News Portal

  • हेड्स नेपाल मकाउ शाखाको प्रथम अधिवेशन मकाउमा सम्पन्न (फोटो फिचर)

    हिमाली संचार संवाददाता
    ५३६ पटक
    २०७७ आषाढ २१, आइतबार

    सुरेश सिंह सुनार/मकाउ । मकाउमा रहेका नेपाली समुदायवीचको आपसी सद्भाव, सहयोग र सहकार्यको लागि मकाउमा स्थापित हेड्ट नेपाल मकाउ शाखाले प्रथम अधिवेशन सम्पन्न गरेको छ।

    हेड्स नेपाल मकाउ शाखाले “दिलो ज्यानले मानव समुदायको सेवा गरौ” भन्ने मुल नाराका साथ विशेषत शिक्षा, स्वास्थ्य, कृषि र सामाजिक विकासको लागि गाँस, बास, कपासजस्ता आधारभूत, मौलिक र नैसर्गिक अधिकारको लागि प्रत्यक्ष रुपमा पहल गरी सहयोग पुर्‍याउने हेतु तथा उदेश्यका साथ स्थापित संस्था हेड्स नेपाल मकाउ शाखाले आफ्नो दुई बर्षिय कार्यकाल पुरा गरेको छ । 

    हेड्स नेपाल मकाउ शाखाले आयोजना गरेको कार्यक्रममा मकाउमा गठित विभिन्न संघ संस्थाका विशेष प्रतिनिधिहरुको उपस्थितिमा हिमालय हाउस ताइपामा कार्यक्रम सम्पन्न भएको थियो । हेड्स नेपाल मकाउ शाखाका निवर्तमान अध्यक्ष अधिवेशनका सभाध्यक्ष ज्ञानेन्द्र कुमार श्रेष्ठले स्वागत मन्तव्य साथै आफ्ना कार्यकालमा भएको क्रियाकलाप र समाजमा सकारात्मक प्रभावका बिषयमा प्रस्तुत गर्दै आगामी कार्यकालका लागि द्विपक्षीय सहमती, आपसी छलफल, सल्लाह र निर्णय वमोजिम नव गठित कार्य समितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

    नव गठित कार्य समितिमा अध्यक्ष प्रेम कुमार बिश्वकर्मा, उपाध्यक्ष चुत्र हादुर पौडेल (ज्याक), महासचिव सुरेश सिंह सुनार, सचिव मोहन सिंह पन्त, कोषाध्यक्ष बाबुकाजी श्रेष्ठ, महिला सदस्य सरिता लिम्बु र युवा संयोजक  नगेन्द्र बेलबासे सर्वसम्मत चयन गरेका छन् । नवगठित कार्यसमिति, संयोजक प्रजुन कुमार अधिकारी, निवर्तमान अध्यक्ष ज्ञानेन्द्र कुमार श्रेष्ठ लगायद सबैलाई गैरआवासीय नेपाली संघ मकाउका पुर्व अध्यक्ष, नेपाली सहयोगी हातहरु मकाउका अध्यक्ष समाजसेवी सुदर्शन थापा मगरले नव गठित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए । 

    हेड्स नेपाल मकाउ शाखाले विशिष्ट सल्लाहकारमा सुदर्शन थापा मगर, प्रमुख सल्लहकारमा ज्ञानेन्द कुमार श्रेष्ठ र प्रजुन कुमार अधिकारी मनोनीत गरेका संस्थाको महासचिव सुरेश सिंह सुनारले हिमाली संचारलाई जानकारी दिएको हो ।  

    प्रतिकृया दिनुहोस्

    देउवा–नेपाल भेटले सत्ता समीकरणमा तरंग

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटघाटले सत्ता...

    आज बैशाख-६ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ६ गते बिहीबार इश्वी सन् २०२४ अप्रिल १८...

    गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै पुत्ला दहन

    काठमाडौँ। नेपाल विद्यार्थी संघ आरआर क्याम्पस इकाईले सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै...

    मोरङको रंगेली स्थित काली मन्दिरमा महानवमीमा निशान यात्रा चढाईयो

    बैशाख-५, बुधबार/मोरङ – मोरङको रंगेली नगरपालिका-७ स्थित मुख्य बजारमा रहेको ऐतिहासिक, पौराणीक तथा धार्मिक स्थलको...

    विप्लवको पार्टीले २०८४ मा चुनाव लड्ने

    काठमाडौं। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले २०८४ सालको आम निर्वाचनमा भाग लिने...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal