News Portal

  • उपचारका लागि लायन्स क्लवको सहयोग

    हिमाली संचार संवाददाता
    ३१२ पटक

    २०७७ साउन १७, शनिबार
    सुर्खेत – विषालु च्याउको तरकारी खाँदा विरामी भएर कर्णाली प्रदेश अस्पतालमा उपचार गराइरहेका जाजरकोटक कुशे गाउँपालिका–१ स्याक्रीका चलाउने परिवारलाई लायन्स क्लव अफ वीरेन्द्रनगर सुर्खेतले आर्थिक सहयोग गरेको छ।

    लायन्स क्लवले कुशे गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र बस्नेतको रोहवरमा शनिबार अस्पतालमै पुगेर १२ हजार रुपैयाँ सहयोग गरेको हो। साउन ९ गते जंगलबाट ल्याएका विषालु च्याउको तरकारी खाँदा टेकबहादुर चलाउनेसहित परिवारका आठ जना बिरामी परेका थिए।

    तिमध्ये टेकबहादुरका २१ वर्षीय छोरा ललित, १६ वर्षीया छोरी औसरा, १३ वर्षीया छोरी धनसरा, ११ वर्षीया नातिनी निरुता र तीन वर्षीया नातिनी अञ्जनाको मृत्यु भएको छ। अञ्जनाको सोमबार, औसरा, धनसरा र निरुताको मंगलबार तथा ललितको बिहीबार उपचारको क्रममा कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको थियो।

    टेकबहादुर चलाउने, उनकी ३० वर्षीया बुहारी कल्पना र छोरी पशुपति चलाउनेको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ।

    विषालु च्याउ खाएर एकै परिवारका पाँच जनाको मृत्यु भएको र तीन जना उपचाररत रहेको जानकारी पाएपछि आर्थिक सहयोग गरेका हौं,’ अध्यक्ष लक्ष्मी शाहीले भनिन्, ‘आर्थिक अभावमा उपचारमा समस्या भइराखेकाले थप सहयोगका लागि पनि पहल गछौं।

    रकम हस्तान्तरण गर्दै डिष्ट्रिक कोडिनेटर टिकाराम चपाईले सुर्खेत–दैलेख एरियाका लायन्स क्लवबाट थप सहयोगका लागि पहल गर्ने बताए।

    ‘परिवारका आठ मध्ये पाँच जनाको मृत्यु भइसकेको छ, तीन जना अझै जीवनमरणको अवस्थामा हुनुहुन्छ, चपाईले भने, ‘उहाँहरुलाई थप सहयोगको आवश्यकता भएकाले कर्णाली एरियाका सबै लायन्स क्लवमार्फत आर्थिक सहयोग संकलन गरेर उपचारमा सघाउने अभियानमा जुटेका छौं।

    प्रतिकृया दिनुहोस्

    बैशाख २९ गतेदेखि धरानमा दोस्रो अल्फा विटा ओपन बास्केटवल प्रतियोगिता हुने

    बैशाख-४, मंगलबार/धरान – धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा धरानमा दोस्रो अल्फा विटा...

    आज बैशाख-४ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ४ गते मंगलबार इश्वी सन् २०२४ अप्रिल १६...

    मोरङको रतुवामाई स्थित कटुन खोलामा अझै पुल बन्न सकेन

    बैशाख-३,सोमबार/मोरङ – मोरङको रतुवामाई नगरपालिकाको वडा नं. ५ र वडा नं. ६ को विचमा पर्ने...

    समाजवादी उपाध्यक्ष पाण्डे भन्छन्- सुदूरपश्चिममा कांग्रेससँग मिलेर सरकार बन्छ, केन्द्रमा जे पनि हुन सक्छ !

    काठमाडौं। नेकपा एकीकृत समाजवादीले सरकार छाड्ने संकेत देखाएको छ। पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सहमति अनुसार...

    राप्रपाको आन्दोलनमा घाइते भएका डाँगीको निधन

    काठमाण्डौ। राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्दोलनमा घाइते भएका ठाकुरप्रकाश डाँगीको निधन भएको छ। राप्रपा बर्दियाको मधुवन...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal