News Portal

  • फेरिएको राजनीतिक व्यवस्थामा पुरानै हुकुमी शासन

    प्रदीप सुनुवार
    ६१८ पटक
    २०७७ भदौ ४, बिहीबार

    संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको नेपाली जनता हामी। शासन सत्ताको व्यवस्था नै फेरियो यो सम्मानजनक विषय हो। यहि शासन सत्ता सिर मात्रै फेर्नु नै मुल उदेश्य थियो। विगत र आजमा कुन कुरामा विभिन्नता पाएका छौ। प्रकृति आफैमा गतिशील छ र यसमा रहेको हरेक वस्तुहरु पनि परिवर्तन हुन्छ।

    यो नियमले यहाँ अपवादको रूपमा प्रश्न चिन्ह खडा गरिदिएको छ। हरेक राजनीतिक आन्दोलनको मुल उदेश्य समाज परिवर्तन गर्नको निम्ति नै हुन्छ। हाम्रो समाजमा रहेका जनताको जीवनमा स्तरमा के परिवर्तन आएको छ। यो मुख्य विचारणीय विषय हो। आज सम्म नेपालमा सुरु गरिएको राजनीति आन्दोलनको उदेश्य के थियो र आज कहाँ आइपुगेको छ।

    यहाँ व्यवस्था परिवर्तनको नाम २००७ को प्रजातान्त्रिक आन्दोलन २०४६ जन आन्दोलन हुदै २०५२ सुरु भएको दश वर्षे लामो जनयुद्ध लगाएत २०६२/६३ को निरंकुश राजतन्त्र विरुद्धको जन आन्दोलन भएको थियो। यस प्रकारको घटना क्रममा आम नेपाली जनताले त्याग बलिदान गरेका छन। यसको उपलब्धि आज के भएको छ। जुनसुकै वर्गीय पक्षधरता देखाएपनि सबै दलको व्यवहारमा खासै फरक पाइदैन।

    जनता यहाँ बाच्ने कुरा मात्र हैन। जनता कुन अवस्थाबाट बाचिरहेको छ। मुल कुरा अधिकारबाट जनता कतिको सम्पन्न छ भन्ने कुरा हो। कम्युनिस्ट व्यवस्था जहाँ उत्पीडित निमुखा जनताको आवाजलाई बुलन्द गर्ने पार्टी भनाइमा मात्रै सिमित भएको छ। यो प्रष्ट सावित भएको छ।

    उनीहरु जुन वर्गको निम्ति लडेका थिए त्यो वर्ग जहाँको त्यही नै छ। यथार्थमा यहाँ जनताहरुको दयनीय अवस्थाको मजाक बनाइएको छ। राणा शासन, पन्चायत, निरंकुश राजतन्त्र, यो व्यवस्थामा पनि जनता बाचेको थियो। त्यस समयमा पनि जो सम्पन्नहरु थिए, तिनीहरु को राम्रै पहुँच हुन्थ्यो।

    आज जनताले पाएको अधिकार भनेको मतदान गर्न, स्वतन्त्र रूपमा आफ्नो कुरा राख्न, बोल्न पाउने यति मात्र हो। यहि पाएका कुराहरुको पनि कहाँ सुनवाइ भएको छ। विरोध सरकार सुन्न चाहन्न आफू बाट गल्ती भएको स्वीकार्य गर्दैन भने हिजो पुरानो साशक र आज नयाँ शासकमा के फरक भयो। जनताको आधारभूत कुराहरू स्वास्थ्य, शिक्षा, रोजगारीको विषयमा जति ठुलो भाषण गरेपनी यथार्थ यसको विपरीत भयो।

    बुर्जुवा शिक्षा प्रणाली गलत हो भन्दै जनतालाई उचाल्दै आज ती व्यक्तिहरु नै यहि शिक्षा उद्योगमा लगानी गर्दैछन। गरिब जनताको उपचारलागि केही गरेजस्तो गर्दै निजि अस्पतालहरुमा लगानी गर्दै सरकारी अस्पतालहरुलाई कम्जोर साबित गर्दैछ। जनताको रोजगारीको कुरा पनि गर्ने र गर्छौ मात्रै भन्दै टार्ने काम भएको छ।

    हिजो सोझा सिदा जनतालाई सिंहदरबार पनि तपाईंको भागमा पर्छ भन्दै, आज आफै आलीसान महल र बिलासी जीवनमा लिप्त भएका छन। जनताले व्यवस्था र शासक परिवर्तन गरेपनी शासकको व्यवहारमा भिन्नता पाउन सकेको छैन। पुजीवादी चिन्तनबाट ग्रस्त दुनियाँमा सोझा, गरिब, निमुखा जनता बाच्ने कुरा असम्भव भएको छ।

    हाम्रो देश प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रका नाममा जे-जे व्यवस्था आएपनी त्यो जनताको निम्ति आएको रहेनछ। यो त बस केही लुटपाट गरिखाने केही भ्रष्ट व्यक्तिहरुको लागि आएको व्यवस्था रहेछ। मतदान गर्ने अधिकारबाट हामीले आफुलाई शासन गर्ने शासक चुन्नु पाउछौ तर त्यो शासक शासन शैली गलत भएमा त्यसलाई सत्ताबाट फ्याक्ने अधिकार छैन।

    आज पनि देशको अर्थतन्त्रको ठुलो हिस्सा केही व्यक्तिको हातमा छ अधिकांस व्यक्तिहरु गरिबीको रेखामुनि छन। हिजो यो देशमा राजाको हालीमुहाली हुन्थ्यो भने आज केही पुजिपती वर्गको हुकुम चल्ने भएको छ। इतिहासमा श्रीपेच लगाएर राज्यको शासन गरिन्थ्यो भने आज नलगाई तर पद्धति उहीँनै छ। सामन्त व्यवस्थाको अन्त्य भएको जति ढाेङ्ग गरेपनी नव सामन्तहरुको जन्म भएको छ।

    विगमा सामन्तहरुले प्रत्यक्ष शोषण गर्थे भने आज हामी अप्रत्यक्ष रुपमा शोषित हुनुपरेको अवस्था छ। यहाँ बाच्ने कुरा मात्र स्वतन्त्रता होइन हामी सचेत प्राणि मानव हौ। हिजोका शासकलाई आजका शासक आफै नोकरशाही भन्थे तर आज नोकरशाही प्रवृत्ति नै उसको शासन शैलीमा छ। समाजबाट राज्यसत्ता निर्माण हुन्छ राज्यसत्ताले समाज निर्माण गर्दैन।

    यदि राज्य सत्ताको नाममा सबै शक्ति अधिनस्थ गरियो भने सबैभन्दा शक्तिशाली नोकरशाह बन्दछ। त्यसकारण समाज कमजोर र राज्य सत्ता शक्तिशाली बन्दछ। त्यसैले कमजोरहरुको आवाज शक्तिशाली सत्ताले कहिले सुन्दैन।

    हाम्रो राज्य सत्ताको अवस्था यस्तो छ। यसमा पनि उनीहरुलाई संचालन गर्ने भ्रष्ट , दलाल, ठुला-ठुला पुजीपति वर्गको मुख्य भुमिका रहेको हुन्छ। यस्तो शासकले अब कहाँबाट जनता चिन्छन न त जन सरोकार कुराको विषयमा जानकार रहन्छन्।

    ~ प्रदीप सुनुवार
    हाल: काठमाडौं।

    प्रतिकृया दिनुहोस्

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    गौर हत्याकाण्डको मुद्दामा कारण देखाउन सर्वोच्चको आदेश

    काठमाडौं। सर्वोच्च अदालतले गौर हत्याकाण्ड विरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal