News Portal

  • जनकल्याण सामुदायिक वनको फडानी: दश दिनमा दुई अधिकृत फेरबद, परिणाम शुन्य

    हिमाली संचार संवाददाता
    ५९८ पटक

    २०७७ असार १८, बिहिबार
    सुर्खेत – डिभिजन वन कार्यालय सुर्खेतले पश्चिम सुर्खेतको बराहताल गाउँपालिका वडा नम्बर ८ मा रहेको जनकल्याण सामुदायिक वनमा भएको जंगल फडानीमा अनुसन्धानको लागी खटाएका अनुसन्धान अधिकृतलाई १० दिनमै परिवर्तन गरिएको छ।

    वनमा अबैद्ध रुपमा रुखकटानी भएपछि कार्यालयले त्यसक्षेत्रको अनुसन्धान गर्दा रेन्जर महेश नेपालीलाई खटाएको थियो तर उनको काम सन्तोसजनक नभएको भन्दै १० दिनभित्र नै उनलार्इ हटार्इएको छ।

    कार्यलयले १० दिनको अबिधमा कामनै नगरी दुई जना अधिकृतलाई फेरबदल गरेको छ। कार्यालयले त्यसक्षेत्रको अनुसन्धान गर्न अहिले सहायक वन अधिकृत वलराम पुनलाई त्यसक्षेत्रमा खटाएको छ।

    सामुदायिक वनमा अवैद्धरुपमा व्यापक वन फडानी भएपछि अहिले सामुदायिक वनका पदाधिकारी र डिभिजन वन कार्यालय प्रमुखमाथी आलोचना हुदै आएको छ।

    स्थानियहरुले रुखकटानी भएको प्रमाणित भएको लामो समय वितिसक्दा पनि कसैलाई कारवाही नहुनु पदाधिकारी र कार्यालय प्रमुखहरुको मिलेमतोसमेत हुन सक्ने बताएका छन।

    सामुदायिक वनमा रुखकटानी भएको बारेमा संञ्चारमाध्यमहरुमा समाचार प्रकाशन तथा प्रशारण भएपछि अख्तियारले समेत छापा मारेको थियो।

    अख्तियारले पनि सामुदायिक भित्र अबैरुपमा काट काटेको पाईएको बताएपनि अहिलेसम्म कोही पनि कारवाही नपर्नुले दोषि बचाउन डिभिजन वन कार्यालयनै लागिपरेको देखिएको छ।

    आयोगको विज्ञटोलीले जनजागृति माविदेखि दक्षिणतर्फ भित्रि खोला, बुदुने खोला र बुढाथोकिको ठुलो घट् लगायतका क्षेत्रमा निरक्षण गर्दा रुखहरु अबैध रुपमा कटानी भएको पाईएको दावी गरेको छ।

    त्यहाको सरकारी विधालयलाई सामुदायिक वनले उपल्बध गरार्इएको भनिएको काठ समेत अबैध तरिकाले राष्ट्रिय वन स्थानिय छविलाल गौतमको आवधिको आसपासमा रहेको राष्ट्रिय जंगल फडानी गरि विधालयलाई दिएको हो।

    सामुदायिक वनमा छपान रद्ध भएका २६, ३१ र ३८ नम्बरका सालका रुख सहित अन्य सानाठुला जामुन, तिजु असना जातका रुखहरु कटानी भएको छ।

    यस अघि वनको बार्षिक विधान र कार्ययोजना अनुसार गत २०७६ पुस ७ गते डिभिजन वन कार्यालयको पत्रमा जंगलमा रहेका रुखहरुमा ३३ सय ९१ क्युफिट बराबरको ठाडो रुखहरुमा काट्नको लागि टाचा लगाएको थियो।

    डिभिजन वन कार्यलय सुर्खेतको २०७६ पुस २७ गते पुनःअर्कोपत्र लेख्दै पुराना टाचा लगाएका रुखहरु रद्ध गरेर थप नयाँ रुखहरुमा काट्नको लागी अनुमती दियो।

    तर सामुदायिक वनका पदाधिकारी र ठेकेदारहरुले पहिला टाचाँ लगाएका र पछिल्ला टाचाँ लगाएका दुबै रुख काटेर वन फडानी गरेका थिए।

    जंगल फडानी भएको जानकारी पटकपटक डिभिजन वन कार्यालय सुर्खेतका प्रमुखलाई गराउदा समेत डिभिजन वन प्रमुख गोविन्द्रप्रसाद दाहालले व्यवास्था गर्दै आउनुभएको थियो।

    यसैबीच दमारे विद्यालयहुदै कुनाथरी जाने भित्र सडकको छेउछाउमा जंगल फडानी गरी वन अतिक्रमण भइरहेको छ। अहिले त्यसक्षेत्रमा डोजर प्रयोग गरेर वन अतिक्रमण गर्दै घरटहराहरु निर्माण गरिएको स्थानियहरुले बताएका छन।

    यता नयाँ अनुसन्धान अधिकृतका रुपमा खटिएका वलराम चौधरीले आफुले आज मात्र पत्र बुझेकाले फिल्डमा गएर सत्य तथ्य पत्ता लगाउनु बताउनुभयो।

    प्रतिकृया दिनुहोस्

    आज चैत्र-१६ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४५ विस २०८० चैत्र १६ गते शुक्रबार इश्वी सन् २०२४ मार्च २९ तारीख...

    रंगेलीका आगलागि पिडितलाई मिनिल्याण्ड बोर्डिङ स्कुलद्वारा आर्थिक सहयोग

    चैत्र-१५,बिहीबार/मोरङ – मोरङको रंगेली-३ स्थित वावुसाहेव टोलमा गत चैत्र-३ गते भएको भीषण आगलागि पिडित परिवारलाई...

    मौसम पूर्वानुमानः आय यी प्रदेशहरुमा चट्याङ सहित बर्षाको सम्भावना

    चैत्र-१५, बिहिबार/काठमाडौं – नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

    आज चैत्र-१५ बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४५ विस २०८० चैत्र १५ गते बिहिबार इश्वी सन् २०२४ मार्च २८ तारीख...

    रवि लामिछानेको टिप्पणी गर्दा स्पष्टीकरण सोधिएपछि रमेश खरेलले त्यागे रास्वपा

    काठमाडौँ। नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal