News Portal

  • पार्टीको आवरणमा नश्लिय संस्थाले देश चलाउँदाको परिणाम

    ✍️ आश कुमार राई
    ६८८ पटक
    २०७७ बैशाख ३१, बुधवार

    यो कथित नश्लबादी असफल सरकारको रबैया, उसको केही कार्यक्रम र भारतको पछिल्लो बिस्तारबादी हर्कतले बनाएको नयाँ राजनीतिक परिस्थितीहरुमाथि फेरि पनि केही कुरा लेख्न बाध्य बनायो। यो आलेख वरिष्ठ कवि तथा साहित्यकार भुपाल राईद्वारा रचित यी शक्तिशाली कविताको केही पंत्तिहरुबाट आजको लेखनलाई अगाडी बढाउन मन लाग्यो।

    किनकी यी हरफहरुले आन्तरिक राष्ट्रियता र बाहिय राष्ट्रियताको यथार्थ चित्रण गरेको छ। सामाजिक र ब्याबहारिक कथाहरुलाई सान्दर्भिक ढंङ्गले राष्ट्रिय गीत संग जोडेर यो कविताले साँच्चै असमानताको पिँडादायी भारी मरिकुस्तै बोकेको छ।

    “तैँले भिरेको आँखा तेरो हुनेछ
    तर आँखाले देखेको सपना तेरो हुने छैन
    तैँले टेकेको खुट्टा तेरो हुनेछ
    तर खुट्टाले टेकेको माटो तेरो हुने छैन
    राष्ट्र गानमा जसरी तैँले आफुलाई खोजिरहिस
    सयौं थुंङ्गा फुलको एउटै मालामा
    तँ एउटा अवस्य उनिने छस
    तर उनिने छैन आफ्नै माला तेरो
    तँ एउटा अतिरेक थुङ्गाहरुको भिँडमा
    मालामै हराउने छस…”

    वास्तबमा भन्नू पर्दा सभ्यतानै जाती हो, भाषा हो, धर्म हो र संस्कृति हो । त्यो कुनै पनि अमुक समुदाय तथा अमुक नश्लको लागि उत्तिकै गर्वको बिषय पनि हो। तर सिङ्गो राष्ट्र त्यो होईन। एउटा सिङ्गो राष्ट्र भित्र बिभितता सभ्यता, बिभित भाषा, बिभित धर्म, विभित संस्कृति तथा विभित समुदायहरु हुन्छन ।

    जुन हरेक समुदायहरुले उक्त देशको सिमाना भित्रको सार्बभौमिकता र राष्ट्रिय अखण्डतालाई स्वीकार गरेको हुन्छन। अनि राज्यले पनि सम्पुर्ण, सभ्यता भाषा, धर्म, संस्कार, संस्कृति तथा समुदायको अस्तित्वलाई स्वीकार गर्दछ। र अपनत्व ग्रहण गर्दछ। यसरी बल्लियो एक राष्ट्रको गठन भएको हुन्छ। यी आधारभुत कुराहरुलाई राज्य र हरेक समुदाय हरुले स्वीकार गरेका हुन्छन। राज्यले कुनै बर्ग, जाती, कुनै भाषा, कुनै संस्कृति तथा कुनै समुदायलाई विभेद गर्दैन।

    राज्यको कुनै जात कुनै धर्म र कुनै वर्ग र कुनै संस्कृति पनि हुँदैन। राज्यको नजरमा सबै समान हुन्छन। राज्यले देश भित्रको सम्पुर्ण भाषा, धर्म संस्कृति र सभ्यताहरुलाई आफ्नै राष्ट्रिय पहिचान तथा सौदर्यको रुपमा ग्रहण गर्दछ। 

    यी सबै संस्कृति भाषा, धर्म र सभ्यता नै आफ्नो अस्तित्व हो भनी राज्यले गर्व पनि गर्दछ।”

    तर कुनै अमुक सासकको चरित्रको कारण कहिले काहीँ राष्ट्र निक्कै बल्लियो पनि हुन्छ र कहिले निक्कै कम्जोर पनि हुन्छ। नेपालको सन्दर्भमा भन्ने हो भने नेपाल बहुजाती, बहुभाषी बहुसंस्कृति तथा बहुधार्मिक समुदायहरुको विभिन्न सभ्यताहरुले गठन भएको निक्कै पुरानो ईतिहास बोकेको मुलुक हो। जहाँ निक्कै वटा भाषा तथा सभ्यताहरु अस्तित्वमा अहिले पनि छन। 

    तर ती सबै भाषिक संस्कृति र सभ्यतालाई स्वीकार गरेर समान ढंङ्गले संरक्षण, सम्बर्द्धन र बिकास गरि  राष्ट्र र राष्ट्रिय एकतालाई बल्लियो बनाउँदै शासन गर्ने सासक भने यो देशले अहिले सम्म पाएको छैन। यो नै नेपालको लागि दुर्भाग्य साबित भएको छ।

    जुन सासक नै एउटा नश्ल एउटा सभ्यता, धर्म र संस्कृतिको मसिहा भई पक्षपात पुर्ण ब्याबहार गर्ने भए पछि उक्त देशको सामाजिक बिकाश संस्कृतिक बिकाश,भौतिक तथा बैज्ञानिक बिकास, कसरी हुन्छ ? ती नश्लबादी सासकहरुको असक्षमताको कारण देश दिन दिनै कम्जोर र असफल दिशातर्फ उन्मुख छ। 

    यो देशको शासक लुगा खोलेर एउटा अमुख सभ्यता, धर्म संस्कृति र भाषा सबैलाई लाद्न खोजिरहेको छ। उदाहरणको लागि नेपालको ईतिहाँसमै करिब दुई तिहाई मताधेस पाएको शक्तिशाली कम्युनिष्ट पार्टी यत्तिबेला सरकारमा छ। त्यहिँ कम्युनिष्ट पार्टीले यत्तिबेला नेपालमा शासन गरिरहेको छ।

    उसको पार्टीको नाम नेकपा भएकै कारण पनि उसको आधारभुत सिद्धान्तले कुनैपनी भाषा, नश्ल, धर्म, संस्कृति तथा समुदायको प्रतिनिधि भन्दा माथि उठेर उस्ले काम गर्नु पर्दछ। तर कथित नेकपा सरकारले त्यसो गरिरहेको छैन। उसको आचरण तथा ब्याबहारले भन्छ उ कम्युनिष्ट पार्टी होईन। 

    उसको चिन्तन तथा कार्यसैलीको माध्यमबाट उसले भन्छ कि म हिन्दु धर्म र संस्कृतिको संरक्षक हुँ र एकल नश्लिय राज्यसत्ताको निरन्तरतामा बल्लियो जग हाल्ने र अरु भाषा संस्कृति र सभ्यतालाई नामेट गरेर हिन्दु धार्मिक सामाजिक सत्तालाई यथावत कायम राख्ने मेरो मुख्य कर्तब्य हो। किनकी म ब्राह्मण कुलको पबित्र र उच्च कोटिको जात हुँ। भन्ने कुराहरु आफैले घोषणा गरेको सरकारी नीति तथा कार्यक्रमहरुले स्पष्ट पार्दछ।

    उदाहरणको लागि केही दिन अगाडि उक्त सासक दल भित्रको गुठबन्दीको चरम बिबाद छताछुल्ल भयो। त्यो बहस हाल चलिरहेको खड्ग ओलीको सरकार परिवर्तन गर्ने सम्मको थियो। केपी ओलीको सरकार परिवर्तनको बिकल्पको सवालमा हेरौं कि पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल, झलनाथ खनाल, माधब नेपालको बारेमा त स्वाभाबिक रुपले छलफल भयो नै तर सांसद नै नभएको जनताले ठेगान लगाएर सांसद भन्दा बाहिर राखेको नेता बामदेब गौतमको बारेमा फेरि उपनिर्बाचन गराएर अथवा राष्ट्रिय सभामा मनोनित गराई संविधान सम्सोधन गरेर भएपनी प्रधानमन्त्री बनाउनेसम्म पार्टिको माथिल्लो तह देखि तल्लो तहसम्म औपचारिक तथा अनौपचारिक छलफल र बहस भयो। 

    दुई पटक सभामुख भई सकेको पार्टीमा महत्वपूर्ण भुमिका खेल्न सक्ने हैसियतमा रहेका अहिलेको नेकपा भन्ने पार्टी संसदीय दलको उपनेता सुवास चन्द्र नेम्माङको बारेमा एक पटक पनि छलफल किन भएन ? के उसको योग्यता पुगेको छैन र ? कि नाम पछाडी नेम्माङ भएकै कारण उनी अयोग्य भए ? कि प्रधानमन्त्री हुनलाई हिन्दु धार्मिक बर्णाश्रम व्यावस्था गरेको व्यावस्था अनुसार उच्च जाती ब्राह्मण कुलकै हुनु पर्ने ?

    अर्को कुरा फेरि अहिले नेकपा सरकारको शैक्षिक नीति अनुसार करिब बीस बर्ष भन्दा अगाडी अनिवार्य शिक्षाबाट हटाईएको संस्कृत भाषा पुन: कक्षा एक देखि कक्षा आठ सम्म अनिवार्य शिक्षाको रुपमा पढाउने पाठ्यक्रम तयार हुँदैछ भन्ने अखबारहरुले समचार बनाई रहेका छन। 

    सामाजिक सन्जाल भरी उक्त सरकारी नीतिको बारेमा धेरै बिरोधहरु आईरहेका छन। साथै विभि किसिमको विचारहरु तर्क र बितर्कहरु पनि आईरहेका छन। तर बिरोध संस्कृत भाषा पढाई हुने भयो भनेर होईन राज्य सत्ताले अरु मरणासन्न अवस्थामा पुगिसकेका भाषा र संस्कृतिहरुलाई चाही किन देख्दैन ? भन्ने कुरामा हो। 

    यो देशको भाषा संस्कृत मात्र हो? यो देशको सभ्यता हिन्दु सभ्यता मात्र हो ? यदि राज्यसत्ताको निष्पक्ष आँखाले हेर्ने हो भने त यो देशमा अरु सभ्यता, भाषा समुदाय र जातीहरु पनि छन। ती जातीहरुमा करिब करिब आफ्नो भाषा संस्कृति र सभ्यता हराई सकेको छ।

    ती लोपउन्मुख सभ्यता संस्कृति र भाषाहरुको संरक्षण चाहिँ राज्यले गर्नु पर्दैन ? उक्त कार्य राज्यको कर्तव्य भित्र पर्दैन ? सरकारकै संरक्षणमा संस्कृत बिद्यालयहरुमा पढाई भईरहेको संस्कृत भाषा अब किन स्कुलमा अनिवार्य गर्नु पर्यो ? अब अरु भाषाहरुलाई संरक्षण गर्न अरु भाषिक पाठ्यक्रम सहितको बिद्यालय निर्माण गर्नु पर्दैन ? अरु सभ्यताबाट आएका अलग भाषा र संस्कृतिहरु चाहिँ यो देशको यो राष्ट्रको भाषा र संस्कृति होईन र ? ती सभ्यता भाषा र संस्कृति बिना देश पुर्ण हुन्छ ?

    अनि कसै कसैले भन्ने गरेका छन संस्कृत भाषा पठन पाठन गराउँदा भाषा जोगिन्छ, संस्कृति जोगिन्छ, स्पष्ट भाषा बोल्न जानिन्छ, विश्वभाषा बुझ्न सजिलो हुन्छ, जिब्रोको राम्रो अभ्यास हुन्छ, दिमाग तेज हुन्छ भन्दै संस्कृत भाषा पाठ्यक्रम लागू हुनै पर्छ भन्ने पक्षका एकाध विद्वानहरुले जोड दिँदै यस्को फाईदै फाईदाको पहाड देखाउदा खेरी के अरु भाषाहरु चाही कुनै गुण नभएको, कुनै भुमिकै नभएको, भाषा हरु हुन र ?

    त्यहिँ संस्कृत भाषा गुणैगुण फाईदै फाईदा हुँदा अरु भाषा चाही बैगुण नै बैगुण बेफाईदै बेफाईदा युक्त कसरी हुन्छन ? तेइ संस्कृत भाषा भएर अहिले संसारमा हिन्दु धर्म तथा संस्कृति अस्तित्वमा छ। ब्राह्मण क्षेत्री समुदाय अस्तित्वमा छन। त्यसै गरि त्रीपिटक लिपि र बुद्ध धर्म भएर उक्त समुदायको भाषा र संस्कृति अस्तित्वमा छ। 

    किरातहरुको आफ्नै भाषा भाषिका संस्कार संस्कृति तथा सभ्यता भएकै कारण उनीहरु  अस्तित्वमा छन। अनि संस्कृत भाषा उत्कृष्ट  राज्यले ग्रहण गर्न लायकको अरु चाही कसरी निकृष्ट ? जसलाई राज्य सत्ताले बार बार किन उपेक्षा गरिरहन्छ ? किरात तथा बुद्ध मार्गीहरुको भाषा भाषिकाहरुलाई मुख्य मानेर संस्कृत भाषालाई हेर्यो भने संस्कृत त पुरै अशुद्ध, कुरुप हुन सक्दछ निकम्मा हुन सक्दछ। 

    संस्कृतलाई मुख्य मानेर अरु सभ्यताद्वारा विकास भएका भाषा भाषिकाहरुलाई हेर्दा काम नलाग्ने अशुद्ध र अस्पष्ट देखिनु लाग्नु स्वाभाविक हो। भाषाको विषयलाई राज्यले त्यसरी एकांकी र पक्षपाती दृष्टिकोणबाट मात्र हेर्न मिल्दैन। हाम्रो देशको आन्तरिक राष्ट्रिय एकता कमजोर हुनुको मुख्य कारण नै यही हो।

    यो देशको साशक एउटै नश्लको एउटै सभ्यताको त्यो पनि ब्राह्मण कुलकैमात्र भएको कारण साशकहरुले अरु जाति र भाषा भाषीहरुलाई यो देशको नागरिकको हैसियतले कहिले हेर्न सकेन। उसको भाषा, संस्कृति, र सभ्यतालाई यो देशको साशक जातीहरुले कहिले मुलधारमा समाहित गर्न समान व्यवहार गर्न सकेन।

    त्यसकै कारणले आन्तरिक राष्ट्रीयता कमजोर भएको छ। देश कमजोर भएको छ। संस्कृत भाषा पाठ्यक्रममा समाहित गर्नु पर्दछ भन्दै जोड जोडले कराउने विद्वानहरुले यो देशमा अरु थुप्रै सभ्यताले स्थापित गरेको भाषा र संस्कृतीहरु पनि छ्न तिनलाई पनि पाठ्यक्रममा समाहित गरेर ती भाषालाई पनि बचाउनु पर्दछ। 

    उक्त भाषालाई मर्न दिनु हुन्न भन्न किन सक्दैनन ? के यो चिन्तन ब्राह्मणबादी चिन्तन होईन ? के यो चिन्तन नश्लबादी छैन ? के यो बिखण्डन बादी चिन्तन होईन? के यो चिन्तन जातिबादी चिन्तन होईन ? के यो राष्ट्र बिरोधी हर्कत होईन ?

    हामीले यसरी भन्दै गर्दा हामीलाई कसैले भन्ने गर्छन कि यो जातिबादी हो। यो नश्लबादी हो। यो क्षेत्रीयता बादी हो। सामाज भड्काउने भड्काउबादी हो र अझ भन्छ यो विकास बिरोधी तत्व हो। 

    यसले मिलेर बसेको समाज बिचमा काटाकाट गराउँछ। म भन्छु तिमीले सयकडौं बर्ष देखि मिलाएर राखेको यो समाजमा किन उच्च र निच्च जात छन ? किन धनी र गरिब बिचको यत्रो ठूलो खाडल बनी रहेको छ? किन आन्तरिक राष्ट्रिय एकता कमजोर भई रहेको छ ?

    अरु देशहरुमा सम्पूर्ण सभ्यताबाट उठेको भाषा भाषिका र संस्कार संस्कृतिहरुको जगेडा गर्दै त्यस्को विकास गरेका छन। त्यसको अस्तित्व माथी उठाईएका छ्न तर तिम्रो सैकडौं बर्षलामो ईतिहाँसमा त्याहाँका भाषा भाषिकाहरु किन हराउन लागिसकेको छन ? सैकडौं बर्षको नेपाली ईतिहाँसमा किन एउटै जाती र नश्लबाटमात्र साशकहरु भए ? 

    “नेपाल बहुजाती बहुभाषी र बहुसंस्कृति भएको मुलुक हो भन्ने कुरा दुनियालाई थाहा छ तर किन राज्यको अंगहरु कहिले समावेशी भएनन ?”

    यो तिम्रो नश्लिय अतिवादी सोंच, चिन्तन र व्यावहर कै कारणले नै त होईन? देश विदेशी ऋणमा चुर्लुम्मै डुबेको तिम्रै नश्लबादी नीतिका कारणले होईन ? आन्तरिक राष्ट्रियता कमजोर भई त्यसको फाईदा छिमेकी गिद्धले बाराम्बार सिमा मिचेर विभिन्न तरिकाले फाईदा लुटेको छ तिम्रै असक्षमताको कारणले होईन ?

    नाङ्गो नश्लबादी नीतिको पक्षपाति तिमी जस्ता मान्छेले सबैको अस्तित्व स्वीकार गर आन्तरिक राष्ट्रियता मज्बुद बनाएर राष्ट्रलाई बल्लियो बनाउ राज्यको सबै अंग समाबेसी बनाउ अनि आन्तरीक राष्ट्रीयता बल्लियो भएपछि अन्तर्राष्ट्रिय शक्ति संग जुनै खाले लडाई लड्न पनि सकिन्छ भन्ने हामीलाई नश्लबादी, जातिबादी, अराजक्ताबादी, क्षेत्रीयता बादी, विकास बिरोधि भन्ने तिम्रो आरोपको तुक के छ ? र म नश्लबादी होईन भन्ने तिम्रो सयकडौं बर्षदेखिको उदाहरणिय एउटा काम के छ ? देखाउने हिम्मत छ ?

    त्यसैले यी प्रश्नहरु संस्कृत भाषालाई पठन पाठन गराउने भयो भनेर होईन यो संस्कृत भाषा पठन पाठन गराउनु राम्रो कुरो हो तर संस्कृत भाषा भन्दा अरु भाषाहरु पनि राज्यको संरक्षणको अभावले मरणासन्न अवस्थामा पुगिसकेका छ्न ती भाषाहरुलाई पनि सरकारी तवरबाटै पाठ्यक्रम निर्माण गरि पठन पाठनमा ल्याओस भन्ने हेतुले हो भनेर बुझ्दा उपयुक्त हुन्छ।

    नेकपाको यो दुईतिहाई वाला सरकार गठन संगै यो सरकारबाट आम जनताले धेरै अपेक्षा गरेका थिए। नेकपाले सबै जात जाती भाषा सभ्यताको अस्तित्व ग्रहण गर्दछ। अनि सबैलाई समान व्यवहार गर्दछ। सबैलाई विकासको समान अवसर सृजना गर्दछ।

    अनि सम्पूर्ण भाषा संस्कृति र सभ्यता हरुलाई हुर्किन मद्धत गर्दछ। र सबै भन्दा पहिले अस्तित्व संङकटमा परिसकेका भाषाहरुलाई संरक्षण गर्न पहिलो प्राथमिकतामा राख्छ भन्ने अपेक्षा थियो। नेकपा सरकारले परम्परागत नश्लिय सत्ताको निरन्तरता भन्दा फरक आफुलाई देखाउनै सकेन।

    बरु नेकपा भन्ने पार्टी र उस्को नेतृत्वको सरकारी चरित्र र उस्को सरकारको हरेक कार्यक्रमहरुलाई हेर्दा नेकपा भन्ने पार्टी र उस्को नेतृत्व भनेको त कट्टर हिन्दु धार्मिक सत्ता र कुलीन ब्राह्मणहरुके प्रतिनिधि मण्डलहरु मात्र हुन यीनीहरु त्यो भन्दा अरु केही होईन भन्ने कुरा पो स्पष्ट पार्यो।

    र यो नेकपा भन्ने पार्टी, वास्तबमा पार्टी नै होईन यो त एक ब्राह्मण आर्य समुदायको सभ्यता भाषा, धर्म संस्कार र संस्कृतिको प्रबर्द्धनको निमित्त गठन गरिएको नश्लिय साझा संस्था मात्र हो भन्ने कुरा उसको नीति तथा कार्यक्रमहरुले आफै प्रष्ट पारिदिएको छ।  

    हुँडारको चरित्र बोकेको यी हुल हुद्दाले यो कोरोना महामारीको चरम संङकटको बेला आफ्नै मालिक विदेशीहरुको ईसारामा सत्ता परिवर्तनको कुरा उठाउदै रडाको मच्चाएर पार्टी फुट नजिक पुगेको दिउसोको घाम झैं छर्लंङ्ग छ।

    भलै छिमेकी देशको राजदुतको सक्रियता संगै उत्तरी बजारबाट आयातीत गमले फुटेको पार्टीलाई त फेरि एक पटक जोडे तर उक्त गम नसुक्दै फेरी फुटाउने कोशिशहरु जारी नै छ। 

    “यत्तिनै बेला दक्षिणी छिमेकी भारतले नेपालको ऊ बेला मिचेको लिपुलेक लिम्पियाधुरा भूभागमा वारपार बाटो खनेर उट्घाटन गरिसक्दा पनि यो राष्टबादी सरकारलाई थाहा छैन।” 

    सरकारको नेतृत्व कबिता लेखिरहेको छ। अरबौं भ्रष्टाचारीहरुको संरक्षण गरेर मजाक गर्दै आनन्द कुर्सीमा बसिरहेको छ। आफ्नो दाउरेहरुलाई फिल्ड्मा खटाएर मान्छे अपहरण देखि राष्ट्रिय जागरण तथा राष्ट्रिय स्वाधिनताको पक्षमा चेतना संचार गरिरहेका भारतिय बिस्तारबादको विरुद्ध स्वस्फुर्त उठेका राष्ट्रबादी युवाहरुलाई गिरफ्तार र कुटपिटमा प्रहरी प्रशासनलाई समेत उतारेको छ।

    यस्तो सम्बेदनसिल परिस्थिती र बिषयहरमा पार्टी चुपचाप छ। बरु आफू सत्तामा कसरी पुग्ने र टिक्ने भन्ने ध्याउन्नमा छ्न। त्यो कथित नेकपा भन्ने पार्टी र उसको नेताहरु आफुलाई उन्नत राष्ट्रबादी भन्दछन। तर सरकार भन्छ देश लुटिएको थाहै भएन।

    आफ्नो देशको भूभाग गुमेको थाहा नपाउने सरकार कसरी राष्ट्रबादी सरकार हुन सक्छ ? आफ्नो देशको सिमा कहाँसम्म हो भनेर थाहा नपाउने सरकार कसरी यो देशको सरकार हुन सक्छ ? भारतले नेपालको जमिन लुट्नु लगत्तै बेलैमा आफ्नो देशको एउटा नक्सा जारी गरेर कुटनैतिक पहल गर्न यो दुई तिहाईको सरकारलाई कसले दिएन ? कि त्यो लुटिएको भनिएको नेपालको भूभाग कतै बेचिएको त होईन ?

    यी धार्मिक तथा नश्लिय चिन्तनबाट उठ्न नस्क्ने जथ्थाहरुको संस्था कसरी कम्युनिष्ट पार्टी हुन सक्दछ ? यी यसरी दिन दिनै राष्ट्र कमजोर, निरिह र असफल हुनुको एउटा मुख्य कारण भनेको अहिलेको सत्ताधारी पार्टीको सरकार र उसको पार्टी वास्तबमा पार्टी नहुनु नै हो।

    यो कथित पार्टी नश्लिय हिन्दु धार्मिक समुदायहरुको सामुदायिक विकास गर्ने नश्लिय संस्था हो। यो सम्पूर्ण दुर्दशा एउटा अमुक नश्लिय संस्थाले पार्टीको आबरणमा देश चलाउनुको परिणाम हो।

    कुनै जातिय संघ  संस्थाले देश चलाउनु सक्दैन देश चलाउनुलाई राष्ट्र, राष्ट्रियता त्यो देशको सार्वभौमिकता साथै त्यो समाज र समुदायको ऐतिहाँसिकता र सम्प्रभूतालाई बुझेर ठिक योजना बनाउन सक्ने र राष्ट्रियतालाई मज़बूत बनाई त्यसको सार्वभौमिकताको रक्षा गर्दै सम्पूर्ण जनतालाई एकताबद्ध बनाउन सक्ने पार्टी चाहिन्छ।

    त्यसैले देश नश्लिय संस्थाले होईन पार्टीले चलाउनु पर्छ। हिजो एउटा नश्ल एउटा जातिले देश चलथ्यो होला तर अहिले त्यो भौतिक परिवेश छैन। 

    “समय परिवर्तन भइ सकेको छ।  अर्को कारण यो देशमा प्रतिपक्षी नहुनु पनि हो। यो देशमा निक्कै समय देखि प्रतिपक्षी छैन भन्ने कुराको बोध हुन्छ, विभिन्न राजनैतिक घटनाक्रमहरुले स्पष्ट पार्दछ।” 

    यो संसदीय ब्याबस्था हो संसदीय ब्याबस्थामा सत्तारुड दलले सरकारको मोर्चा समाल्दछ। र प्रतिपक्षीले संसदको मोर्चामा महत्वपूर्ण भुमिका निर्वाहक गर्दछ। वास्तबमा संसदी ब्याबस्थामा संसद प्रतिपक्षीकै भुमिकाको निमित्त पनि हो।

    तर बिडम्बणा धेरै समय देखि संसदमा प्रतिपक्षी छैन। त्यसैले संसदमा प्रतिपक्षी नभएको फाईदा उठाँउदै सत्ता र सदनमा तिनै सत्ताधारी नश्लिय संस्थाका सदस्यहरुले नै नागों नाच नाची रहेका छन, हाली मुहाली गरिरहेका छन। 

    यदि कुनै अमुक संस्थाले यो देशको प्रतिपक्षी दल म हुँ भन्छ भने यो सम्पूर्ण दुर्गती,बेतिथि र असक्षमताको आधा हिस्साको जिम्मा लिनु तयार हुनु पर्दछ। त्यसैले आफ्नो देशको सिमाना कहाँसम्म ?

    यो देशको राष्ट्रियता के हो कसरी बनेको छ ? भनी बुझ्न नसक्ने र यो देशको विकासको बारेमा स्पष्ट नीति र योजना बनाई जनतालाई संङ्गठित बनाएर एकताबद्ध बनाई अगाडी बढ्न नसक्ने नश्लिय संस्था कथित नेकपाको दुईतिहाईको सरकारको औचित अब समाप्त भईसकेको छ।

    उसले तुरुन्त राजीनामा दिएर राष्ट्रिय हितको निमित्त काम गर्ने सरकार बनाउने मार्ग प्रसस्त गर्नु पर्दछ। अन्यथा यो देशमा खड्ग ओलीको सरकार र यस्तै उसको हर्कत कायम रहे देशले अरु क्षति बेहोर्न तयार हुनु पर्दछ।

    र यो नेकपा र कॉंग्रेस भन्ने यी दुई नश्लिय तथा पुँजिपती वर्गको केन्द्रीकृत संस्था कथित पार्टीहरु बिघठन गरेर राष्ट्रिय हितलाई मुख्य ध्यानमा राखी सर्वहारा वर्गको हितमा काम गर्न सक्ने सबै भाषा, सभ्यता, समुदाय र संस्कृतिलाई एकता बद्ध बनाई सहअस्तित्व सहितको नयाँ राष्ट्रिय एकता निर्माण गर्न सक्ने नयाँ बैकल्पिक शक्तिको निर्माण नभई यो देशले नयाँ गती लिन सक्दैन विकास र समृद्धिको बाटो समात्न सक्दैन। त्यसैले विभिन्न ठाँउमा छरिएर रहेका आम देशभक्त क्रान्तिकारी तथा राष्ट्रबादी शक्तिहरु एक ठाँउमा उभिएर एकताबद्ध भई बैकल्पिक शक्ति निर्माणमा बिलम्ब नगरौं। यसैमा यो देश र हामी सबैको भलो छ।

    ✍️ आश कुमार राई, काठमाण्डौ।

    प्रतिकृया दिनुहोस्

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal