News Portal

  • फरार अभियुक्तको खोजी कार्य तीव्र

    हिमाली संचार संवाददाता
    ४४२ पटक

    २०७७ साउन २५, आइतबार
    वीरेन्द्रनगर – कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा मुद्दाका फरार अभियुक्तको खोजीकार्य तीव्र पारेको छ।

    प्रहरीले कर्णालीका विभिन्न जिल्लाबाट ‍चार महिनामा १ सय ५८ जनालाई पक्राउ गरिएको जनाएको छ। प्रदेश प्रहरीले फरार सूचीमा रहेका विभिन्न अभियोग लागेकाहरुलाई अभियुक्तको खोजीलाई तीव्र बनाएसंगै अभियुक्तहरु धमाधम प्रकाउ पर्न थालेका हुन।

    प्रकाउ पर्नेमा सबैभन्दा धेरै सल्यानका मात्रै १ सय जना छन भने अन्य ५८ जना अरु जिल्लाका रहेका छन। विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई कैद सजाय भुक्तान बाँकी रहेका उनीहरुलाई पक्राउ गरी सम्बन्धित अदालतस समक्ष बुझाएको प्रदेश प्रहरीले जनाएको छ।

    प्रहरीले कर्णालीमा अदालतले कैद तथा जरिवाना सुनाएका झन्डै २ हजार मध्ये अहिलेसम्म १ सय ५८ जना मात्रै प्रकाउ परेका छन। प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले उनिहरुको खोजिकार्यलाई तीव्रता दिएको बताउनुभयो।

    उहाँले पछिल्ला चार दिनमा मात्रै १२ जना फरार अभियुक्तलाई प्रकाउ गरी अदालतमा उपस्थित गराईएको बताउनुभयो। अभियुक्तहरुबाट १४ लाख १७ हजार भन्दा धेरै जरिवाना असुली समेत गरिए उहाँको भनाई छ।

    सबै भन्दा धेरै सम्बन्ध विच्छेद, बहुविवाह सम्बन्धिका अभियुक्तहरुलाई नियन्त्रणमा लिईएको प्रवक्ता समेत रहनु भएका बास्तोलाले जानकारी दिनुभयो।

    उहाँले ४ महिनाको अवधिमा सम्बन्ध विच्छेद, बहुविवाहसंगै कुटपिट, लागुऔषध सम्बन्धिका मुद्दाका अभियुक्तलाई पक्राउ गरिएको जिकिर गर्नुभयो।

    प्रतिकृया दिनुहोस्

    मोरङको आदर्श मावी रंगेलीले विद्यार्थी भर्ना अभियान संचालन गऱ्यो

    बैशाख-६,बुधबार/मोरङ – मरोङको रंगेली नगरपालिका-७ अवस्थित श्री आदर्श माध्यमिक बिधालयले बैशाख ६ र ७ गते...

    देउवा–नेपाल भेटले सत्ता समीकरणमा तरंग

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटघाटले सत्ता...

    आज बैशाख-६ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ६ गते बिहीबार इश्वी सन् २०२४ अप्रिल १८...

    गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै पुत्ला दहन

    काठमाडौँ। नेपाल विद्यार्थी संघ आरआर क्याम्पस इकाईले सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै...

    मोरङको रंगेली स्थित काली मन्दिरमा महानवमीमा निशान यात्रा चढाईयो

    बैशाख-५, बुधबार/मोरङ – मोरङको रंगेली नगरपालिका-७ स्थित मुख्य बजारमा रहेको ऐतिहासिक, पौराणीक तथा धार्मिक स्थलको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal