News Portal

  • कोरोना भाइरस र राज्य विहिन विश्व !

    आश कुमार राई
    ५९४ पटक
    २०७७ आषाढ २६,शुक्रवार

    विगत केही महिना यता विश्वव्यापी रुपमा फैलीरहेको कोरोना नामको भाइरसको कारण अचेत प्राणीहरु बाहेक सम्पूर्ण पृथ्वीबासी मानिसहरु यतीबेला आफ्नै घरमा लुकिरहेका छन्। आफ्नै मान्छेसंग डराइ रहेका छन्। तनाब झेलिरहेका र हैरान भइरहहेका छन्।

    बढी भन्दा बढी चिन्ता गरिरहेका छन्, की यो माहामारिको रुपमा फैलिरहेको भाइरसलाई कसरी नियन्त्रण गर्ने, कसरी निवारण गर्ने ? यसको दबदबा कहिलेसम्म रहन्छ भन्ने तीखो प्रश्नले विश्वका वैज्ञानिकहरु, ठूलाठूला विद्वानहरुदेखि लिएर सामान्य सचेत मानिसहरुसम्मको मस्तिस्क खाइरहेको छ।

    यसको नियन्त्रणको निमित्त आधुनिक विज्ञानलाई प्रचुर मात्रामा प्रयोग गरेर आफुलाई धेरैपटक अब्बल साबित गरिसकेका राष्ट्रहरुले रातदिन खटेर अनेक सकारात्मक प्रयासहरु पनि गरिरहेका छन्। अरु सबै सम्बन्धित पक्ष र निकायहरुले पनि भरपुर कोशिश गरिरहेका छन्।

    तर अहोरात्र खटेर मेहनत गर्दा पनि सहि परिणाम ननिस्किंदा र संसारमा यो भाइरसको कारण मानिसहरुको दैनिक मृत्युदर बढिरहेको यो अवस्थामा आम मानिसहरु अरु बढी निरास, त्रसित र उदास भएका छन् तर निरासा समस्याहरुको समाधान भने कदापी होइन।

    यो ब्रह्माण्डको उत्पतिकालको एउटा अत्यन्तै छोटो समयमा मानिसले निक्कै चमत्कारिक विकास र सफलताहरु पनि हाँसिल गरेका छन्। यो नै साँच्चो अर्थमा आम मानव जीवनको सर्वोत्कृष्ट परिचय हो। त्यसैले यो परिस्थितिमा हामीले मानिसको यो सकारात्मक पक्षलाई पछ्याउनु नै सबैभन्दा उत्तम र बुद्धिमता हुनेछ। हामीसँग सबैभन्दा ठूलो कुरो हामी संग चेतना छ। अर्को कुरा हाम्रै चेतनाले हाम्रो मुक्तिको खातिर पहिचान गरेको सबैभन्दा विश्वसनीय ज्ञानको मुहान विज्ञान र प्रविधि छ।

    जसको नियमहरुबाट यो पृथ्वीको मात्र होइन सम्पूर्ण ब्रमाण्डको तत्व तथा पदार्थ बारे ज्ञान राख्ने क्षमता मानिस संग रहेको छ। त्यसैको परिणामस्वरुप कोरोनाको पनि जिनेटिक कोड वैज्ञानिकहरुले पत्ता लगाईसकेको दाबी गरिसकेका छन्। यो एकदमै सकारात्मक कुरा हो। त्यसैले निरास हुनुपर्ने कुनै करण छैन। बरु यो समयावधिमा सतर्क भएर, सकारात्मक अपेक्षा राखेर, सहि ढंङ्गले आवश्यक नियमहरुको पालना गरेर संक्रमण हुनबाट आफू पनि बच्ने र अरुलाई पनि बचाउनु नै सचेत मानिसहरुको लागि पहिलो कर्तव्य हो।

    विज्ञान र प्रविधि केलाई भन्ने ? मानव जीवनको हितको निम्ति आवश्यक्ता परिपूर्ति गर्ने आविष्कार तथा प्रविधिहरुलाई ? कि नरसंहार गर्न प्रयोग गरिने आणविक अस्त्रहरुको निर्माणलाई ? यद्यपी यी दुवै विज्ञान र प्रविधिकै उपज हुन् । तर यहाँनिर प्रश्न उठ्छ कतै हामीले विज्ञान र प्रविधिलाई गलत प्रयोग त गरिरहेका छैनौं ?”  

    यो महाविपतीको दुखद र पीडादायी घटनालाई सबैभन्दा पहिले द्वन्द्वात्मक आँखाले हेर्न जरुरी छ। महामारीले तत्काललाई बढी नराम्रो परिणा, बढी क्षति देखिए पनी केहि कुरामा भने सकारात्मक शिक्षा पनि दिइरहेको मान्नुपर्छ। यो विषम परिस्थितिले आम मानव जातिलाई केही प्रश्नहरु पनी गरिरहेको छ भन्ने कुरा बुझ्नु पर्दछ। त्यो शिक्षालाई सकारात्मक रुपमा लिएर जो प्रश्नहरु छन तिनलाई खोजी खोजी जवाफ दिन तयार भइएन भने आउने दिनमा यो भन्दा खतरनाक परिस्थितिको सामना गर्नु पर्ने हुन्छ। त्यसैले हाम्रासामु उभिएका ती मूल प्रश्नहरुको सहि ढंङ्गले जवाफ दिनै पर्ने एउटा बाध्यात्मक परिस्थिती अहिले हामीसंग थोपरिएको छ।

    १. यो कोरोना महामारी तथा प्रकोपको रुपमा कसरी विकास भयो ?

    २. यसको नियन्त्रण किन ढिलो भइरहेको छ ?

    ३. यसको कारणहरु के के हुन ?

    ४. यसबाट के के शिक्षा लिने ?

    ५. अबको दिनमा विश्व मानव समुदाय कस्तो हुनुपर्छ ?

    आउने दिनलाई साँच्चै सुखद बनाउने हो भने अब हामी यी सवालहरुबाट अगाडी बढ्नुको बिकल्प छैन। प्रश्न नं .१ बारे कुरा गर्ने हो भने सबैभन्दा पहिले यो भाइरसको उत्पत्ति कसरी भयो भन्ने ठाउँबाट सुरु गर्नु पर्दछ। यद्यपि यसको उत्पत्ति यसरी भयो भन्ने आधिकारिक सत्य अहिलेसम्म आइसकेको छैन।

    अहिलेको अवस्थामा वैज्ञानिकले यसको जिनेटिक कोडसम्म पत्ता लगाएको कुरा सुन्नमा आइरहेको छ। तर यो कसरी उत्पत्ति भयो भनेर किन भनिरहेका छैनन ? यहि कुराले एउटा शंकाको आधार तयार गरिरहेको छ कि जिनेटिक कोड चै पत्ता लाग्ने तर भाइरसको उत्पत्ति चै पत्ता नलाग्ने कारण के होला ? एकथरी मानिसले यो मानव निर्मित जैविक भाइरस हो पनि भनिरहेका छन् भने कहिले यो प्राकृतिक भाइरस हो पनि भनिरहेका छन्।

    केही समयअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई चिनियाँ भाइरस भन्नु, कोभिड १९ भन्न नमान्नु फेरी चीनले अमेरिका प्रति शंका गर्दै २०१९ अक्टोबरमा चाइनाको वुहान प्रान्तमा सम्पन्न एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा उपस्थित अमेरिकन सुरक्षाकर्मीमा त्यो भाइरस भेटेको दाबी गर्नु र अमेरिकालाई त्यसको बारेमा स्पष्ट प्रतिवेदन सार्वजनिक गर्न माग गर्नु के रहस्यपूर्ण छैन त ?

    किन चीन र अमेरिका बिच यस्तो भयो ? यी दुई विपरित धारका शक्तिशाली मुलुकले एक अर्काप्रति लगाएको आरोपलाई सुन्दा कतै यो मानव निर्मित जैविक भाइरस त होइन भन्ने कुरालाई बल पुर्याउँछ। यो प्राकृतिक हो कि जैविक हो भन्ने कुरा के अमेरिका र चीनलाई प्रष्ट थाहा छ। जो भनिरहेका छैनन ? यदि थाहा छ भने किन यो कुरालाई रहस्यमै राखियो ? जे होस यो रहस्य आउनेदिनमा बिस्तारै खुल्दै जाला तर यसको जन्म जसरी भएपनी पहिलो कुरा असावधानिकै कारण यो विश्वव्यापी माहामारीको रुपमा फैलिएको हो।

    यतिखेर आधुनिक विकासले संसारलाई एउटै आगनमा उभ्याएको छ। व्यापारिक दुनियाँमा मान्छे पोल्ने घाटमा समेत व्यापार छ। यो अपारको व्यापार अनि आधुनिक विज्ञानले विश्वलाई नै खुम्च्याएर साँघुरो बनाएको अवस्थामा मान्छेको आवतजावत नहुने ठाउँ अहिलेको दुनियामा कहाँ होला? मान्छेबाट मान्छेमा सर्ने रोग हुनाले त्यस्ता अनियन्त्रित आवतजावत, भिडभाड र असावधानिका कारणले नै यसले यत्ती छोटो समयमा विश्वब्यापी माहामारिको रुप लिन पुगेको हो। यही कारणले यतिखेर संसारका मानव जातिको अस्तित्वमाथि नै यसले धावा बोलिरहेको छ।

    २, यसको नियन्त्रणमा किन ढिलाई भइरहेको छ ? सर्वप्रथम यो सरुवा रोग हो भनेर पहिचान भएपनि यसले यस्तो उग्ररुप लिन्छ, र यो यत्ती खतर्नाक हुन्छ भन्ने कुराको अनुमान सम्भवत कसैलाई थिएन। यो बिल्कुल नयाँ भाइरस भएको कारणले यसको सूक्ष्म अध्ययन गर्नै पनि सायद निक्कै समय लाग्यो। अनि अर्को सबैभन्दा महत्वपूर्ण कुरा शक्तिशाली मुलुक बीचको वैरभावको कारण एक अर्कामा सहयोग र सहकार्यको अभावले पनि यसले फैलिने मौका पायो। जस्तो कि चीन वुहानमा कोरोना भाइरस संग लड्दै गर्दा सहयोग गर्नुपर्ने समयमा अमेरिका बडो ठट्टा गर्दै मजाकमा चीनलाई उडाइ रहेको थियो।

    “अमेरिकामा ट्रम्प उल्टै अर्बौं डलर पैसा बाँड्ने घोषणा गरिरहेका छन  । संसारभर सनकको भरमा निर्दोष र निरीह मान्छेको संहार गर्न  बानि परिसकेको युद्धब्यापारी ट्रम्पलाई यती कुरा थाहा छैन कि अब अमेरिकी जनतालाई न्युक्लियर्स बमले सुरक्षा गर्न सक्दैन । जनतालाई यत्तिबेला सुरक्षित ठाउँ र औषधि उपचार चाहिएको छ भन्ने कुरा उसको दिमागमा नभएको कारणले पनि यसको नियन्त्रणमा ढिला भइरहेको छ।”

    अमेरिकालाई लागेको थियो कि यो समस्या नितान्त चीनको लागि मात्र हो। यो संक्रमण चिनियाँ नागरिकलाई मात्र हुन्छ अमेरिकाको नाम सुन्ने बितिक्कै यो भाइरस जादु झैँ आफै गायब हुन्छ भन्दै पुँजिवादी टाउकोभित्र साम्राज्यवादी गिदी बोकेर ऊ चील झैं दम्भका साथ आकाशको निर्बाध उडान भरिरहेको थियो। तर भाइरसको न राष्ट्र हुन्छ, न समुदाय, क्षेत्र, लिंग, भूगोल, नश्ल हुन्छ।

    ट्रम्पलाई यो कुराको हेक्का हुँदै भएन। नहुनु स्वाभाविकै पनि थियो। किनभने अन्धराष्ट्रवादको मुख्य समस्या यही हो कि उसले रुख देख्छ जंगल देख्दैन, जंगल देख्छ रुख देख्दैन।

    अमेरिकाको यही चिन्तन आज सारा विश्वको लागि दुर्भाग्य तथा अभिसाप बन्न पुगेको छ। फलस्वरुप कोरोनाले विश्वमहामारीको रुप लिइरहेको छ। परिस्थिती नियन्त्रण भन्दा बाहिर गइरहेको छ। तर विडम्बना यस्तो परिस्थितिमा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अझै न्युक्लियर बमको रिमोट बोक्ने ब्रीफकेस भुँईमा राख्न मानिरहेको छैन। उनी भनिरहेका छन्, ‘अमेरिका बन्द हुनकोलागि बनेको देश होइन।

    अमेरिकामा ट्रम्प उल्टै अर्बौं डलर पैसा बाँड्ने घोषणा गरिरहेका छन। संसारभर सनकको भरमा निर्दोष र निरीह मान्छेको संहार गर्न  बानी परिसकेको युद्धब्यापारी ट्रम्पलाई यती कुरा थाहा छैन कि अब अमेरिकी जनतालाई न्युक्लियर्स बमले सुरक्षा गर्न सक्दैन। जनतालाई यत्तिबेला सुरक्षित ठाउँ र औषधि उपचार चाहिएको छ भन्ने कुरा उसको दिमागमा नभएको कारणले पनि यसको नियन्त्रणमा ढिला भइरहेको छ।

    ३, यसका कारणहरु के के हुन ? मानिलिउँ यो प्राकृतिक भाइरस हो तर प्रकृतिमा त्यत्तिकै यस्तो भाइरस उत्पादन हुन्छ त ? हुँदैन । प्राकृतिका आफ्नै नियमहरु छन।जसअनुसार यो प्राकृतिक चक्र चलिरहेको हुन्छ। हामी मानिसहरु पनी प्रकृतिकै एक उपज हौं। यो पृथ्वीको नियम र आफ्नो जुन प्रणाली छ यो शाश्वत र सापेक्ष छ। तर हामी मानिसहरुले प्रकृतिलाई केवल दोहन गर्न जान्यौं।

    संरक्षण र सम्बर्द्धन गर्न जानेनौं। यसको प्रचुर उपयोग गर्न जान्यौं। व्यवस्थापन गर्न जानेनौं। अहिले संसारमा जो आणविक अस्त्रहरुको होडबाजी चलिरहेको छ, बिसादी ग्यास र प्रदुषणहरुको ओइरो लागिरहेको छ त्यसबाट प्रकृतिको नियम र प्रणालीमा असर पर्न गएको छ।

    अहिलेको महामारी त्यसैको परिणाम पनि हुनसक्छ र अर्को कुरा मानिलिउँ यो भाइरस मानव निर्मित जैविक भाइरस हो। यो कोणबाट हेर्यो भने विज्ञान र प्रविधिलाई हामीले कसरी प्रयोग गरिरहेका छौं भन्ने कुराबाट हेर्नु पर्दछ। पहिला विज्ञान र प्रविधि केलाई भन्ने ? मानव जीवनको हितको निम्ति आवश्यक्ता परिपूर्ति गर्ने आविस्कार तथा प्रविधिहरुलाई ? कि नरसंहार गर्न प्रयोग गरिने आणविक अस्त्रहरुको निर्माणलाई ? यद्यपि यी दुवै विज्ञान र प्रविधिकै उपज हुन्। तर यहाँ प्रश्न उठ्छ कतै हामीले विज्ञान र प्रविधिलाई गलत प्रयोग त गरिरहेका छैनौं ?  

    यो कोभिड-१९ लाई द्वन्द्वात्मक, भौतिकबाद तथा एतिहाँसिक भौतिकबादी ज्ञान शिद्धान्तका आधारमा हेर्ने हो भने यो एउटा पुँजीवादको संकटले निम्त्याएको सामान्य घटना बाहेक केही पनि होईन। दोस्रो विश्वयुद्ध समाप्तीसँगै विश्वसाम्राज्यवादी पुँजीवाद हतियार व्यापार र युद्ध व्यापारका दुईवटा खुट्टाको सहाराले संसारमा आफ्नो नाङ्गो रुप देखाउदै आइरहेको छ।”

    वास्तवमा भन्ने हो भने अहिले संसारमा आ-आफ्नो देशलाई आणविक भट्टी र न्युक्लियर बमको सहर बनाउने होड नै चलेको छ। जसले प्रकृति मात्र होइन मानव जीवनलाई नै संकटमा परिसकेको छ। २१ औं शताब्दीका भाैतिकशास्त्री तथा विश्वविख्यात वैज्ञानिक स्टोफिन हकिङसले पहिले नै भनिसकेका छन् – `मानव जीवनलाई अन्यत्र सार्नको लागि उपयुक्त ठाउँको खोजीमा लाग्नु पर्ने अवस्था आइसकेको छ किनभने अब यो पृथ्वी मानव जीवनको लागि उपयुक्त छैन।

    पृथ्वी आयु एकदम थोरै भएको कारण यसको विकल्प चाँडो खोजिनु पर्छ। त्यस्तै पर्यावरणको विषयमा पनि प्राकृतिक चक्र तथा प्रणालिमा विभिन्न अप्राकृतिक प्रदूषणहरुको कारण जलवायु परिवर्तन भइरहेको सम्बन्धित विज्ञहरुले बेलाबेला चेतावनी दिइरहेका छन्। त्यसैले कोरोना भाइरस प्राकृतिक भाइरस होस या जैविक होस मानिसहरुकै व्यापक प्राकृतिक दोहन तथा विज्ञान प्रविधिको गलत प्रयोगको कारणले अस्तित्वमा आएको हो भनेर बुझ्दा फरक नपर्ला।

    ४, यसबाट के के शिक्षा लिने ? यत्तिबेला कोरोना भाइरसले संसारभरका मान्छेलाई एकै ठाउँ उभ्याएको छ। एउटै संवेदना बोक्ने हृदय बनाई दिएको छ। वास्तवमा अहिले विश्वका सबै राष्ट्र र सबै सरकार खारेज भइसकेका छन। यत्तिबेला सम्पूर्ण मानव जाती अन्तर्राष्ट्रिय जाती बनेका छन।

    पृथ्वी सबैको साझा घर मात्र भएको छैन उनिहरुको उदेश्य आम मानव जातिको सुरक्षा हेतु अहिलेको संकटबाट मुक्त गराउनु पनि भएको छ। यो कुनै राष्ट्र वा सरकारको मात्र नीति नभई  अन्तर्राष्ट्रिय मानव जातीहरुको विश्वव्यापी नीति हो। यो कोभिड-१९ लाई द्वन्द्वात्मक भौतिकबाद तथा एतिहाँसिक भौतिकबादी ज्ञान शिद्धन्तका आधारमा हेर्ने हो भने यो एउटा पुँजीवादको संकटले निम्त्याएको सामान्य घटना बाहेक केही पनि होईन।

    दोस्रो विश्वयुद्ध समाप्तीसँगै विश्वसाम्राज्यवादी पुँजीवाद हतियार व्यापार र युद्ध व्यापारका दुईवटा खुट्टाको सहाराले संसारमा आफ्नो नाङ्गो रुप देखाउदै आइरहेको छ। यसैको बलले ऊ संसारको निर्विकल्प शक्तिको रुपमा आफूलाई जबर्जस्त उभ्याउन खोजिरहेको छ। उसको आणविक शक्तिलाई मात्र हेर्ने हो भने यो पृथ्वीलाई ६ पटकसम्म ध्वस्त पार्नसक्ने क्षमता  उसित छ।

    पृथ्वीको करिब एक तिहाई अंश खरानी बनाएर बंचेखुचेका घाइते अपांग माथी शासन गरेर ऊ त्याहाँको प्राकृतिक श्रोत र साधनमाथी व्यापक दोहन गरिरहेको छ। यो उसको निकृष्ट रबैयाले मानव अधिकारको ठाडो उलंघन र विज्ञान प्रविधिको गलत प्रयोग गरिरहेको तथ्यलाई स्वस्पष्ट पार्दछ।

    अर्कोतर्फ यसको प्रदिवाद गर्दै अगाडी बढिरहेका देशहरुले पनि आफ्नो प्रतिरक्षाको नाममा कम्तिमा एक पटक यो पृथ्वीको नास गर्न सक्ने अस्त्रको निर्माण गरिसकेको छ। यसको मत्लब ६ पटक पृथ्वी ध्वस्त पार्ने शक्ति र १ पटक पृथ्वी ध्वस्त पार्ने शक्ति सामरिक दृष्टिले बराबरी हो।किनकी पृथ्वी जम्मा एउटै छ। एकपटक ध्वस्त भएपछी त्यो ६ गुणाको शक्ति के काम?

    “ब्रह्माण्डकै सबैभन्दा उन्नत र उत्कृष्ट ठाउँ पनि पृथ्वी नै हो । त्यसैकारण यहाँ मानव जीवन सम्भब भएको छ, र हाम्रो अस्तित्व छ। यसका आफ्नै प्रणाली र  नियमहरु छन । यसको कुनै पनि प्रणालीमाथी असर पर्नु भनेको पृथ्वीमाथी संकट पर्नु हो । पृथ्वीमाथी संकट पर्नु भनेको आम मानव जातीमाथी संकट पर्नु हो । त्यसैले पृथ्वीको यो महत्वलाई बुझेर आफुलाई जस्तै माया गर्नु पर्दछ ।”

    अहिलेको विश्व परिस्थितिसँगै पुँजीवादको बिपरित खेमाका देशमा पनि हतियारमा आत्मानिर्भरता र युद्ध प्रतिरक्षा क्षमताको उच्च विकाश भएसंङ्गै पुँजीवादको दुबैखुट्टा यतिखेर भाँचिएको अवस्थामा छ। त्यसैले विश्व पुँजीवाद अहिले सबैभन्दा ठूलो संकटमा फसेको छ। उसको हतियार व्यापार र युद्ध व्यापार अब लगभग समाप्त भएको छ। उसलाई अहिले एकपछि अर्को असफलताहरु हात लागिरहेको छ।

    अब संसारमा युद्ध भएपनी हिजाेको जस्तो शतप्रतिशत अमेरिकाको अनुकुलताको नतिजा निस्कन असम्भव छ । त्यसैले अब उसले त्यो हतियार नीति गलत थिए छ, विज्ञान प्रविधिलाई गलत प्रयोग गर्न नहुने रहेछ, प्राकृतिलाई दोहन गर्न नमिल्ने रहेछ र पुँजीवाद निर्विकल्प पनि होइन रहेछ भनेर बुझ्नु जरुरी छ।  पुँजीवादको विकल्प छैन भन्नेहरुले एकपटक यो संकटको समाधानको लागि मार्क्सवादी दर्शनको अध्ययन गर्नु जरुरी छ। युद्ध र हतियार, व्यापार, लुट, उपनिवेशवादी राजनीति होइन अब समाजवादी अर्थनीति र समाजवादी संस्कृतिको थालनी गर्नुपर्छ।

    यसको लागि या त समाजवादसँग पुँजीवादले आत्मासमर्पण गर्नु पर्दछ या आफ्नो चरित्र परिवर्तन गरेर संसारका आम मानव समुदायहरुको बीच भाइचाराको सम्बन्ध स्थापित गर्न तयार हुनुपर्दछ। यो नै समाजवादको मार्ग प्रसस्त गर्ने एउटा कडि बन्नेछ। कोभिड-१९ को संकटले दिएको यो शिक्षा सबैले मनन गर्नै पर्छ।

    “मान्छेहरु भन्ने गर्छन् कम्युनिष्ट तानासाही, नरसंहारकारी र अधिनायकवादी हुन्छन । तर तथ्यहरु केलाउँ आधुनिक युगको यो समयावधिमा पुँजीवादीहरुले बढी मान्छे मारे की कम्युनिष्टले ? विभिन्न बहानामा ९९% मान्छेको हत्या पुँजीवादीहरुको हातबाट भएको विभिन्न तथ्यहरुले देखाउँछ। त्यसो भए कसरी कम्युनिष्ट अत्याचारी, नरसंहारकारी र अधिनायकवादी भए ?”

    ५, अबको दिनमा विश्व मानव समुदाय कस्तो हुनुपर्छ ? भोलिको परिस्थिती कस्तो बनाउने भन्ने कुरा अब हामी कता जान्छौं र के गर्छौं भन्ने कुरामा नै भर पर्दछ। हालको विश्वव्यापी महामारी तथा प्रकोपको पेचिलो धरातलबाट उभिएर हेर्दा अब संसारका मानव समुदायको सहअस्तित्वलाई स्वीकार गर्दै मानव जीवनको अस्तित्व रक्षा गर्ने हो भने यी दुई कुरालाई ध्यानमा राख्नु पर्दछ।

    (क) सर्वप्रथम पृथ्वीलाई माया गर्नु पर्दछ, किनकी यो सबैको साझा घर हो। ब्रह्माण्डकै सबैभन्दा उन्नत र उत्कृष्ट ठाउँ पनि पृथ्वी नै हो। त्यसैकारण यहाँ मानव जीवन सम्भब भएको छ, र हाम्रो अस्तित्व छ। यसका आफ्नै प्रणाली र  नियमहरु छन् । यसको कुनै पनि प्रणालीमाथी असर पर्नु भनेको पृथ्वीमाथी संकट पर्नु हो। पृथ्वीमाथी संकट पर्नु भनेको आम मानव जातीमाथी संकट पर्नु हो। त्यसैले पृथ्वीको यो महत्वलाई बुझेर आफुलाई जस्तै माया गर्नु पर्दछ। प्राकृतिलाई दोहन गर्नु हुन्न र आफ्नो काबुमा राख्न खोज्नु हुन्न।

    (ख) सम्पूर्ण आणविक अस्त्रहरु जुन गतिमा विकास भए त्यहिँ गतिमा डिस्पोज गर्नु पर्दछ। किनकी यो समयलाई आधुनिक युग त भनिएको छ, तर यसको चरित्र जंगली र बर्बर युगको जस्तो छ।

    “वर्गसंघर्षको नाममा होस या क्षेत्रीय संघर्षको नाममा होस, राष्ट्रवादको नाममा होस या नश्लबादको नाममा, जातिवादको नाममा होस या रंगभेदको नाममा सबैभन्दा बढी मान्छे यहि आधुनिक युगमा नै मानिस मारिएको छ, र चरम प्राकृतिक दोहन भएको छ।”

    मान्छेहरु भन्ने गर्छन् कम्युनिष्ट तानासाही, नरसंहारकारी र अधिनायकवादी हुन्छन। तर तथ्यहरु केलाउँ आधुनिक युगको यो समयावधिमा पुँजीवादीहरुले बढी मान्छे मारे की कम्युनिष्टले ? विभिन्न बहानामा ९९% मान्छेको हत्या पुँजीवादीहरुको हातबाट भएको विभिन्न तथ्यहरुले देखाउँछ। त्यसो भए कसरी कम्युनिष्ट अत्याचारी, नरसंहारकारी र अधिनायकवादी भए ? कम्युनिष्टहरुले त पुँजीवादीहरुले गलत ढङ्गले प्रयोग गरेका विज्ञान र विकासको पञ्जाबाट मुक्त हुनको लागि उत्पिडित वर्ग र समुदायहरुलाई एकठाँउ उभिएर प्रतिवाद गर, अन्यायअत्याचार सहेर नबस, यो पृथ्वी तिम्रो पनि हो र यसमा तिम्रो पनि स्वतन्त्र बाँच्ने अधिकार छ मात्र भनेका छन।

    मार्क्सवादले कहाँ भनेको छ आणविक अस्त्र बनाउ ? कहाँ भनेको छ प्राकृतिलाई दोहन गर ? आफ्नो विचारभन्दा भिन्न मत राख्नेलाई मार। अर्काको देशलाई खरानी बनाउ र बचेको घाईते अपांगहरुमाथी शासन गर। न्युक्लियर्स बमको रिमोट बोकेर हिंड्न मार्कसबादले कहाँ सिकाएको छ ? अधिनायकवाद र दानविय हर्कतको ठाउँमा स्थाई शान्तिको पक्षपाति, सहअस्तित्व र समतामुलक समाजको चिन्तक, विश्वमानव समुदायको सबैभन्दा उत्तम विचार बोक्ने मार्क्सवादीहरु कसरी अधिनायकवादी भए ?

    आधुनिक युगले विज्ञानको माध्यमबाट जती भौतिक विकासहरु गर्यो सही विचार र चरित्रको नेतृत्व नभएको कारण त्यो विकास भन्दा बढी बिनास हुन पुग्यो। यत्तिबेला हामी उत्तरआधुनिक युगको संक्रमणमा छौं। हामी चरम उपभोक्तावादी मानसिकताले ग्रसित भएका छौं। यी हाम्रा कमी कमजोरीहरुलाई केलाउँदै मार्क्सवादले निर्दिष्ट गरे जस्तो अबको समाज संगो पृथ्वीलाई साझा घर ठान्ने व्यवस्थातिर अग्रसर हुनु जरुरी छ। राष्ट्र र सरकार बिना जसरी प्राकृतिक नियम  चलिरहेको छ त्यसरी नै निर्वाधरुपले चल्ने मानव समाज अबको विश्व मानव समुदायको लागि आवश्यक छ। यहि नै अन्तत: चरम संकटमा गुज्रीरहेको पुँजीवादको एकमात्र विकल्प पनि हो जसले यो पृथ्वीको आयु पनि केहिमात्रामा बढाउने भूमिका खेल्न सक्दछ।

    भनिन्छ, बाटो बिराइयो भने जहाँबाट बिराइएको हो त्यहिँ फर्केर आउनु पर्छ र त्यहीँनेर उभिएर सहि बाटो पहिचान गरि फेरि आफ्नो यात्रालाई अगाडी बढाउनु पर्दछ। अहिलेको विश्वव्यापी महामारी संकटले पनि सहि बाटो पहिचान गरेर, अबको यात्रा तय गर्न प्रेरित गरिरहेको छ। तर, उहिल्यै बाटो बिराईसकेको पुँजीवादी लफ्फाजीले पछाडी फर्केर सहिबाटो समात्छ त? यो प्रश्न खडा भएको छ।

    आश कुमार राई, काठमाण्डौ

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-८ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ८ गते शनिबार इश्वी सन् २०२४ अप्रिल २०...

    मोरङको रतुवामाईले खाद्यान्न, मल र बिउबिजन खाल्डो खनेर पुऱ्यो

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका- ७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा...

    मोरङको रंगेलीमा ऋषिदेव समुदायले दाईजोको रुपमा छोरी-ज्वाईलाई सिटीसफारी उपहार

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रंगेली नगरपालिका-९ स्थित वनकोलमा बसोबास गर्दै आईरहेका पवन ऋषिदेवले आफ्नो छोरीको...

    धरानको कार्कीछाप जंगलबाट गाँजासहित तीन जना युवाहरु पक्राउ

    बैशाख-७,धरान – धरान उपमहानगरपालिका धरानको कार्कीछाप जंगलबाट १ सय ८५ किलोग्राम गाँजासहित तीन जना युवाहरु...

    आज बैशाख-७ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ७ गते शुक्रबार इश्वी सन् २०२४ अप्रिल १९...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal