News Portal

  • दाहसंस्कारपछि कोरोना पुष्टि, मलामी खोज्दै प्रहरी

    धनुषामा मृत्यु भएका ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि

    हिमाली संचार संवाददाता
    ३०९ पटक
    २०७७ साउन २६, सोमवार

    काठमाण्डौ। धनुषाको मिथिला बिहारी नगरपालिकाको एक पुरुष  बिरामी भएपछि उपचारका लागि जनकपुर अस्पताल ल्याउने क्रममा साउन २५ गते बाटोमै मृत्यु भयो। मृतकको स्वाब परीक्षण गरेर सोमवार रिपोर्ट आउँदा कोरोना पोजेटिभ आएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए।

    उनको ‘मृत्युपछि स्वाब संकलन गरेर प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजेटिभ आएको छ,’ प्रजिअ भट्टराईले भने, ‘मृतकको सम्पर्कमा आएका व्यक्तिको ‘कन्ट्याक्ट ट्रेसिङ’को काम शुरू भएको छ।

    मृतकको स्वाब दिएपछि आफन्त र गाउँलेले दाहसंस्कार गरेका थिए। ‘कन्ट्याक्ट ट्रेसिङ’का क्रममा प्रहरीले मलामीको खोजी गरिरहेको छ। मृतकको सम्पर्कमा आएका मलामीहरुको स्वाब संकलन गरेर परीक्षण गर्ने प्रहरीले बताएको हो।

    आइतबार मृतक जनकपुरधाम उपमहानगरपालिका–२ कदम चोकस्थित विनय तारा फाउन्डेसन क्यान्सर अस्पतालमा सुरक्षा गार्डमा कार्यरत थिए। मृतकका छोराले बताए अनुसार ५ दिनअघि उनी बिदामा गाउँको घर ललिया आएका थिए।

    सामान्य ‘झाडापखाला लागेको थियो। श्वास फेर्न समस्या भए पछि मोटरसाइकलमा राखेर उपचारका लागि जनकपुर आउने क्रममा रेल्वे स्टेसन नजिक पुग्दा नै बाबाको मृत्यु भयो। मृत्युपछि प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका प्राविधिकले स्वाब संकलन गरेर दाहसंस्कारका लागि घर पठाएका थिए।

    ‘भोलि रिजल्ट आउँछ, अब तपाईं आफ्नो बुवाको दाहसंस्कार गर्न सक्नुहुन्छ भनेर प्राविधिकले भन्नुभयो,’ मृतकका छोराले भने, ‘त्यसपछि हिजो आइतवार नै जनकपुरको स्वर्गद्वारीमा लगेर दाहसंस्कार गरेका थियौं। दाहसंस्कार गर्न जादा ८ जना मात्रै मलामी गएका भए पनि शवलाई छुनेदेखि अन्य काम ३ जनाले मात्र गरेका थिए।

    बाँकी शव भन्दा टाढा नै रहेका थिए। मृतकका छोराका अनुसार बुवाको दाहसंस्कारपछि हामी आफ्नो घर परिवारका सबै सदस्यहरू आफ्नो घरमा छुट्टै क्वारेन्टीनमा बसेका छौं,’ उनले भने, ‘जतिसक्दो हामीहरूको पनि स्वाब परीक्षण गराइयोस्।’ मृतकमा पहिलेदेखि कुनै पनि स्वास्थ्य समस्या नभएको उनको छोराले जानकारी दिएका छन्।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-७ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ७ गते शुक्रबार इश्वी सन् २०२४ अप्रिल १९...

    मोरङको आदर्श मावी रंगेलीले विद्यार्थी भर्ना अभियान संचालन गऱ्यो

    बैशाख-६,बुधबार/मोरङ – मरोङको रंगेली नगरपालिका-७ अवस्थित श्री आदर्श माध्यमिक बिधालयले बैशाख ६ र ७ गते...

    देउवा–नेपाल भेटले सत्ता समीकरणमा तरंग

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटघाटले सत्ता...

    आज बैशाख-६ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ६ गते बिहीबार इश्वी सन् २०२४ अप्रिल १८...

    गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै पुत्ला दहन

    काठमाडौँ। नेपाल विद्यार्थी संघ आरआर क्याम्पस इकाईले सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal