News Portal

  • अटेरी नगरौं, आफन्तको शव हेरेर रुन पनि पाइन्न : संचारकर्मी चन्द

    सुर्य चन्द
    ३७० पटक

    विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को रोकथामका लागि नेपाल सरकारले जारी गरेको आदेश नेपाली जनताको पक्षमा सह्रानीय कदम हो। कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकारले मंगलवारबाट देशभर लकडाउन गर्ने निर्णय गरेको थियो।

    विश्व कोरोनाभाइरस (कोभिड-१९) को महामारीको चपेटामा छ। कोरोना कहरबाट जोगिन विश्वका कतिपय देशले सिमाना बन्द गरेका छन् भने कतिले अन्तर्राष्ट्रिय उडान बन्द गरेका छन्। कतिपय देशले त संकटकालको समेत घोषणा गरेका छन्।

    विश्वका शक्ति राष्ट्रहरु पनि कोरोना भाइरसको महामारीसँग जुध्न संघर्षरत छन्। हाम्रो जस्तो गरिब मुलुकमा कोरोना भाइरस फैलन थाल्यो भने चैत वैसाखको डढेलो भन्दा पनि छिटो फैलने भएकाले बरु थोरै दुःख परे पनि घरमै बस्नु उचित देखिन्छ। हामीसंग कोरोनासंग लड्ने कुनै पनि पर्याप्त श्रोत साधन छैन।

    हामीले अहिले सचेतना अपनाउनु पर्छ, यदि हामीले अटेरी गर्दा भोलि बिरामी हुँदा कोही भेट्न आउन पाउदैनन, दुखद निधन भयो भने आफन्तको शव हेरेर रुन पनि पाइन्न, अवस्था त्यस्तो भयावह हुन सक्छ तसर्थ हामी सम्पूर्ण जनता मिलेर लकडाउनलाइ पूर्ण समर्थन गरौ अनाबश्यक रुपमा घर बाहिर ननिस्कौ।

    दैनिक मजदुरी गरेर पेट पाल्ने गरिब तथा श्रमजीबी जनताहरुको लागि यथासक्य सरकारले राहतको प्याकेज ल्याएर खाद्यान्नको ब्यबस्था गर्नु पर्ने देखिन्छ नत्र हामी नेपाली जनता कोरोना भाइरस संगै भोकमरीको चपेटामा पर्ने पनि निश्चय छ।

    तसर्थ म सरकारसंग के आग्रह गर्न चाहन्छु भने जति सक्दो चाँडो ज्यालादारी गर्ने न्यून आय आर्जन भएर जीविकोपार्जन गर्नेहरुको लागि राहत प्याकेज ल्याइयोस। हामीले समयमानै सचेतना तथा साबधानी अपनाउन सकेनौ भने भोलिको भबिष्य अन्धकारमय हुनेछ।

    आपत्कालीन अवस्थामा आमनागरिकको जीउज्यान रक्षाको लागि ‘लकडाउन’ घोषणा गरिन्छ। ‘लकडाउन’ को सीधा अर्थ बन्द, तालाबन्दी वा ठप्प हो। जुन गाउँ, सहर, क्षेत्र, संस्था वा देशमा लकडाउन गरिएको हुन्छ, त्यो भूभाग ठप्प वा बन्द गरिएको हुन्छ।

    त्यस्तो अवस्थामा अनावश्यक रुपमा कसैलाई घरबाट बाहिर निस्किने अनुमति हुँदैन। नागरिकलाई औषधि र खाद्यान्न आपूर्तिका लागि मात्रै घरबाट बाहिर जान दिइन्छ। महामारी कोरोना भाइरसलाई रोक्ने सन्दर्भमा ‘लकडाउन’ भनेको आमनागरिक आफ्नो घरमै बस्नु हो। यो एक किसिमको सार्वजनिक विदाको अवस्था हो।

    ‘लकडाउन’ सम्बन्धित सरकार, सार्वजनिक निकाय वा प्रशासनले घोषणा गर्ने गर्दछ। तसर्थ सरकारले पनि जनताको पिडालाइ ध्यानमा राखेर अत्यावश्यक खाध्यान्न, औषधि उपचारलाइ सहजीकरण गर्नु पर्ने देखिन्छ। जनताले पनि लकडाउनको आदेशलाइ पूर्ण रुपमा पालना गरेर आफु, आफ्नो परिवार, समाज र सिंगो मुलुकलाइ कोरोना भाइरसको संक्रमणबाट बचाउनु आबश्यक छ।

    अहिले हाम्रो मुलुक अतिनै जोखिममा परेको हुँदा सम्पूर्ण हामी नेपाली जनताहरु एकजुट भएर कोरोनाको संक्रमण बिरुद्द जागरुक हुन जरुरत छ। घर भित्रनै बसौं, पारीवार भित्र सदभाब, माया र साथको आभाष गराउँ, कोरोना संक्रमण बिरुद्धको लडाईमा जित हासिल गरौं।

    प्रतिकृया दिनुहोस्

    रंगेलीका आगलागि पिडितलाई मिनिल्याण्ड बोर्डिङ स्कुलद्वारा आर्थिक सहयोग

    चैत्र-१५,बिहीबार/मोरङ – मोरङको रंगेली-३ स्थित वावुसाहेव टोलमा गत चैत्र-३ गते भएको भीषण आगलागि पिडित परिवारलाई...

    मौसम पूर्वानुमानः आय यी प्रदेशहरुमा चट्याङ सहित बर्षाको सम्भावना

    चैत्र-१५, बिहिबार/काठमाडौं – नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

    आज चैत्र-१५ बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४५ विस २०८० चैत्र १५ गते बिहिबार इश्वी सन् २०२४ मार्च २८ तारीख...

    रवि लामिछानेको टिप्पणी गर्दा स्पष्टीकरण सोधिएपछि रमेश खरेलले त्यागे रास्वपा

    काठमाडौँ। नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको...

    संसदीय समितिमा पनि काँग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

    काठमाडौं। नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सहकारी प्रकरणलाई निष्पक्ष रुपमा छानविन गर्न गृहमन्त्री रवि लामिछानेले...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal