News Portal

  • धरानको फुस्रे स्थित वीपी स्मृति पार्कमा स्व. वीपी कोइरालाको सालिक निर्माण

    हिमाली संचार संवाददाता
    ३२५ पटक
    २०७७ आषाढ २५, विहिबार

    धरान । धरान उपमहानगरपालिका धरानको आन्तरिक पर्यटकहरुका लागि आकर्षणको केन्द्र बन्दै गइरहेका धरानको फुस्रे वडा नं. २० स्थित वीपी स्मृति पार्कमा स्व. नेता वीपी कोइरालाको पुर्णकदको सालिक राखिएसंग वीपी स्मृति पार्कको नाम अनुसारको पार्कले पहिचान सहितको पुर्णता पाएको छ।

    धरानको वडा नं १३ र २० को सिमाना पर्ने सर्दु खोला किनारमा निर्माणाधिन पार्कमा स्व. वीपी कोइरालाको पुर्णकदको सालिक राखिएको हो । स्व. नेताको सालिक परिवर्तनशिल समाज नेपालको विशेष सक्रियतामा निर्माण भएको हो । पुर्वाञ्चलका चर्चित कलाकार द्वय महेन्द्र राई र धिरज राईले निर्माण गरेको सालिक फुस्रे स्थित वीपी स्मृति पार्क क्षेत्रमा राखिएको प्रतिमाको अनावरणले पुर्णता पाउन भने बाकी रहेको छ ।

    यो प्रतिमा ‘फाइवरले बनाएको हो, यसको लागि करिब तीन साताको समय लगाएर निर्माण सम्पन्न गरेका हुन, ’कलाकार महेन्द्र राईका अनुसार,‘औपचारिकरुपमा अनावरण गर्न बाँकी रहेको प्रतिमाको ६ फिट ६ इन्च उचाईको रहेको छ ।’ नगरका परिवर्तनशिल समाजका अध्यक्ष विश्वराज भण्डारीका अनुसार आगामी भदौ २४ गते वीपी जयन्तीको अवसरमा यो सालिक अनावरण गर्ने कार्यक्रम रहेको छ ।

    स्व. नेता वीपी कोइरालाको जन्म वि.स.१९७१ भदौ २४ गते र निधन २०४९ साउन ६ गते भएको थियो । भदौ २४ गते नेता कोइरालाको जन्मजयन्ती र साउन ६ गते स्मृति दिवस मुलुकभर मनाइन्छ । धरानको फुस्रे स्थित वीपी स्मृति पार्क निर्माण भइरहेको क्षेत्र वीपी स्मृति पार्क मात्र होइन, ओशो आश्रम, जैविक विधिता पार्क, रक गार्डेन, फ्लावर ब्रिजल लगायदले चर्चित स्थान हो । 

    धरानको फुस्रे स्थित वीपी स्मृति पार्क, नगरका परिवर्तनशिल समाजका अध्यक्ष भण्डारीका अनुसार तत्कालिन जहानियाँ राणाकाल विस २००६ सालमा विराटनगरको रघुपति जुटमिलमा मजदुर आन्दोलन हुँदा स्व. नेता कोइराला पक्राउ परेका थिए । उनलाई काठमाडौं जेलका लागि लैजादा धरानको फुस्रे हुँदै पैदल हिडाएर लगिएको थियो । ‘यो बाटोबाट स्व. वीपी कोइरालालाई पैदल हिडाएर धनकुटा, भोजपुर, दिक्तेल हुदै काठमाण्डौं लगेर जेलमा राखिएको थियो ।

    त्यसैले, यो बाटो ऐतिहासिक पनि हो, ‘उहाँलाई एक रात फुस्रेको गोदाम घरमा पनि राखिएको थियो । त्यो ठाउँमा अहिले आधुनिक घर बनिसकेको छ ।’ अध्यक्ष भण्डारीका अनुसार ऐतिहासिक ठाउँलाई पर्यटन क्षेत्रको हब बनाउने उद्देश्यले धरानको फुस्रे स्थित वीपी स्मृति पार्क निर्माण भइरहेको समेत जानकारी दिएका हुन् ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१२ गतेको बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १२ गते बुधबार इश्वी सन् २०२४ अप्रिल २४...

    खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशनमा गायक अनिल कोयी राई कुवेत आउँदै

    कुवेत सिटी। गायक तथा संगीतकार अनिल कोयी राईको साथमा खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशन आगामी...

    नेपालले कतारका राजालाई दुई हात्ती उपहार दिने

    काठमाडौं। नेपाल सरकारले कतारलाई जोडी हात्ती उपहार दिने भएको छ। वैशाख ११ र १२ मा...

    आज बैशाख-११ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ११ गते मंगलबार इश्वी सन २०२४ अप्रिल २३...

    एमालेसँग झोक्किए कांग्रेस सभापति देउवा, मदन भण्डारीको हत्यारा खोज्न कसले रोकेको छ ?

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जननेता मदन भण्डारीको हत्यारा पत्ता लगाउनुको साटो नेपाली कांग्रेसलाई...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal