News Portal

  • ठोरीमा सीमा विवाद सल्टियो, कुलो विवाद बल्झियो !

    सुरेश बिडारी
    ५१४ पटक
    २०७७ जेठ १६, शुक्रबार

    वीरगञ्ज – वीरगञ्ज–ठोरी हुलाकी सडक खण्डअन्तर्गत पर्साको ठोरीस्थित ठुटेखोलाको पुल सञ्चालनमा भारतीय पक्षले फेरि अवरोध गरेको छ। नेपाली भूमिमै निर्माण गरिएको पुल जनप्रतिनिधिको पहलमा बुधबारदेखि मात्रै सन्चालनमा ल्याइएको थियो। पुल तीन वर्षअघि नै निर्माण सम्पन्न भएको थियो।

    बिहीबार साँझ भारतबाट हतियारसहित बर्दीमा नेपाली भूमिमा छिरेका भारतीय सुरक्षाकर्मीले पुल सञ्चालनमा अवरोध गरेका हुन्। हुलाकी सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले पुल सञ्चालनका लागि भारतीय पक्षले प्रयोग गर्दै आइरहेको एउटा कुलो पुरेको थियो।

    हतियारसहित बर्दीमा आएका भारतीय सुरक्षाकर्मीको निर्देशनमा भारतीय पक्षले सडक खनेर पुनः कुलो बनाउने प्रयास गरेका थिए। ठोरीका स्थानीयले त्यसको प्रतिवाद गरेपछि उनीहरु साँझपख फर्किएका थिए।

    माथिको आदेश भन्दै भारतीय पक्षले सडक भत्काएर कुलो बनाउन खोजेका थिए तर स्थानीयले सडक खन्न नदिने अडान लिएपछि उनीहरु साँझपख फर्किएका थिए। सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट ठोरीका प्रहरी निरीक्षक दीपक दाहालका अनुसार भारतीयहरु फर्किएपछि उनीहरुले खनेको सडक नेपाली पक्षले पुनः पुरेको थियो।

    जिल्ला समन्वय समिति पर्साका उपप्रमुख ठाकुरप्रसाद न्यौपानेका अनुसार तीन वटा मध्ये दुईवटा कुलोमा कल्भर्ट बनाएर पुल सञ्चालन गर्ने निर्णय स्थानीय जनप्रतिनिधि र अगुवाहरुले गरेका थिए।
    नेपाली भूमिमा पुल सञ्चालन ल्याउने विषयामा भारतीय पक्षको सहमति लिन आवश्यक नदेखिएकोले नै उनीहरुसँग छलफल नगरिएको वडा नं २ का अध्यक्ष किशोर तामाङ बताउँछन्।

    ‘हामी भारतको भूमि खन्न र पुर्न जान लागेका थिएनौंं, आफ्नो देशको पुल सञ्चालन गर्ने कुरा उनीहरुको सरोकारको विषय पनि थिएन,’ उनले भने, ‘त्यसैले समन्वय गरेनौं, जहाँसम्म सिञ्चाईका लागि पानी दिने कुरा छ, हामीले एउटा कुलो उनीहरुलाई दिने भनेकै हौं।’

    जेठ १४ गते उनीहरुले निर्णय कायान्र्वयन गर्दै एउटा कुलो पुरेर पुल सञ्चालनमा ल्याएका थिए। त्यसको भोलिपल्ट नेपाली भूमिमा हात हतियार सहित सुरक्षा अधिकारीहरु सहित आएर भारतीयले कुलो पुनः सञ्चालनमा ल्याउन खोजेपछि स्थानीयले प्रतिवाद गरेका थिए।

    हुलाकी सडक अन्र्तगत पर्ने ठूटे खोलामा अमर एण्ड मृत सञ्जीवनी कम्पनीले ६ करोड ९७ लाख २१ हजार रुपैयामा ४ वटा स्पान रहेको १ सय २ मिटर लामो र ७ दशमलव २ मिटर चौडाइको पुल निर्माण गरेको थियो । ठोरी गाउँपालिका २ र ३ जोड्ने पुल ३ बर्षपछि सञ्चालनमा ल्याउन पाउँदा स्थानीय खुशी थिए। तर त्यो खुशी लामो समय टिक्न पाएन।

    २ वटा कुलो सञ्चालनमै रहेपनि भारतिय पक्षले ३ वटा कल्भर्ट राख्नुपर्ने भन्दै नेपाली भूमिमा प्रवेश गरेर आतंक मच्चाएको स्थानीयले बताए। पर्साको प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेरै आफूहरु आएको भारतीय पक्षको तर्क थियो। जिल्ला समन्वय समितिका उपप्रमुख ठाकुर न्यौपानेले कुलोको विषयमा लामो समयदेखि विवाद चल्दै आएकोले समाधानका लागि विकल्प खोजिएको बताए।

    ‘साथीहरुले अब विवाद गरेर हुन्न, पुल सञ्चालनमा ल्याउनुपर्छ, भारतीय पक्षलाई पनि मर्का नपर्नेगरी समाधान निकाल्नुपर्छ भनेर छलफल गरेका थिए,’ उनले भने, ‘लकडाउनले गर्दा गाउँमै थिएँ, सहभागिता जनाए। दुईवटा कल्भर्ट बनाउने एउटा कुलो भारततर्फ पठाउने र अर्को नेपाल तिर पठाउने गरी सहमति भएको हो।’

    छलफलमा भारतीय पक्षको सहभागिता नरहेको उनले बताए। ‘नेपालको भूमिमा बनेको पुल सञ्चालनमा ल्याउने कुरामा भारतीय पक्षसँग सहमति आवश्यक पर्दैन भन्ने धारणा सबैको थियो,’ उनले भने, ‘तर पनि मैले आवश्यक समन्वय गरिदिन प्रमुख जिल्ला अधिकारीलाई भनेको थिएँ।’

    कुरै नबुझी भारतीय पक्ष हातहतियार सहित नेपाल प्रवेश गर्नु गलत भएको उनको भनाइ छ। प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीसँग यसबारेमा कुरा गर्न खाज्दा पटक पटक फोन सम्पर्क गरेपनि उठेको छैन।

    के हो त कुलो विवाद ?

    ठूटे खोला पुलको पूर्वतर्फ बग्ने तीन वटा कुलोमध्ये २ वटा कुलो भारतीय पक्षले वर्षौदेखि सिंचाइको लागि प्रयोग गर्दै आइरहेको छ। त्यसका लागि भारतीय पक्षले नेपाली भूमिमा बग्ने ठुटे खोलामा अस्थायी बाँध बनाएको छ।

    पुल सञ्चालनमा ल्याउन कि त कूलो पुर्नुपर्ने हुन्छ कि त कल्भर्ट बनाउनुपर्छ तर भारतीय पक्षले कुलो पुरेर एप्रोच सडक बनाउन नदिने अडान राख्दै आएको छ। नेपाली पक्ष कल्भर्ट राखेर पूल सञ्चालनमा ल्याउनु भन्दा भारतीय पक्षले पुल मूनीबाट पानी लैजानुपर्ने अडानमा थिए। दुवै पक्ष आ–आफ्नो अडानमा रहेका कारण पुल सञ्चालनमा आउन सकेको छैन।

    एप्रोच सडक बनाउने विषयमा विवाद भएपछि निर्माण कम्पनीले त्यहाँ काम गर्न सकेको छैन। पुलको छेउमै दुईवटा कुलो सञ्चालन गर्दा पुलमा असर पर्ने तर्क नेपाली पक्षको छ।

    सीमा विवाद कायमै रहँदा भारतीय पक्षले पुल बनेको क्षेत्र मात्रै त्यस भन्दा माथि बाँध बाँधिएको ठाउँलाई समेत आफ्नै भूमि मान्दै आएको थिए। पुल निर्माण गर्न तथा विद्युत विस्तारमा समेत उनीहरुले अवरोध खडा गर तर अहिले सीमा विवाद अन्त्य भई सकेका छ।

    पुल सञ्चालन नआउँदा भोग्नु परेको समस्या !

    पुल सञ्चालनमा नआउँदा विशेष गरेर वर्षायाममा ठोरीका बासिन्दा जोखिम मोलेर सवारी साधन चलाउन बाध्य छन्। वर्षायाममा आउने बाढीले जिल्ला सदरमुकाम वीरगञ्जसँगको सडक सम्पर्क टुट्ने गरेको छ। वर्षामा वडा नम्बर १ र २ का बासिन्दाले ठूलो पीडा भोग्दै आएका छन्।

    वर्षायाममा स्थानीय बिरामी पर्दा, सुत्केरी ब्यथा लाग्दा, सर्पदंशका घटना भएमा अस्पताल पुर्‍याउन निकै सास्ती रहेको स्थानीयहरु बताउँछन्। कसरी पुल सञ्चालनमा ल्याउने भन्ने विषयमा पटक पटक छलफल भएपनि निष्कर्षमा पुग्न नसकिएको गाउँपालिका अध्यक्ष पीएल श्रेष्ठ बताउँछन्।

    ‘पुल सञ्चालनका लागि विकल्प खोज्ने र कार्यान्वयन गर्ने काम भइरहेको छ। तर भारतीय पक्षले अवरोध गरिरहे कै छ,’ श्रेष्ठले भने, ‘दुई देशबीचको कुरा भएकोले पालिका स्तरबाट मात्रै समस्या समाधान हुन सक्दैन।’

    प्रतिकृया दिनुहोस्

    युद्धग्रस्त रूसमा खोलियो श्रम स्वीकृति

    काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रुस (रसिया)मा नेपाली श्रमिक पुनः श्रम स्वीकृति दिएर...

    किन विवादमा पर्यो प्रहरीको एसपी बढुवा सिफारिस ?

    काठमाडौं। नेपाल प्रहरीका ८ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा गरिएको बढुवा सिफारिस विवादमा...

    मोरङको रतुवामाई क्षेत्रमा काम एउटै तर, महिला र पुरुषमा ज्याला फरक

    चैत्र-१६, शुक्रबार/मोरङ – मोरङको रतुवामाई  नगरपालिका स्थित कादुपाडा  आसपासका कृषकहरू यतिखेर चैते धानबाली लगाउन व्यस्त...

    दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

    काठमाडौं। सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको विषयमा छानबिन गर्न समिति गठन...

    मौसम पूर्वानुमानः आज यी प्रदेशहरुमा चट्याङ्गसहित वर्षाको सम्भावना

    चैत्र-१६, शुक्रबार/काठमाडौं – नेपालमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal