News Portal

  • राजनितिलाई कसरी बुझ्ने ?

    सिपि धादिङे
    ७९९ पटक
    २०७७ बैशाख १९, शुक्रवार

    देश बिकास गर्ने, देशलाई शक्तिशाली बनाउने, देशको मुहार फेर्ने देखि आम जनताको जीवनस्तरमा आमूल परिवर्तन गरि सुखी जनता समृद्ध देश बनाउने मुख्य हतियार नै देशको राजनिती हो। राजनितिलाई विभिन्न देश तथा हाम्रै देशका कयौंको गद्दारिपनले मात्र फोहोरी, घिन लाग्दो खेलको परिभाषा थमाएको हो। हिजो राजनीति अर्थात, राजामहाराजाले आफ्ना भाइभारादारहरुलाइ आफ्नो बसमा राख्न अबलम्बन गरिने नीति नै राजनिति यानकी राजाहरुले गर्ने नीति भन्ने मेरो ठम्याइ हो।

    पछि बहुदल, लोकतन्त्र, गणतन्त्र आएपछी राजनितिलाई फरक तरिकाबाट परिभाषित गरिएको हो भन्ने बुझाइ कति सहि हो या, गलत त्यो तपाइहरु नै जान्नु होला या अहिलेका राजनैतिक दलहरुले जानुन। परिभाषा जहाँ जस्तो लाग्ला कतिले अवसरको खेल, फोहोरी खेल, घिनलाग्दो खेल भने पनि म ठोकुवाको साथ भन्छु देशको बिकास हुन राजनितिबाट भन्दा अरु बिकल्प छैन।

    तर राजनितिसँगै देश बिकास हुन असल राजनितिज्ञ हुन भने जरुर देखिन्छ ! हाम्रो देशमा राजनिति यति हुन्छ तर राजनितिलाई चाहिने असल राजनितिज्ञ कहिल्यै भएनन। जुन जोगि आएपनि कानै चिरेको भने झै जोसुकै राजनितिज्ञ सत्ता र सरकारमा पुगेपनि उहि नाताबाद, कृपाबाद, भ्रस्टाचार भन्दा फरक पटक्कै हुँदै भएन। हिजो विभिन्न कालखन्डमा सम्झनालायक केही राजनितिज्ञहरु देशले पायो त्यही राजनितिज्ञहरुले गरेको सत्कर्मलाई आज हतियार बनाएर अहिलेका राजनितिज्ञहरुले राजनितिलई लैनो भैंसी बनाएर मज्जाले खाइरहेको अवस्था हो।

    आजका राजनितिज्ञको नाममा ध्रुतहरुले हिजोका सुवर्णसमशेर, बिपि, गणेशमान, पुस्पलाल, मदन र मनमोहन जस्ता असल राजनितिज्ञ हरुबाट सिकेर भन्दा पनि उनिहरुको नाम बेचेर आफ्नो दुनो सोझ्याउनु सिवाय अरु केहि गरेनन भन्दा मलाइ अत्युक्ती होला जस्तो पटक्कै लाग्दैन र सत्य पनि यहि हो। म यहाँ केही पात्रहरुको व्याख्या गर्दैछु:

    खड्क प्रसाद ओलि !

    बर्तमान नेपालका प्रधानमन्त्री नेकपा पार्टिको अध्यक्ष जो हिजो पन्चायतमा पन्च थिए। शाही कालमा शाही। बहुदल आएसी उनी नै बहुदलबादी भए। लोकतन्त्र प्राप्ती पश्चात् लोकतन्त्रबादी र गणतन्त्र पछिको गणतन्त्रबादी नि उनै हुन। हिजो लोकतन्त्रको लागि सडक संघर्ष हुँदै गर्दा बयलगाडा चढेर अमेरिका पुगिदैन भनेर कटु टिप्पणी गर्ने उनि नै हुन। अनि यिनीबाट गणतन्त्रमा प्रहार नभएर अरु के नै हुन्छ र ? सबै कालखन्ड झेल्ने उनी नै हुन। न ओलि फेरिएका हुन न ओलिको दिमाग नै फेरिएको छ। फेरिएको छ त मात्र उनिको लागी तन्त्र फेरियो।

    हुन त उनका कार्यकताले उनिले जे भनेनी परररर ताली पिटेकै छन। उनिलाई राजनेताको पगरी भिराएकै छन। धेरै जसो उनिका समर्थकले ओलि भएर नै गत चुनाबमा नेकपाले बहुमत पाएको हो ओलिलाई देखेर जनताले भोट हालेका हुन भनेर कर्नाल फुकेको कति देखियो तर मलाइ कत्ती पनि लाग्दैन। न त्यो सपनाको उटपट्याङ कुरा सुनेर जनताले बहुमत दिएका हुन, न त किड्नी फेल ओलिको दया लागेर या नाकाबन्दिमा क्षणिक बोलेको देखेर नै दिएका हुन। जहाँजहाँ तत्कालिन एमालेले जित हासिल गर्‍यो त्यहाँ उसको भोट त्यसभन्दा अघिको चुनाबमा जति आएको थियो त्यो भन्दा बढी तत्कालिन एमालेले ५ भोट बढाउन सकेको अवस्था छैन। जति भोट बृद्दी भयो त्यो सबै तत्कालिन ए.नेकपा माओवादीको कार्यकर्ताको भोट हो। त्यसैले उनीबाट हिजो पनि पार्टी बचेको होइन र बर्तमान अवस्थामा आफ्नै पार्टी बचाउन सक्ने खुबी छैन भने यो देश बनाउने/बचाउने भन्ने कल्पना गर्नु हामी आफैको मुर्खता हो।

    छबिलाल दाहाल “प्रचण्ड” !

    बर्तमान नेकपा पार्टिका दोश्रो अध्यक्ष छाबिलालसँग देश बन्छ भनेर आश गर्नु मरेको लास आर्यघाटबाट ब्यूतिएर फर्किन्छ भन्नू जस्तै हो। किनकि यदि यिनी देशप्रेमी, बिकासप्रेमी भइदिएको भए १० वर्ष कतिथ सशस्त्र नरसंहारकारी युद्द गरेर उल्टो देशलाइ २० वर्ष पछाडी धकेल्ने पटक्कै थिएनन।

    यिनिलाई सिधा भाषामा भन्दा नेपालको छेपारे नेता भन्दिदा बहुतै चित्त बुझ्छ। किनकी यी आफ्नो स्वर अनुसार बोली र ब्यबहार फेर्न कत्तिपनी नहिचकिचाउने मान्छे हुन।हिजो पहिलो चुनाबमा ठूलो पार्टी भएर नि सत्ताको स्वाद चाख्न नजानेर फुक्लिन पर्दाको पीडा मज्जासँग बुझेका छबिलाल आज उनिहरुकै भाषामा भन्ने हो भने १७ हजारको बलिदानी गरेर आएको पार्टिलाइ आफ्नो स्वार्थको निमित्त ईतिहास बनाएर तत्कालिन एमालेमा ह्वात्तै फाल्न सक्ने मान्छे हुन।

    यिनिलाई बिकाससँग कत्ती चिन्ता छैन मात्र आफ्नो फाइदा र सत्ताको स्वाद लिनु छ। यिनिले आफ्नो पार्टिलाई त ईतिहास बनाए भने यिनी घोप्टा जुङ्गा भएका ब्यक्ती हुन, यिनी जुन पार्टिमा जान्छन रहन्छन त्यो पार्टिको हालत उहि तत्कालिन ए.नेकपा माओबादिको जस्तै हुनेछ र अहिले त्यो देखिदैछ त्यसैले छबिलालबाट पनि देश बिकासको आश गर्नु गोरु ब्याउछ र बेगुती खाउला भनेझै मात्र हो।

    शेर बहादुर देउवा !

    बर्तमान नेपाली कांग्रेसका सभापति हिजो खड्ग ओली जस्तै पन्च, राणा, बहुदलबादी, लोकतन्त्रबादी हुँदै गणतन्त्रबादी हुन पुगेका देउवा जसलाइ गिरिजाबाबुले मर्नेबेलामा भनेका थिए रे, शेरबहादुरको हातमा पार्टिको नेतृत्व पुग्यो भने, पार्टी सकिन्छ भनेर आज ठ्याक्कै त्यही हुन पुगेको छ। हिजो संसदलाई राजाको पाउमा बुझाउने र टिके प्रधानमन्त्री खाने शेरबहादुर देउवा सत्ताको निम्ति मिलेसम्म पत्नी आरजुलाई ५ पाण्डबहरुले पत्नी जुवाको दाउमा राखे झै दाउमा राख्न पछि पर्दैनन। देउवाले एउटा पार्टिलाई त भनेजसरी चलाउन सकेको छैनन र बिकास गर्न सकेका छैनन भने देशको बिकाश होला भन्नू पानीमा सलाइ कोरेर आगो बल्छ भने जस्तै हो। यिनिबाट न पार्टिको बिकास सम्भव छ न त देशको।

    त्यसोभए के बिकास हुदैन त ? बिकास असम्भब नै होत ? होइन पटक्कै होइन बिकास सम्भव छ यहि राजनिति, यहि तन्त्र र यहि कांग्रेस पार्टी वा, नेकपा पार्टीबाट सम्भव छ। प्रश्न आउला कसरी ?

    बिकास कसरी सम्भव छ !

    यहि कांग्रेस/नेकपा पार्टी भित्र रहेर विभिन्न तन्त्रमा आफुलाइ बदलेर आजसम्म गणतन्त्रबादी बनेका र परिक्षण भइसकेका जो ६० वर्ष कटेका सम्पुर्णलाई पाखा लगाइ त्यही पार्टिमा रहेका जुझारु, तेजस्वी दिमाग भएका तथा बाहिर रहेका रबि लामिछाने, ज्ञानेन्द्र शाहीलगायत अन्य युवाले पार्टी र देशको नेतृत्व दिन्छन सहमतिमा लिने दिदैनन हत्याएर लिने गर्ने तवरले अगाडि बड्नु आवश्यक हुन्छ। पार्टिमा कयौं देशको लागि आवस्यक जुझारु भिजन भएका युवापङ्क्ती छन।यस्ता युवाको हातमा राजनीति पार्टि तथा देशको नेतृत्व पुगेपछी राजनितिको मुहान सफा हुनेछ र मुहान सफा भएपछी दायाँबायाँ स्वत: सफा हुनेछ। त्यसपछी यी पन्चेकालदेखि गणतन्त्रसम्म आउदा सत्ताको छत्रछायामा बसि थारो किर्नाले रगत चुसे झै देशलाई चुस्ने पृथ्वीका भारहरुको सम्पती आफ्नो पार्टिको या, अर्को पार्टिको नभनी १/१ छानबिन गरि कानुनी दायरामा ल्याउनुपर्छ जस्ले देशको ढुकुटी बलियो हुनेछ। यसको लागि पार्टी तथा देशको नेतृत्व लिने युवाले देशको ब्युरोक्र्यासिलाइ भने सहि ठाउँमा राख्दै सहि तरिकाबाट परिचालन गर्न आवश्यक हुन्छ।

    अब हामिले चाहेका युवालाई पार्टी र देशको नेतृत्वमा कसरी पउर्‍याउने त ? सकिन्छ पुर्‍याउन देशको राजनितिले धेरै युवामा राजनितिक बितृष्णा पैदा भएको छ। करिब ७० देखि ८० लाख युवा बाहिर छन। बाहिर भएका युवाले मत हाल्ने ब्यावस्था गरिनु जरुर हुन्छ। जो हामी देश तथा देश बाहिर रहेका युवाले भिजन र दिग्गज युवालाई आफ्नो मत चुनाबमा होस या, पार्टिको आन्तरिक चुनाबमा दिएर पार्टी तथा देशको नेतृत्वसम्म पुर्‍याउने तथा रबि, ज्ञानेन्द्र शाहीलगायत दिग्गज, भिजन, बिचार, भएका अन्य युवालाई मनोनयनको माध्यमबाट देशको नेतृत्वसम्म पुर्‍याउन सकियो भने देशको बिकास १०/१५ वर्षमा हाम्रै पालामा र यहि कांग्रेस तथा नेकपाबाट सम्भब छ तर त्यस्को लागि तपाईं, म जस्तै युवाले आफ्नै पार्टिबाट संघर्ष सुरु गर्नु र देश तथा बिदेशमा रहेका सम्पुर्ण युवावर्ग जागरुक हुनु जरुरी हुन आउँछ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-८ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ८ गते शनिबार इश्वी सन् २०२४ अप्रिल २०...

    मोरङको रतुवामाईले खाद्यान्न, मल र बिउबिजन खाल्डो खनेर पुऱ्यो

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका- ७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा...

    मोरङको रंगेलीमा ऋषिदेव समुदायले दाईजोको रुपमा छोरी-ज्वाईलाई सिटीसफारी उपहार

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रंगेली नगरपालिका-९ स्थित वनकोलमा बसोबास गर्दै आईरहेका पवन ऋषिदेवले आफ्नो छोरीको...

    धरानको कार्कीछाप जंगलबाट गाँजासहित तीन जना युवाहरु पक्राउ

    बैशाख-७,धरान – धरान उपमहानगरपालिका धरानको कार्कीछाप जंगलबाट १ सय ८५ किलोग्राम गाँजासहित तीन जना युवाहरु...

    आज बैशाख-७ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ७ गते शुक्रबार इश्वी सन् २०२४ अप्रिल १९...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal