News Portal

  • सत्ताको मोह र विचार विहिन नेतृत्व !

    ✍️ प्रदीप सुनुवार
    ११२८ पटक
    २०७७ बैशाख २४, बुधवार

    काठमाण्डौ – राजनीति भन्नाले मुख्यत समाजमा रहेको हरेक सामाजिक संबन्धहरुद्वारा जोडिएको गतिविधि जसको केन्द्र राज्यसत्ता माथि अधिकार गर्नु नै हो। सत्ता केन्द्र भएको हुँदा यसमा पुग्नु नै राजनीतिक दलहरुको मुख्य लक्ष्य हुने गर्दछ।

    सत्ता वास्तवमा सामजिक संगठनको एउटा मुख्य कार्य प्राधिकारी शक्ति, जस्ले समाजमा रहेको मानिसहरुलाई शासित गर्ने, सम्झाउने कार्यबाट वा बल प्रयोगबाट उनीहरुलाई एउटा इच्छाको अधिनस्थ बनाउने वास्तविक संभावना राखेको हुन्छ। 

    हरेक राजनीतिक दल विचारबाट जन्मेको र सत्ता प्राप्त गर्ने मोहका कारण वैचारिक र सैद्धान्तिक पक्षबाट विमुख भएको पाइन्छ। जब कुनै पार्टी विचार र सिद्धान्तबाट विलीन बन्न पुग्छ भने उसले आफ्नो औचित्य समाप्त गर्दैछ।

    दलहरूमा सत्ताको बुझाइ मात्र शक्ति प्राप्त गर्ने र यसको भरपुर प्रयोग गरेर राज्यको दोहन गर्ने अर्थमा बुझिएको जस्तो देखिन्छ। यसो नहुदो हो त आज सम्म राज्यसत्ताको सहि प्रयोग भएको देखिदैन। विगतमा राजनीति भनेको वैचारिक बहसका विषयमा रूपमा लिने र प्रयोग गरेको पाइन्थ्यो।

    वर्तमान परिवेशमा वैचारिक, सैद्धान्तिक रूपमा राजनीति हो भनेपनी व्यबहारमा देखिन मुस्किल छ। जनताहरुलाई राजनीतिले समाधानको बाटो तिर भन्दा पनि बढी समस्याको बाटो तर्फ धकेलेको छ।

    यसलाई वर्तमान नेपालीको राजनीति परिवेशले स्पष्ट पारेको छ। एकीकृत माओवादी र एमाले भन्ने दुई कम्युनिस्ट दलको गठबन्धन हुँदै नेकपा बन्न सफल भयो। दुई तिहाइ बहुमत प्राप्त गर्दै, बालुवाटार र सिंहदरबार कब्जा जमाउदै दुई वर्षको पेरिफेरी भरी उसको भुकाइ सुन्दा-सुन्दा वाक भएको जनता।

    नेपालको दुर्भाग्य भन्नू वा समय नै शक्तिशाली भएको हो। केही मुख्य घटनालाई चित्रण गर्दै, २००७ प्रजातन्त्रको स्थापना पछी जनताको जीवनमा परिवर्तन आउला अब साच्चै मुलुकले नयाँ मोड लिन्छ भन्ने आशा मात्रै भयो। देशको राजनीति सोचेको जस्तो भएन राजनीति स्थिरता हुन पुग्यो। 

    २०४६ जनआन्दोलनबाट स्थापित बहुदलीय व्यवस्था अब जनताले खुल्ला राजनीतिक अभ्यासबाट राज्यको नीतिनिर्माणको तहमा पुग्ने हुँदा। २०४८ संविधान निर्माण भयो। यसबाट फेरि यो नेपाली समाजले नयाँ फड्को मारेको देखिन्छ । तर पनि फेरि आशा निराशामा परिवर्तन हुनपुग्यो।”

    २०५२ देखि शुरु भएको माओवादी जनयुद्धले दस वर्ष देशलाई अस्तव्यस्त बनायो । माओवादी शान्ति वार्ता आएपछि संविधान सभाको चुनावबाट संविधान निर्माण गर्दै फेरि नेपाल र नेपालीको मुहारमा खुशी छर्ने नयाँ आशाको किरण छायो। तर त्यो किरण पनि २०७२ सालको विनाशकारी भुकम्पले तहसनहस पारिदियो।

    फेरि जनतामा निराशाको थुप्रै भन्दा केही बाकी रहेन। त्यसपछि संविधान जारी भए लगत्तै स्थानीय तह र प्रदेशको, संघको निर्वाचन सम्पन्न हुदै गर्दा नेकपाले प्राप्त दुई तिहाइ मतले अब सरकार बलियो बन्यो र त्यसमा गरिब सर्वहारा वर्गको हित गर्ने पार्टी सरकारमा आउँदा जनताहरु उत्साहित थिए। यो आशा पनि आशमा नै सिमित भएको छ। 

    एकातिर सरकार जनताको समस्या भन्दा आफ्नो सरकारको कुर्सीमा कुनलाई हेरफेर गर्ने धुनमा अति व्यस्तता देखाएको थियो। दुई वर्षमा यो सरकारको राज्य संचालनको गतिविधिले के पुष्टि गरेको छ भने यो सरकारले आम जनताको हितमा कुनैपनि कार्य गर्न असक्षम छ। यो राज्य यति लाचार बनेको छ। यहाँ कानुन छ ठुला अपराधीलाई कार्वाही गर्न मिल्दैन। 

    अख्तियारले ठुलो भ्रष्टाचारीलाई कार्वाही गर्न नमिल्ने, प्रहरीले ठुलो अपराधीहरुलाई पक्राउ गर्न नहुने यता मुद्दा दर्ता भएपनि सर्वोच्च अदालतले फैसला गर्न नमिल्ने कस्तो देश हो। कुर्सीको खिचातानी कति हेर्नू के भन्नू जो भन्न पनि लायक नभएपछि। चुनावमा जो व्यक्ति पराजित हुन्छ उसलाई प्रधानमन्त्री बनाउनु पर्ने कस्तो नीति हो।

    यसो हो भने त निर्वाचनको मतलब के हो ? एउटा पार्टीमा दुई अध्यक्ष, दुई तिहाइ मतले पागल भएको त हैन ? आज विश्व कोरोनाले त्रसित भयभीत पारेको छ। सबै जनता आफ्नो पेशा व्यवसाय गुमाएर बस्नु परेको स्थिति छ। वर्तमानको समस्या संगै लडनु त छदैछ।

    यसपछि को मानव जीवनले कस्तो माेड लिने हो र यसको सामना कसरी गर्ने हो भन्ने सरकार शीत कुनै योजना छैन न त कुनै विकल्प छ। जब राजनीतिक दल विचार सिद्धान्तबाट विलीन हुनुको परिणाम हो यो। जब ऊ संग सिद्धान्त नै छैन ऊ संग कुनै विचार छैन भने त्यो पार्टीले यो भन्दा कति पो गर्ला। 

    संगठन त पार्टीको शरीर हो यसलाई बचाउने आत्मा भनेको विचार र सिद्धान्त हो। जुन पार्टीले सिद्धान्त र विचारलाई बिर्सनछ त्यो पार्टी मात्र स्तम्भको रुपमा रहन्छ। एउटा भनाइ छ ईटाको चाङमा घर हुदैन कागजको थुप्रोमा ज्ञान हुदैन। 

    यस्तै यस्तै भएको छ,

    “यहाँ दुई तिहाइमा पक्कै पनि ज्ञानको कमि भएको छ, नैतिकता कमि छ, इमान्दारिताको कमि छ। यता फेरि सत्तामा पटक-पटक प्रधानमन्त्री भएको व्यक्ति कहिले नथाक्ने गरि बारम्बार फेरि प्रधानमन्त्री बन्ने कोसिस गरिरहन्छ।”

    यसो प्रयास देख्दा थोमस एल्वा एडिसनको भन्दा कमि देखिदैन। यस्तो प्रयास जनताको सेवामा गरेको भए कति सान्दर्भिक हुनेथियो होला।

    ✍️ प्रदीप सुनुवार, काठमाण्डौ, नेपाल 

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    गौर हत्याकाण्डको मुद्दामा कारण देखाउन सर्वोच्चको आदेश

    काठमाडौं। सर्वोच्च अदालतले गौर हत्याकाण्ड विरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद...

    मोरङको रतुवामाई नगरपालिकामा स्थानीय कृषकहरुले ताला लगाए

    बैशाख-१२, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा विभिन्न ...

    आज बैशाख-१२ गतेको बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १२ गते बुधबार इश्वी सन् २०२४ अप्रिल २४...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal