News Portal

  • लकडाउनले बाँझो जग्गामा कागती खेती

    हिमाली संचार संवाददाता
    ५४० पटक
    २०७७ असार ६ शनिबार

    खोटाङ – काठमाडौं बस्दै आएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका चन्द्रबहादुर कार्कीले लकडाउनको बीचमा गाउँ आएर ८ सय बोट कागती रोप्न सुरु गरेका छन्।

    लकडाउनका बेला गाउँ सम्झेका कार्कीले हाल कागती रोप्ने खाल्डो तयार पारेर कागती लगाइरहेको बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताए।

    ‘काठमाडौं बसिरहेको अवस्थामा लकडाउनमा घर आएर उहाँले खाली जग्गामा कागती रोपिरहनु भएको छ,’ वडाध्यक्ष राईले भने, ‘उहाँले नमूना काम गरिरहनु भएको छ।

    यो क्षेत्रमा यत्तीको लगानी गरेर कृषिमा काम गर्नु चानकुने कुरा होइन। यस्तै, लकडाउनको अवधिमा हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका किसानले १५ वर्षदेखि बाँझिएको जग्गामा सामूहिकरुपमा लिची रोप्ने तयारी थालेका छन्।

    लिचीको पकेट क्षेत्रकारुपमा विकास गर्नका लागि बरबोटे बिज बृद्धि कृषक समुहमा आवद्ध किसानले बयाखुखोला नजिकैको दुई सय रोपनी जग्गामा दुई हजार बोट लिची रोप्ने तयारी थालेका हुन्।

    ‘गाउँमै केही गर्नुपर्छ’ भन्ने सोचका साथ उनीहरुले बाँझिएको जग्गामा पलाएको झाडी फँडानी गरेर लिचीका लागि खाल्डो खनिरहेका छन्।

    शहर बजारमा बसिरहेका युवा गाउँमा आएपछि सामूहिक रुपमा बाँझो जग्गामा लिची लगाउने निर्णयमा पुगिएको बरबोटे बिज बृद्धि कृषक समूहका अध्यक्ष राजेश राईले बताए।

    कृषक समूहमा आवद्ध २५ परिवार किसानमध्ये नौ घरका किसान सामूहिक रुपमा लिची खेतीमा लागेका हुन्। लिचीले उत्पादन दिन थालेपछि तीन भाग लगाएर एक भाग जग्गाधनीलाई दिने शर्तमा जग्गा भाडामा लिइएको कृषक समुहले जनाएको छ।

    उत्पादनको तीन भागमध्ये एक भाग लगानीकर्तालाई र एक भाग मलजल गर्ने हेरालुलाई दिइने सहमती गरिएको कृषक समुहका अध्यक्ष राईले बताए।

    कृषि ज्ञान केन्द्र खोटाङले उपलव्ध गराएको ८ लाख अनुदानमा किसानको आठ लाख रकम थप गरेर धितुङमा लिची खेती विस्तार गर्न लागिएको हो।

    लकडाउनमा घर आएका युवा साथीभाईले चासो दिए। शहरमा बसेर मात्र नहुने रहेछ, गाउँमा केही गर्नु पर्ने रहेछ भन्ने उहाँहरुको कुरा आयो,’ अध्यक्ष राईले भने, ‘सोही अनुसार हामीले बाँझो जग्गा फाँडेर लिची रोप्ने तयारी थालेका हौँ।

    १५ वर्षदेखि बाँझिएको जग्गालाई लकडाउनका कारण जगाउने कोसिस गरिएको छ। यस मानेमा लकडाउनले हामीलाई फाईदै पुर्‍याएको छ।

    कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि हाल मुलुकभर लकडाउन लागू गरिएको छ। शहरमा बसिरहेका युवा युवती लकडाउन छल्दै गाउँ–गाउँमा पुगेका छन्।

    चाडवाडका समयमा मात्र गाउँघरमा भेला हुने युवायुवती हाल लकडाउनका कारण एकठाउँमा भेला भएका छन्। लकडाउनका कारण गाउँ आएका स्थानीयका कारण मेलापातमा रौनक देखिन्छ।

    बाआमा मात्र देखिने खेतबारीको काममा छोराछोरी सँगै देखिन्छन्। यही मौकामा बाँझो जग्गामा फँडानी गरेर खेती बढाउने, लिची, आँप, केरा, कागती लगायतका फलफूलका बोटबिरुवा रोप्ने किसान बढेको पाइएको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए।

    लकडाउनले विपत्ती र महामारीका समयमा गाउँलाई नै सुरक्षित थलोका रुपमा देखाएकाले गाउँ फर्केका अधिकांश स्थानीयले गाउँमै केही गर्नुपर्ने सोच बनाएको देखिन्छ। सोही अनुुार उनीहरुले आ–आफ्नो बाँझो जग्गालाई सदुपयोग गर्ने प्रयास गरिरहेका छन्। नागरिकबाट

    प्रतिकृया दिनुहोस्

    एनआरएनए-मुजैनी कप फुटबल प्रतियोगिता अप्रिल २५ र २६ मा हुने

    काठमाडौं – नेपाल वितरक संघ ले २०८१ सालको क्यालेण्डर वितरण कार्यक्रम संघको अध्यक्ष रामहरि घिमिरेको...

    नेपाल वितरक संघको क्यालेण्डर-२०८१ विमोचन कार्यक्रम सम्पन्न

    काठमाडौ  – नेपाल वितरक संघ ले २०८१ सालको क्यालेण्डर वितरण कार्यक्रम संघको अध्यक्ष रामहरि घिमिरेको...

    नेपाली जन-प्रगतिशील मञ्च कुवेतको पाँचाै राष्ट्रिय अधिवेशन जुन ७ मा हुने

    कुवेत– नेपाली जन-प्रगतिशील मञ्च कुवेतको पाँचाै राष्ट्रिय अधिवेशन आगामी जुन ७ तारिक २०२४ शुक्रबारका दिन...

    धादिङ मलेखुमा नयाँ चाइल्ड केयर सेन्टर खुल्यो

    गजुरी – २, मलेखु धादिङमा सञ्चालनमा आउन लागेकाे हाइलाइट चाइल्ड केयर सेन्टरलाई सफलताको शुभकामना ब्यक्त...

    आज बैशाख-८ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ८ गते शनिबार इश्वी सन् २०२४ अप्रिल २०...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal