागेको देखिन्छ। अरु समयमा देखिएको असन्तुष्टि चुनावमा सन्तुष्ट सहभागिता नै देखिन्छ।

    चुनावको समयमा भएपनी राजनीति प्रति सन्तुष्ट देखाएर दिएको मतले २०७४ साल मंसिर १० र २१ को चुनावमा नेकपाले दुई तिहाइ बहुमत प्राप्त गरेको थियो। आज त्यो मतले जनताप्रति कतिको न्याय गरिरहेको छ। कोरोना महामारी सुरु भएता लगभग ६ महिनाको बन्दाबन्दीको अवस्थाबाट देश र जनता गुज्रिएको छ।

    अधिकांस व्यापार व्यवसाय ठप्प भएको अवस्था छ। श्रमजीवी वर्गको त झन कस्तो हालत छ। वैदेशिक रोजगारमा गएको र उनीबाट आश्रीत परिवार पनि कम पिडामा छैन। सबै वर्गका मानिसहरु समस्यामा छन तर यसमा मात्राको भिन्नता छ। खर्ब कमाउन नपाएर समस्यामा छन भने कोहि एक पेट खान नपाएर समस्यामा छन।

    यहाँ कोहि विलासी जीवन स्तर धान्न नपाएकोमा चिन्ता छ त कोहिको आधारभूत आवश्यकताको परिपुर्ति गर्न नसकेर जीवन मरणको दोसाँधमा छन। समस्या त सबै समस्या नै हो तर अती आवश्यक समस्या प्रधान हुन्छ होला। रेल र पानी जहाजको नाराले जितेको चुनावबाट ठुलो प्रतिफल पाएका छौ।

    नेपाली जनता रेल र पानी जहाज नभएर विपन्न भएको हो वा यो कुराको विकासले हामीलाई सम्पन्नताको चिनारी दिलाउछ। मुख्य कुरा देशको भौगोलिक अवस्था यहाँको समाजिक परिवेश यहाँको वास्तविक आवश्यकतालाई बुझ्न जरुरी हुन्छ होला। जनताको आर्थिक पक्षलाई सबल बनाउने हो भने त्यो कुरा स्वस्फूर्त आवश्यकता दाएर भित्र आउँछ होला।

    तारे होटेल र ठुला महल, महगो अस्पताल विकास गर्नु पुर्व त्यस स्थान सम्म जनताको पहुँच पुग्न जनताको आर्थिक पक्ष मजबुत बनाउन आवश्यक हुन्छ। बच्चाको जन्म भएपछि भोटोको आवश्यकता पर्छ। बच्चालाई जन्मन नदिने र भोटो चाहिन्छ भन्दै भोटो मात्रै सिलाउनुको अर्थ देखिदैन। जो सत्ताको सिंहासन पुग्यो उसको आर्थिक पक्ष मजबुत हुने जनता जुनै व्यवस्थामा पनि जनता आधारभुत आवश्यकता पूरा गर्नैको लागि धाउ धाउ पर्ने।

    आजको परिस्थितिमा रेल र पानीजहाज त आएको छ र हामी यसमा सवार छौ। त्यो हो भोकको रेल र रोगको पानी जहाजमा नेपाली जनताको सवारी भैरहेको छ। सरकार विरुद्धमा बोल्दा उनका कार्यकर्ता लाई उचित हुदैन। हाम्रो यो बाध्यता हो देखेको भोगेको कुराहरु सम्प्रेषण गर्नु। सरकारले गरेको छ नगरेको भन्दै नौ तर के गर्नु पर्ने हो र के गरिरहेको छ त्यो पक्का पनि भन्न पाउनुपर्छ।

    जनताले सरकार चुनेर पठाउनुको मतलब उसका लागि उसका कर्याकर्ता, आफन्त, आसेपासेको भलो गर्न मात्रै हैन। पाउने तीन करोड जनता भित्र ती मात्रै पर्दैनन् होला। यस्तो अवस्थामा पनि जनताको स्वास्थ्य उपचारको नाममा भ्रष्टाचार गर्न पछि हटेको छैन सरकार। राहत वितरण गरिएको छ भनिन्छ सरकारले भन्दा जनताले जनतालाई गरेको सहयोग जनता माझ लोकप्रिय छ।

    जनताको समस्यामा जनताले साथ सहयोग गर्नुपर्ने। सरकारले के गर्ने र यसको काम के हो जनता प्रती सरकारको केही कर्तव्य हुदैन। जनताले जनतालाई सहयोग गर्नु हुदैन भन्ने मेरो आसय होइन। हामी कुनै राज्यमा छौ राज्यमा सरकार छ त्यसकारण पहिलो उत्तरदायी सरकार हुनुपर्छ। ६ महिनाको यति लामो संक्रमणकालिन अवस्थामा जनताहरुले आफ्नो दैनिक कसरी चलाउदै छन भन्ने विषयमा सरकारको कुनै चासोको विषय बनेन।

    सरकारलाई जनता र उसको भोट चुनावमा मात्र चाहिने रहेछ यतिबेला होइन रहेछ। सरकार आफ्नो कुर्सी खोसाखोस गरेर बस्छ। कहिले बेसुरा बासुरीको धुन बजाएर बस्छ। सरकार मात्र गरेको जस्तो गर्दै विधि पुर्याउदै बसेको छ। माक्सले भनेका थिए हरेक ५ वर्षमा हामीले आफुलाई शासन गर्ने शासक चुन्ने मौका पाउछौ।

    हामीले दिएको मतद्वारा पाएको शक्तिले हामीलाई शोषण गरिरहेको छ। सरकारलाई “आफू ठिक छु सब ठिक छ आफू भोको छैन”को मतलब यहाँ कोहि भोको छैन। प्रधानमन्त्री ज्युको भासण बडो गजबको नै हुने गर्छ कहिले काहीं स्वर्गमा नै पुर्याउनु हुन्छ। उहाँले कोहि नेपाली यहाँ खान नपाएर मर्ने छैन र खानको चिन्ता नगर्नुस् सुतेको ठाँउमा खुवाउने भन्ने थियो।

    यो कुरा उहाँको यथार्थमा त देखिएन उहाले बोल्नु भएको थुप्रै यस्ता जनता प्रती समरप्रीत भावना थिए। यो उहाले बोल्नु भएको हैन रहेछ यो उहाले आफ्नो स्वास्थको निमित्त प्रयोग गर्दै आएकोऔषधिको असरको कारणले दिएको रियाक्सन जस्तो देखिन्छ।

    दुई/चार जना मानिसको आर्थिक उत्तार चडावबाट देखिने जि.डि.पी.ले आम नेपाली जीवन स्तरमा केही महत्त्व राख्दैन। यी केही व्यक्तिको अनुपातलाई हेर्ने र आम जनता जीवन शैली प्रती केही चासो नराख्ने पद्धतिको विकासले आज यो हालत बाट देश र जनता गुज्रिएको छ। कस्तो विडम्बना कसैको पैसा राख्ने ठाँउ छैन कसैलाई एक पेट खान काम छैन।

    जनता नाम मात्रै जनताको पार्टी, जनताको सरकार, जनताको मुद्दा, जनताको संविधान, जनताको कानुन, जनताको देश, जनताको नेता यी सब कुराहरु हामीले सुन्नलाई धेरै पायौं तर व्यवहारमा कल्पना मात्रै भएको छ। भ्रष्ट राजनीतिक दल र भ्रष्ट नेताले कहिले पनि देशमा शान्ति र शुसाशन चाहदैनन्। किनभने शान्ति र शुशासनमा उसले आफ्नो अस्तित्व देख्दैन। उसले सधै देशको अशान्ति, अन्योल, संक्रमणकालिन अवस्थालाई केन्द्र विन्दु मान्दछ। नेपाली जनतालाई रोगको रेल र भोकभोकै सवारी हुनुपर्ने पानी जहाज चाहिदैन।

    ~ प्रदिप सुनुवार
    हाल: काठमाडौ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    गौर हत्याकाण्डको मुद्दामा कारण देखाउन सर्वोच्चको आदेश

    काठमाडौं। सर्वोच्च अदालतले गौर हत्याकाण्ड विरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद...

    मोरङको रतुवामाई नगरपालिकामा स्थानीय कृषकहरुले ताला लगाए

    बैशाख-१२, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा विभिन्न ...

    आज बैशाख-१२ गतेको बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १२ गते बुधबार इश्वी सन् २०२४ अप्रिल २४...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal