News Portal

  • स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई खुला-पत्र

    ✍️अशोक राई
    ४०९ पटक
    ८ बैशाख २०७७

    माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल ज्यु!एक महिना बित्न नपाउदै फेरि दोस्रो खुला पत्र मैले तपाईंको लागि लेख्दैछु। नलेखुम, मौन बसुम, समाचार र संचार माध्यममा पढेको र हेरेको कुरा, नपढे र नदेखे जस्तै गरी चुप बसम भने। तर पक्टकै सकिन। फेरि यसरी बस्न मेरो मन मान्दै मानेन। मेरो मस्तिष्कले मलाई बारम्बार यहि भनिरहयो भनिरहयो भनिरहयो… मैले बोल्नै पर्छ, मैले लेख्नै पर्छ। अन्तत मैले त्यही गरे, लेखे तपाईको लागि पत्र।

    मन्त्री ज्यु, 

    विश्वमा फैलिएको महामारी कोभिड-१९ अर्थात कोरोना भाईरसको त्रास नेपाली जनतामा देखिएको कुरा घाम झै छलङ्ग नै छ। महामारीलाई नियन्त्रण गर्न र यसलाई फैलिन नदिनको लागि सबै जनताहरु क्वारेन्टाइनमा बसेका छन। कोरोना भाईरसबाट बच्नको लागि रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइन पत्रिका तथा दुरसचारहरुले जनचेतना दिईराखेका छन। अनावश्यक बाहिर निस्कन नदिनको सुरक्षाकर्मी दिनदिन रात खटिराखेका छन। रोगसंगको संक्रमणको युद्धमा चिकित्सकहरु मैदानमा उत्रिएका छन तर पनि नियन्त्रण अझै हुन सकेको छैन।

    मन्त्री ज्यु,

    “डाक्टरको काम बिरामी हेरेर औषधिको प्रेस्किप्सन लेख्ने मात्र होइन, रोग नै नलागोस भनेर जनतालाई सचेत गराउनु उसको भुमिका हो, दायित्व हो र उसको कर्तव्य हो ।

    त्यो भन्दा ठुलो मानवीय धर्म पनि हो। तर आज, त्यही डाक्टरले रोग नै नलागोस भनेर जनतालाई सचेत गराउदै मानवीय धर्म निर्वाह गर्ने डाक्टरलाई कारबाही हुनु पर्ने यो कस्तो कानुन हो ? मन्त्री ज्यु ? बिना अपराध कुनै ब्यक्तिको रोजगारी हक खोस्न कुन संबिधानले दिएको छ ? कानुन भन्दा ब्यक्ति सर्बश्रेष्ठ भनेर कुन संबिधानको कुन धारामा लेखिएको छ ? 

    मन्त्री ज्यु,

    कारबाही हुनै पर्छ, जसले रोगको अफवाह फैलाएको छ, भ्रम सिर्जना गरेको छ। कोरोना भाईरस आफैमा निर्जीव बस्तु हो। तातोपानीले हात धुन्दा वोसिलो पर्दाथ पग्लने र भाईरस खतम हुने हुन्छ। मुख पछि आखाबाट चाडो सर्ने भएकोले मास्क भन्दा माथी चस्मा अनिवार्य लगानु पर्छ भन्न सिकाउने सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलिका सल्लाहकारहरुलाई ? सम्मानीय प्रधानमन्त्री ज्युलाई ? डा.अनुप सुबेदी भन्नु हुन्छ; “भाईरस आफैमा प्राणी हो, जुन बाहिरी वातावरणमा धेरै बाच्न सक्दैन र नया भाईरस पैदा गर्न पनि सक्दैन। किन कि यो भाईरस परजीवी हो। ” नाक, मुख र आखा कहाँबाट चाडो भाईरसहरु सर्छ त्यो अध्ययन अनुसन्धानले पुष्टि गरिसकेको छैन डा. सुबेदी भन्छ्न।

    मन्त्री ज्यु,

    भन्नुहोस् सम्मानीय प्रधानमन्त्री जस्तो पदमा बसेको सम्मानित ब्यक्तिले पुष्टि नभएका बिषयलाई कोरोना रोकथामको टिप्स भन्दै भिडियो कन्फरेसमा बोल्नु कत्तिको सान्दर्भिकता होला ? प्रधानमन्त्री ज्युले पुष्टि नभएको कुराहरु बोल्दा उहाँलाई पनि कार्बाही हुन्छ ? कि डा. अनुप सुबेदीलाई ? अहिलेको सरकार डा. डम्बर चेम्जोङले भने जस्तै आफै अनुहार ऎनामा हेर्दा हामी मुखले माक्सबादी हौं, चित्त र चिन्तनले सामन्तबादी हौं र जीबनशैली पुजीबादी हौं, भनेर प्रमाणित गरेको छ। 

    मन्त्री ज्यु,

    “आज ३ करोड नेपाली जनताले बुझ्न चाहेका छ्न के कारणले डा. शेरबहादुर पुनलाई कारबाही गरिएको हो ? पीपीई, किट जस्ता औषधि उपकरणको भष्टाचार काण्डमा मुछिएका मन्त्री आफैमा अयोग्य र असक्षम मन्त्री हुन भन्ने थाहा नै थियो ।

    फेरि अर्को काम गराईको हर्कतले प्रमाणित गरिसकेको छ,  माननीय ढकाल एउटा असक्षम, अयोग्य मन्त्री हुन भनेर। 

    याद रहोस मन्त्री ज्यु, महामारीको समयमा डा. पुनलाई कार्बाही गर्नु भनेको चिकित्सकहरुको मनोबल गिराउनु हो। कर्मचारीहरुको सेवामाथि भएको आक्रमण गर्नु हो। संक्रमण रोगको बिज्ञ वा अभिभावक गुमाउनु हो। देशलाई खाडल तिर निम्ताउनु हो। बिदेशमा पिएडी गरेका डा. पुनले आफै स्वदेशको लागि केहि गर्छु भनेर बिगत १८ बर्षदेखि लामो समय सम्म करारमा काम गर्न सोचको महान ब्यक्ति हुन। डा. पुन डाक्टर मात्र होइनन् उनी संक्रमण रोगको विज्ञ पनि हुन। जति खेर नेपालमा महामारीको रुपमा फैलिएको रोगहरु स्वाइनफ्लु, कालाजार, झाडा पखला, जापानिज इन्सेफ्लाईटिस, जन्डिस, मलेरिना डेगु जस्ता विरुद्ध सामना गर्दै ३ करोड नेपालीको ज्यान बचाउने डा. पनि हुन।

    – लेखक राई, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य हुनुहुन्छ। समाजशास्त्र, स्नातकोत्तर किर्तिपुर, प्राईभेट राजनीति शात्र स्नातकोत्तर र एलएलबी नेपाल ल क्याम्पस काठमाण्डौ, नेपाल।

    प्रतिकृया दिनुहोस्

    मौसम पूर्वानुमानः आय यी प्रदेशहरुमा चट्याङ सहित बर्षाको सम्भावना

    चैत्र-१५, बिहिबार/काठमाडौं – नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

    आज चैत्र-१५ बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४५ विस २०८० चैत्र १५ गते बिहिबार इश्वी सन् २०२४ मार्च २८ तारीख...

    रवि लामिछानेको टिप्पणी गर्दा स्पष्टीकरण सोधिएपछि रमेश खरेलले त्यागे रास्वपा

    काठमाडौँ। नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको...

    संसदीय समितिमा पनि काँग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

    काठमाडौं। नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सहकारी प्रकरणलाई निष्पक्ष रुपमा छानविन गर्न गृहमन्त्री रवि लामिछानेले...

    मौसम पूर्वानुमान: यी प्रदेशहरुमा बर्षा र हिमपातको सम्भावना

    चैत्र-१४, बुधबार/काठमाडौं – नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal