News Portal

  • राप्रपा कर्णाली प्रदेश समितिको सदस्यमा सल्यानका बालाराम शर्मा मनोनित

    हिमाली संचार संवाददाता
    १६४३ पटक

    काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको कर्णाली प्रदेश समितिले पूर्णता पाएको छ ।

    प्रदेश समितिका अध्यक्ष धनबहादुर बुढाको सिफारिसअनुसार केन्द्रीय अध्यक्ष कमल थापाले मंगलबार पदाधिकारी तथा सदस्यहरु मनोनित गरेसँगै समितिले पूर्णता पाएको हो ।

    राप्रपाको कर्णाली प्रदेशको उपाध्यक्षमा सूर्यबहादुर खत्री (सुर्खेत) र सचिवमा जनकसिंह ठकुरी (सुर्खेत) मनोनित भएका छन् ।

    यस्तै, सदस्यहरुमा भीमबहादुर खड्का (सुर्खेत), पद्मबहादुर मल्ल (मुगु), भवानीप्रसाद न्यौपाने (जुम्ला), छापे ऐडी (हुम्ला), नरेन्द्रजंग शाह (रुकुम पश्चिम), देवीप्रसाद शर्मा (जाजरकोट), दलबहादुर सुनार (जुम्ला), अगंत देवकोटा (जुम्ला), रत्नलाल भण्डारी (सल्यान), बालाराम शर्मा (सल्यान) र शिला बुढाथोकी (सल्यान) मनोनित भएका छन् ।

    यस्तै अन्य सदस्यहरुमा तेजबहादुर शाही (कालीकोट), कृष्णप्रसाद पाण्डे (कालीकोट), खड्गबहादुर चन्द (दैलेख), महालक्ष्मी शाही (दैलेख), अन्जु बस्याल (सुर्खेत), सन्तोषी शाही (सुर्खेत), अमृत राना मगर (सुर्खेत), भुवन सिंह रामजाली (सुर्खेत) मनोनित भएको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

    यसैबीच मंगलबार नै अध्यक्ष कमल थपाले आदिवासी तथा जनजाति बिभागका प्रमुख लालध्वज लामाको सिफारिसमा बिभागको सदस्यसचिवमा सन्तलाल मेचे (झापा) लाई मनोनित गरेका छन् ।

    सदस्यहरुमा द्रोणबहादुर गुरुङ्ग (स्याङ्गजा), रीता माझी (रामेछाप), सरस्वती लामा हृयाल्मो (धादिङ्ग), शालिग्राम माझी (सिन्धुली), टुलबहादुर खाडा मगर (सुर्खेत), नयनबहादुर मोक्तान (सिरहा), अशोक सुब्बा (झापा), धुव्रबहादुर गुरुङ्ग (कास्की), छुमरु सरदार थारु (मोरङ्ग), मित्रबहादुर घर्ती (कैलाली), नुरज बज्राचार्य (काठमाण्डौं), अम्बर तामाङ्ग (नुवाकोट) मनोनित भएको श्रेष्ठले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१२ गतेको बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १२ गते बुधबार इश्वी सन् २०२४ अप्रिल २४...

    खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशनमा गायक अनिल कोयु राई कुवेत आउँदै

    कुवेत सिटी। गायक तथा संगीतकार अनिल कोयु राईको साथमा खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशन आगामी...

    नेपालले कतारका राजालाई दुई हात्ती उपहार दिने

    काठमाडौं। नेपाल सरकारले कतारलाई जोडी हात्ती उपहार दिने भएको छ। वैशाख ११ र १२ मा...

    आज बैशाख-११ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ११ गते मंगलबार इश्वी सन २०२४ अप्रिल २३...

    एमालेसँग झोक्किए कांग्रेस सभापति देउवा, मदन भण्डारीको हत्यारा खोज्न कसले रोकेको छ ?

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जननेता मदन भण्डारीको हत्यारा पत्ता लगाउनुको साटो नेपाली कांग्रेसलाई...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal