News Portal

  • कोरोना सर्ने डरले एक शिक्षकसहित स्थानीयले भत्काइदिए विद्यालय

    हिमाली संचार संवाददाता
    ७१३ पटक
    २०७७ जेठ १६, शुक्रबार

    जाजरकोट – भारतबाट आएकालाई विद्यालयको भवनमा राख्न थालेको भन्दै जाजरकोट भेरेका स्थानीयले विद्यालय नै भत्काइदिएका छन्। कोरोना संक्रमण रोक्नका लागि भेरी नगरपालिकाको निर्णयअनुसार भारतलगायतका मुलुकबाट उद्धार गरि ल्याइएकालाई विद्यालयमा क्वारेन्टाइन बनाइ राख्न आवश्यक तयारी थालिएपछि भेरी नगरपालिका ६ कृष्ण मन्दिरमा रहेको कृष्ण प्राथमिक विद्यालय भवन केही शिक्षक र स्थानीयले भत्काइदिएका हुन्।

    भारतबाट आएकालाई नजिक राख्दा कोरोना सर्ने भन्दै स्थानीय लक्ष्मी माध्यमिक विद्यालय भेरेमा कार्यरत शिक्षक जयबहादुर शाही लगायतका केही स्थानीयले विद्यालय भवन पुरै भत्काइदिएको वडा अध्यक्ष शसी बुढाले बताए।

    मानिसको वस्ती भएको स्थानमा क्वारेन्टाइन बनाएर कोरोना सार्न लागेको भन्दै उनीहरुले हातहतियारसहित आएर विद्यालय छानो र पर्खाल सबै भत्काइदिएको वडाध्यक्ष बुढाले बताए।

    कोरोना सर्ने डरले स्थानीयले भत्काइ दिए विद्यालय

    अधिकांश गाउँलेको सहमति, वडास्तरीय कोरोना रोकथाम समितिको निर्णय र नगरकार्यपालिकाको निर्देशनअनुसार आफूहरुले उक्त विद्यालयलाई क्वारेन्टाइन बनाइ उद्धार गरिएका स्थानीयलाई राख्न खोज्दा शिक्षक शाही, स्थानीय नैनबहादुर वली, डम्बर वली, ललिता वली, गम्बर वली र वले घर्तीलगायतले विद्यालय भवन नै भत्काइदिएपछि समस्या भएको वडाध्यक्ष बुढाले बताए।

    विद्यालय भवन भत्किएपछि आफूहरुलाई भारतबाट आएकालाई व्यवस्थापन गर्न समस्या परेको उनले बताए। विद्यालय भत्काएको बारे सोधपुछ गर्न खोज्दा उनीहरुले आफूलाई ज्यान मार्ने धम्की दिएको समेत वडाध्यक्ष बुढाले बताए।

    भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले विद्यालयको भवन भत्काउने र महाविपत्तीको बेला स्थानीय सरकारको काममा अवरोध पुर्‍याउने र अराजकता देखाउनेमाथि कडा कारबाही हुने बताए।नगर प्रमुख घर्तीले विद्यालय भवन भत्काउने र क्वारेन्टाइन बनाउन अवरोध गर्ने जो सुकै भएपनि कारबाही गरिने बताए।

    प्रतिकृया दिनुहोस्

    किन विवादमा पर्यो प्रहरीको एसपी बढुवा सिफारिस ?

    काठमाडौं। नेपाल प्रहरीका ८ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा गरिएको बढुवा सिफारिस विवादमा...

    मोरङको रतुवामाई क्षेत्रमा काम एउटै तर, महिला र पुरुषमा ज्याला फरक

    चैत्र-१६, शुक्रबार/मोरङ – मोरङको रतुवामाई  नगरपालिका स्थित कादुपाडा  आसपासका कृषकहरू यतिखेर चैते धानबाली लगाउन व्यस्त...

    दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

    काठमाडौं। सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको विषयमा छानबिन गर्न समिति गठन...

    मौसम पूर्वानुमानः आज यी प्रदेशहरुमा चट्याङ्गसहित वर्षाको सम्भावना

    चैत्र-१६, शुक्रबार/काठमाडौं – नेपालमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले...

    कुवेतमा केही दिन यता सामाजिक संजालमा भाइरल भिडियो काण्ड: जिवन र पदमले मागे माफी

    यो पनि पढ्नुहोस्। कुवेत बाहिरको भिडियाेमा भ्वांईस ओभर गरि कुवेतको नेपाली समाजको बदनाम गरियो –...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal