News Portal

  • कांग्रेसले सम्झियो वीपी र भरत शमशेरको टसल

    हिमाली संचार संवाददाता
    ४८९ पटक

    रघुनाथ बजगाँई/काठमाडौं – पार्टीका पूर्वकेन्द्रीय सदस्य भरतशमशेर राणाको तेह्रौं पूण्यतिथिमा बुधबार कांग्रेसले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । सभामा नेताहरुले तत्कालीन राजनीतिक परिस्थिति, भरतशमशेरको योगदान र वीपी कोइरालासँग उनको सम्बन्धबारे चर्चा गरेका थिए ।

    कांग्रेस सभापति शेरबहादुर देउवाले भरत शमशेरलाई इतिहासले क्रान्तिकारी नेताका रुपमा सम्झिरहने बताए । धर्म नमान्ने, जात नमान्ने र मर्ने बेलामा पनि आफ्नो किरिया नगर्नु भन्ने, आफ्नो मृत शरीर अस्पताललाई दिनू भन्ने राणाजस्ता क्रान्तिकारी नेता भेट्टाउन मुश्किल पर्ने धारणा राखे ।

    नेता रामचन्द्र पौडेलले भरत शमशेरलाई कुनै कथाको नायकजस्तो भनी टिप्पणी गरे । ‘उहाँ घोडा लिएर मेची महाकाली संगठन विस्तारका लागि जानुहुन्थ्यो । तर विपक्षीले ढुङ्गा हानेर रोक्न खोज्थे’, पौडेलले भने, ‘तर उहाँले आफूलाई हानिएका ढुङ्गा समातेर विपक्षीलाई नै प्रहार गरी अगाडि बढ्नुहुन्थ्यो ।’

    भरत शमशेर र विपीको टसल

    पौडेलले भरत शमशेर र विपीका बीचमा कुनै टसल नरहेको जिकिर गरे । तत्कालीन गोरखा परिषद र कांग्रेस मिल्नु्अघि र मिलेपछि भरत शमशेर र विपीलाई जोडेर अनेकथरी चर्चा भए पनि विद्रोही नेता राणा र सबैलाई मिलाएर प्रजातन्त्र सुनिश्चितता गर्नुपर्छ भन्ने विपीका बीचमा सौहार्दपूर्ण सम्बध रहेको बताए ।

    सोही कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाले तत्कालीन अवस्थामा भरत शमशेरको लडाईं कांग्रेससँगै रहेको बताए । ‘भरत शमशेरको सवैभन्दा ठूलो लडाईं कांग्रेससँगै थियो’, राणाले भने ‘त्यो भनेको तत्कालीन व्यवस्थासँग भन्दा बढी पार्टी नेतृत्वको पार्टी सञ्चालनको कार्यशैलीसँग हो ।’

    ‘भरत शमशेरले विपीलाई मार्न खोजेका थिएनन्’

    भरत शमशेरका कान्छा भाइ सागर शमशेरले भने दाजुका बारेमा केही अफवाह फैलाइएको बताए । ‘भरत शमशेरले वीपीलाई मार्न षडयन्त्र गरेको भन्ने आरोप लाग्यो’ उनले भने, ‘तर भरत शमशेरको त्यसमा कुनै हात थिएन । वीपीले लेखेको किताबले नै पुष्टि गरेको छ ।’

    ‘सर्वगुण सम्पन्न प्रतिपक्षी नेता’

    कांग्रेस नेतासमेत रहेका सागर शमशेरले भरत शमशेर प्रमुख प्रतिपक्षी दलको नेता भएका बेला पहिलोपटक उदाहरणीय संसदीय अभ्यास भएको जिकिर गरे । ‘२०१५ सालमा निर्वाचन भएपछि चलेको १८ महिने संसदीय अभ्यास भारतमा जवाहरलाल नेहरुले गरेको संसदीय अभ्यास भन्दा कुनै दृष्टिले कम थिएन’, उनले भने, ‘उहाँमा प्रतिपक्षी नेतामा हुनुपर्ने सबै गुण थियो । १८ महिनाको अवधिमा जम्मा एकपटक २ घण्टामात्रै संसदको काम कारबाही रोकिएको थियो ।’

    कांग्रेसका अर्का नेता हिमालय शमशेर जबराले भरत शमशेरलाई तिक्ष्ण वुद्धि भएको नेताको रुपमा चित्रण गरे । कांग्रेससँग पार्टी एकीकरण भएपछि नेतृत्वको कार्यशैलीप्रति असन्तुष्ट राणाले कांग्रेस एउटा भीडजस्तो मात्रै लागेको भन्दै भरतशमशेरले सक्रिय राजनीति छाडेको टिप्पणी गरे ।

    भरत शमशेरको गत साउन २५ गते ९० वर्षको उमेरमा निधन भएको थियो ।

    तत्कालीन गोरखा परिषदका संसदीय दलका नेता भरत शमशेर २०१५ सालमा धादिङबाट निर्वाचित भएका थिए । उनी नेपालको पहिलो संसदमा प्रमुख प्रतिपक्षी दलको नेता थिए ।

    २०१७ सालमा राजा महेन्द्रले दलहरुमाथि प्रतिबन्ध लगाई सत्ता हातमा लिएपछि उनले आफ्नो पार्टीलाई कांग्रेसमा एकता गराएका थिए । राणाले २०३६ सालको जनमत संग्रह र २०४६ मा भएको प्रजातन्त्रको पुनर्बहाली र निर्वाचनमा निर्वाह गरेको भूमिकालाई बु्धबार नेताहरुले सम्झिएका थिए ।

    प्रतिकृया दिनुहोस्

    मोरङको आदर्श मावी रंगेलीले विद्यार्थी भर्ना अभियान संचालन गऱ्यो

    बैशाख-६,बुधबार/मोरङ – मरोङको रंगेली नगरपालिका-७ अवस्थित श्री आदर्श माध्यमिक बिधालयले बैशाख ६ र ७ गते...

    देउवा–नेपाल भेटले सत्ता समीकरणमा तरंग

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटघाटले सत्ता...

    आज बैशाख-६ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ६ गते बिहीबार इश्वी सन् २०२४ अप्रिल १८...

    गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै पुत्ला दहन

    काठमाडौँ। नेपाल विद्यार्थी संघ आरआर क्याम्पस इकाईले सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै...

    मोरङको रंगेली स्थित काली मन्दिरमा महानवमीमा निशान यात्रा चढाईयो

    बैशाख-५, बुधबार/मोरङ – मोरङको रंगेली नगरपालिका-७ स्थित मुख्य बजारमा रहेको ऐतिहासिक, पौराणीक तथा धार्मिक स्थलको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal