News Portal

  • इतिहासकै कमजोर नेपाली रुपैयाँ, अर्थतन्त्रमा पर्दैछ प्रत्यक्ष असर !

    हिमाली संचार संवाददाता
    ५३७ पटक

    रोयल आचार्य
    काठमाडौं – अमेरिकी डलरको मूल्य बिहीबारका लागि नेपाल राष्ट्र बैंकले ११३ रुपैयाँ २५ पैसा बिक्रीदर तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अमेरिकी डलर वलियो बन्दै जादा नेपाली रुपैयाँ भने कमजोर बनेको छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहने गरेको छ । त्यसैले केही समययता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्य समेत घट्यो ।

    पछिल्लो समय अमेरिकी डलरको मूल्य क्रमशः बलियो बन्दै गएको छ । अमेरिकी डलर बलियो बन्दा नेपाली रुपैयाँ स्वतः कमजोर बन्ने हुँदा पनि यसले मुलुकको अर्थतन्त्रलाई प्रत्यक्ष असर पर्ने अर्थविदहरु बताउँछन् । विश्वव्यापीकरण, आर्थिक उदारीकरण, आयात-निर्यात लगायतका कारण डलरको भाउमा हुने उतार चढावका सोझा असर नेपाली अर्थतन्त्रमा पनि पर्ने गर्छ । अमेरिकी डलरको भाउँ बलिया बन्दा मुलुकको अर्थतन्त्रलाई पर्न सक्ने सकारात्मक र नकरात्मक असर दुबैका बारेमा चर्चा गरौं ।

    रेमिट्यान्स आयमा सकरात्मक प्रभाव

    मुलुकको आयको महत्वपूर्ण श्रोतको रुपमा यतिबेला विप्रेषण रहेको छ । लाखौ युवाहरु वैदेशिक रोजगारीमा गएका छन् । र उनीहरुले गरेको आम्दानी रेमिट्यान्सको रुपमा नेपाल भित्रिन्छ । वर्तमान अवस्थाकै कुरा गर्ने हो भने पनि मुलुकको कूल गाह्रर्थ उत्पादनमा रेमिट्यान्सको योगदान एक तिहाई रहेको छ ।

    अमेरिकी डलर बढ्दाको फाइदा हो तिनै युवाहरुलाई हुन्छ जो अर्काको मुलुकमा गएर पसिना बेचिरहेका छन् । वैदेशिक रोजगारीमा गएका युवाहरुले डलरको भाउ बढ्दा नेपाल पठाउने पैसाको परिमाण बढ्न सक्छ ।

    मुलुककै आम्दानीको महत्वपूर्ण श्रोतको रुपमा रहेको रेमिट्यान्समा वृद्धि हुने भएकाले अमेरिकी डलर महंगो हुँदा मुलुकको अर्थतन्त्रलाई थोरै भए पनि सकरात्मक असर गर्छ ।

    पर्यटन क्षेत्रबाट हुने आम्दानी बढ्ने

    नेपाली रुपैयाँ कमजोर हुँदाको फाइदा अर्को पर्यटन क्षेत्र पनि हो । अमेरिकी डलरको बलियो हुँदा नेपालमा पर्यटनमार्फत हुने आम्दानी बढाउने अर्थविद्हरु बताउछन् ।

    ‘विदेशी मुद्राको भाउ बढ्दा त्यसले पर्यटनमार्फत् हुने आम्दानी बढाइदिन्छ’ एक अर्थविद्ले भने, ‘नेपाली मुद्रा सस्तो हुँदा डलर खर्च गर्ने पर्यटकलाई यहाँ आउन खर्चको हिसाबले थप प्रोत्साहन मिल्छ ।’ पर्यटनको योगदान नेपाली अर्थतन्त्रमा बहुआयामिक हुने उनको तर्क छ ।

    देशको विदेशी मुद्रा आर्जनको एक प्रमुख स्रोतमात्र नभई यसले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारीमा ठूलो योगदान पुर्‍याउने अर्थविदहरुले बताउँदै आएका छन् ।

    निर्यात बढाउन सकेमात्रै फाइदा छः पूर्वगभर्नर क्षेत्री

    अमेरिकी डलर बढ्दाको फाइदा नेपाली अर्थतन्त्रलाई पनि पर्ने नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री बताउँछन् । अमेरिकी डलरको भाउ बढ्दा नेपालमा रेमिट्यान्स बढ्ने र त्यसले अर्थतन्त्रलाई सकरात्मक प्रभाव पार्ने क्षेत्रीको तर्क छ ।

    ‘हाम्रा धेरै युवाहरु विदेशमा छन्, उनीहरुले हिजो १ सय डलर पैसा पठाउँदा १० हजार मात्रै हुने थियो भने अहिले ११ हजार ३ सय रुपैयाँ हुने भयो’ उनी भन्छन्, ‘यसले पैसा पठाउने ती व्यक्ति र अर्थतन्त्रलाई समेत सकारात्मक असर पार्छ ।’

    अमेरिकी डलर बलियो हुँदा नेपालको निर्यात बढ्न सक्ने उनी बताउँछन् । नेपाली रुपैयाँको भाउ सस्तो हुँदा नेपाली निकासी वा सामानको भाउ अन्तरराष्ट्रिय आयातकर्ताहरूको निम्ति आकर्षक हुन पुग्ने र निकासीलाई यसले टेवा पुग्ने उनको भनाइ छ ।

    तर, नेपालले वस्तु तथा सेवा निर्यात गर्न नसक्ने हुँदा अमेरिकी डलरको भाउ बढ्दा फाइदा भन्दा पनि नेपाललाई घाटा धेरै हुने उनको तर्क छ ।
    ‘अहिले बजेटको हाराहारीमा ब्यापार घाटा पुगेको छ, भारतसँगको मात्रै ८ खर्ब बढी व्यापारघाटा छ । यसमा हामी चुर्लुम्मै डुब्छौं’ पूर्वगभर्नर क्षेत्री भन्छन्, ‘आयात धेरै महंगो हुन्छ र महंगी बढ्छ ।’

    महंगीको मारमा पर्छाैंः अर्थविद् खनाल

    अमेरिकी डलर बलियो बन्दै जाने र नेपाली मुद्रा कमजोर बन्दै जाने हो भने नेपालीहरु महंगीको मारमा पर्ने अर्थविद् रामेश्वर खनाल बताउँछन् । नेपालसँग निर्यात गर्न सक्ने क्षमता नभएको र आयातममै भर पर्नु पर्ने हुँदा अमेरिकी डलरको भाउँ बढ्दा महंगीको पीडा नेपालीले भोग्नुपर्ने पूर्वअर्थसचिव खनाल बताउँछन् ।

    ‘हामीसँग निर्यात गर्न सक्ने क्षमता छैन, न गुणस्तर छ न विक्री गर्ने वस्छु छ । हामीले अधिकांश वस्तुहरु आयात गर्नुपर्ने बाध्यता छ’ उनी भन्छन्, ‘यसको सिधा प्रभाव नेपाली अर्थतन्त्रमा पर्छ । हामी महंगीको मारमा पर्छौ ।’

    अमेरिकी डलरको भाउ बढ्दा जलविद्युत आयोजनाहरुको लागतसमेत बढ्ने खनालको तर्क छ । नेपालमा निर्यातजन्य वस्तु उत्पादन नहुने हुनाले अमेरिकी डलर बढ्दा अर्थतन्त्रलाई फाइदा हुनै नसक्ने उनी बताउँछन् ।

    ‘नेपालमा निर्यातजन्य वस्तु उत्पादन हुँदैनन्, यहाँ उत्पादन हुने भनेको गाली हो’ राजनीतिक दलका नेताहरुले काम भन्दा पनि धेरै गफ गरेको विषयलाई इंगित गर्दै उनले भने, ‘यहाँ वस्तु उतपादन होइन गाली उत्पादन हुन्छ, नेताले गरेको गालीले त फाइदा गर्दैन ।’
    अनलाइनखबर

    प्रतिकृया दिनुहोस्

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal