News Portal

  • काँग्रेसी हुँ तर, राजा सहितको प्रजातन्त्रमा बिश्वास गर्छु !

    कर्ण बहादुर अधिकारी
    ३२९३ पटक
    २०७७ बैशाख १९, शुक्रवार

    समय गतिशील अनी परिबर्तित पनि समयको चालसंगसंगै मानिसका भावनाका छालहरू पनि ब्यक्तिगत स्वतन्त्रतका लागि तरङ्गीत भएर छचल्कि रहदा नेपालमा १ सय ४ बर्षको जहानीया राणा शाशकहरूको अन्त्ये गरी प्रजातन्त्र यहि नेपाली जनताका छोरा छोरीले नै ल्याएका थिए।

    प्रजातन्त्र ल्याएसंगै नेपाली जनताले पनि केहि स्वतन्त्रता पाएको हो की भन्ने आभाष हुन नपाउदै २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्र माथि “कू”गरी पञ्चायती ब्यबस्था लागु गरे। यसलाई पनि नेपाली जनताले सहर्स स्वीकार्न गर्न बाध्य भए।

    ३० बर्षीय पञ्चायती ब्यबस्थाबाट पनि जनता वाक्क दिक्क भएर हकहित र स्वतन्त्रताका लागि भन्दै २०४६ सालमा जन-आन्दोलन सुरूवात गरे र आन्दोलन सफल बनाई बहुदलीय ब्यबस्था ल्याउन सफल भए। बहुदल आएपश्चात जनता बढी स्वतन्त्र हुँदै गए।

    वाक स्वतन्त्रता, आर्थिक स्वतन्त्रता र धार्मिक स्वतन्त्रताको नाममा सबै नेपाली जनतालाई समान बनाउने र सर्बहारा जनताको हितका लागि भन्दै माओबादी जनयुद्धका नायकद्वय प्रचण्ड र बाबुरामले १० बर्षे माओबादी जनयुद्धको सुरूवात गरीदिए।

    जसको परीणाम १७ हजार नेपाली जनताले ज्यान गुमाउनुका साथै कयौं बेपत्ता, कयौं घाईते र कयौं घरबारबिहिन बन्न पुगे। जनताले आफ्नै देशमा पनि शर्णार्थी जीवन ब्यतित गर्नुपर्यो। हिजो मात्र रोल्पाको त्रिवेणी गाउँपालिकामा गोठालो गएका ४ जना बालबालिकाको माओबादीले जंगलमा फालेको बम बिष्फोट भई मृत्यू भएको छ।

    दश बर्षे जनयुद्ध अन्त्य गर्ने भन्दै माओबादी शान्ति बार्तामा आयो त्यतिबेला राजतन्त्रको लोकप्रियता केहि घटेको थियो कारण २०५९ सालमा राजा ज्ञानेन्द्रको “कू”। माओबादी शान्ति बार्तामा आउदा राजतन्त्र फाल्ने कुनै एजेण्डा थिएन तर पनि गिरीजाबाबुले २०५९ मा राजा ज्ञानेन्द्रको “कू” सम्झेर माओबादी लगायतका ७ राजनिति पार्टीहरूसंग सहकार्य गरी २०६२/०६३ सालको लोकतान्त्रिक आन्दोलनमा राजा फाल्ने भन्दै १९ दिने आन्दोलनमा होमिए।

    जसको परीणाम २ सय ३७ बर्षीय राजतन्त्रको अन्त्ये हुँदै लोकतन्त्र स्थापना भयो। राजा ज्ञानेन्द्रले सत्ता सजिलै राजनितिक दलहरूलाई हस्तान्तरण गरी दरवार छोडीदिए।

    जब लोकतन्त्र स्थापना भयो ततपश्चात नेपालमा राष्ट्रपतिय प्रणाली लागु भयो। रातारात देशै उथलपुथल होला भन्ने सोच भएकाहरूले ब्यबस्था फेरीए पनि ब्यबहार नफेरीएको पाएपछि जनताको छोराछोरीबाटै शासन गर्न पाईयो भन्दै १० हात माथि उफ्रिनेहरू जब राष्ट्रपति राजा भन्दा पनि माथि भए त्यसपछि पुर्पुरोमा हात लगाएर राजतन्त्र नै ठीक छ भन्ने पक्षमा पुगे।

    राजाबिनाको देशको शाशकीय प्रणालीमा बिस्तारै बैदेशिक हस्तक्षेप चरम रूपमा भएको हामीले पायौ। “मेओ बिनाको दाँई” भने झै बिदेशी दलालहरूले नेपालमाथि परेड खेलिरहदा अभिभाबक बिनाको टुहुरो बच्चा झै अनुभुति हुँदै गयो नेपाली जनतालाई त्यो अझै पनि कायम नै छ।

    नेपालमा राजतन्त्रको अन्त्ये त्यसै गरेका रहेन्छन यी राजनिति दलका झण्डाको आडमा रमाउनेहरूले, कारण राजा हुँदा देश लुट्न नपाएकाहरूले नै राजा हटाएर देश लुट्न पाईन्छ भनेर कदम चालेका रहेछ।

    राजाले २ सय ३७ बर्षमा नलुटेको देश नेताहरूले आज १४/१५ बर्षमै लुटेर सखाप पारिदिए। नेपाली जनताको आर्थिक हैसियत मजबुद हुँदै जानुपर्नेमा महङ्गी, भ्रष्ट्राचार बढ्नुले गरिवी बढ्दो छ। देश लुट्ने लुटेराहरूलाई जनताको कुनै चिन्ता छैन।

    बिदेशिएका ६० लाख नेपाली युवाहरूको रेमिट्यान्सले धानेको देश बर्तमान अबस्थामा कोभिड-१९ कोरना भाईरसका कारण रेमिट्यान्स नभित्रिएपश्चात देशको आर्थिक दर दिनानुदिन उधो गतितिर लागि रहेको छ।

    सरकारले आफ्ना मातहातका ब्यक्तिहरूलाई मात्र टेन्डर पार्ने हुनाले आज १० को माल १ सय पर्ने अबस्था छ। कमिसन खोरहरूले देशको आर्थिक ढुकुटी रित्याउदैछन्। कसरी हुन्छ आफ्नो पेट भर्ने भन्ने धुनमा ब्यस्त छन्। आज नेपाली जनता भने खाना खान नपाएर छटपटि रहेका छन्।

    म नेपाली काँग्रेसको कृयाशिल सदस्य भएता पनि आज मैले संघीय गणतान्त्रिक नेपालको बिरोध गरी राजतन्त्रको पक्षमा वकलात गरिरहदा कयौं साथी भाईहरूले अनौठो मानिरहेका छन। यसमा अनौठो मान्नुपर्ने कुनै कुरा देख्दिन म। देशमा लोकतन्त्र पनि आयो, गणतन्त्र पनि आयो, ७ प्रदेश पनि भयो। शक्ति बिकेन्द्रिकरण पनि भयो, ७७ जिल्ला पनि बन्यो तर परीवर्तन के भयो त ?

    एउटा राजाको साटोमा यहाँ सयौं छोटे महाराजाहरू जन्मिए। शक्तिबिकेन्द्रिकरण र सिंहदरवार गाँउगाँउमा पुराउने भन्दै देशको अर्थतन्त्र नै तहस नहस बनाए।देशको कानुन नेता र भ्रष्ट्रचारी हातमा पुग्यो। नेता/मन्त्रीका झोला बोक्नेहरू सबै महाराज बने।

    जनतालाई झुट्ठो आश्वासन दिएर रेल र पानी जहाज कुदाउछु भन्नेहरूले जनताको भावनालाई घाममा सुकाई दिए। अब तपाई नै भन्नुहोस नेपाली जनतालाई अहिलेको ब्यबस्था ठीक छ त ? त्यसकारण यसका बिरूद्धमा उभिएर राजतन्त्रको पक्षमा उभिएको हुँ। भलै कति काँग्रेसीहरूलाई मेरो बिचार मन नपर्न सक्ला तर यो मेरो ब्यक्तिगत बिचार हो।

    काँग्रेसको इतिहासलाई अवलोकन नै गर्ने हो भने काँग्रेस राजतन्त्रसहितको प्रजातन्त्रकै पक्षमा थियो तर गिरीजाबाबुले घास खानाले काँग्रेस राजासहितको प्रजातन्त्रको धारबाट बिचल्लित भई कम्युनिष्टहरूसंग काध मिलाउनाले बिपीको नितिलाई बिर्सिन पुग्यो।

    आज काँग्रेसभित्र बिपीबाद मरिसकेको छ तर काँग्रेसभित्र मरेपनि बिपीको निति र सिद्धान्तलाई अबलम्बन गर्ने म जस्ता लाखौ काँग्रेसीको मनभित्र बिपीबाद अझै ताजा छ। अब हामीले बिपीको आदर्श र नितिलाई बिचल्लित हुन दिनुहुन्न।

    बिपी २०३३ साल पौष १६ गते राष्ट्रिय मेलमिलापको निति लिएर नै स्वदेश फर्किएका थिए। बिपीले हामीलाई छाडेको ३७ वर्ष र भारत निर्वासनबाट फर्केको ४४ वर्ष भईसकेपनि राष्ट्रिय मेलमिलापको नीतिको औचित्य झन् बढ्दै गएको छ। बिपीको सिद्धान्तको कुरा गर्ने हो भने धार्मिक स्वतन्त्रता पनि हो तर नेपालमा धर्मको नाममा बिदेशी चलखेल बढी भएका कारण सनातन हिन्दुराष्ट्र नेपाल आजको आबश्कता हो।

    हिन्दु धर्मले कसैलाई भेदभाव गर्दैन। तसर्थ आज देशमा राजासहितको प्रजातन्त्रको आबस्यकता भईसकेको छ। बेलायत र थाईल्याण्डमा राजतन्त्र फर्किन सम्भब भयो भने नेपालमा नफर्किने भन्ने कुरै हुँदैन। अब एक मात्र बिकल्प “राजा आउ देश बचाउ” भन्ने मात्र हो। जय देश।

    (अधिकारी नेपाली जनसम्पर्क समिति मकाउका संस्थापक सचिव हुन्।)

    प्रतिकृया दिनुहोस्

    देउवा–नेपाल भेटले सत्ता समीकरणमा तरंग

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटघाटले सत्ता...

    आज बैशाख-६ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ६ गते बिहीबार इश्वी सन् २०२४ अप्रिल १८...

    गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै पुत्ला दहन

    काठमाडौँ। नेपाल विद्यार्थी संघ आरआर क्याम्पस इकाईले सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै...

    मोरङको रंगेली स्थित काली मन्दिरमा महानवमीमा निशान यात्रा चढाईयो

    बैशाख-५, बुधबार/मोरङ – मोरङको रंगेली नगरपालिका-७ स्थित मुख्य बजारमा रहेको ऐतिहासिक, पौराणीक तथा धार्मिक स्थलको...

    विप्लवको पार्टीले २०८४ मा चुनाव लड्ने

    काठमाडौं। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले २०८४ सालको आम निर्वाचनमा भाग लिने...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal