News Portal

  • कोरोना भाइरस: थप सतर्कत अपनाउन गैरआवासीय नेपाली संघ मकाउको अनुरोध

    हिमाली संचार संवाददाता
    ७४८ पटक

    मकाउ ०२, २०२० फेब्रुअरी : चीनको हुवान हुवेइ प्रान्तबाट महामारीको रुपमा देखापरेको कोरोना भाइरसको प्रकोपले चीन मात्रै होइन आज विश्व नै आक्रान्त भइरहेको छ । बिहीबार मात्र विश्व स्वास्थ्य संगठनले ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ घोषणा गरेको छ।

    चीनको हुवानबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न २० भन्दा बढी देशमा लक्षण देखा परेको विभिन्न सञ्चार मध्यमहरुले जनाई रहेको छ। शुक्रबार बिहानसम्म चीनमा कोरोना भाइरसका कारण २१३ जनाको मृत्यु भएको छ भने झन्डै १० हजार संक्रमित भएका छन्।

    गैरआवासीय नेपाली संघ मकाउले एक विज्ञप्ति निकाल्दै मकाउमा कार्यरत नेपाली समुदायहरुलाई कोरोना भाइरसबाट सकेसम्म स्वास्थ्यमा थप सतर्कता अपनाउन विशेष अपील गर्दै स्वास्थ्य अधिकारीहरुले बताए अनुसारको स्वास्थ्य सुरक्षा अबलम्बन गर्नु हुन अनुरोध गर्दै स्वास्थ्यमा कुनै असहज महसूस भएमा तुरुन्तै स्थानीय सम्बन्धित सरकारी निकायका हॉस्पिटलहरुमा सम्पर्क राख्न साथै स्वास्थ्य परामर्श लिनु हुन गैरआवासीय नेपाली संघ मकाउले अनुरोध समेत गरेको छ। 

    कोरोना भाइरसका कारण चीनमा मृत्यु हुनेको संख्या – २१३ मृत्यु, ९६९२ संक्रमित, थाइल्यान्ड – १४ जना संक्रमित, हङकङ – १२ जना संक्रमित, जापान – ११ जना संक्रमित, सिंगापुर – १० जना संक्रमित, अस्ट्रेलिया-ताइवान – ९/९ जना संक्रमित, मलेसिया-मकाउ- ७/७ जना संक्रमित, अमेरिका, फ्रान्स, दक्षिण कोरिया – ६/६ जना संक्रमित, जर्मनी, यूएई – ४/४ जना संक्रमित, भियतनाम, क्यानडा इटाली – २/२ जना संक्रमित, नेपाल, कम्बोडिया, श्रीलंका, फिनल्यान्ड, फिलिपिन्स र भारतमा – १/१ जना संक्रमित भएको विश्व स्वास्थ्य संगठन साथै अधिकारीहरुले उल्लेख गरेको छ।

    प्रतिकृया दिनुहोस्

    युद्धग्रस्त रूसमा खोलियो श्रम स्वीकृति

    काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रुस (रसिया)मा नेपाली श्रमिक पुनः श्रम स्वीकृति दिएर...

    किन विवादमा पर्यो प्रहरीको एसपी बढुवा सिफारिस ?

    काठमाडौं। नेपाल प्रहरीका ८ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा गरिएको बढुवा सिफारिस विवादमा...

    मोरङको रतुवामाई क्षेत्रमा काम एउटै तर, महिला र पुरुषमा ज्याला फरक

    चैत्र-१६, शुक्रबार/मोरङ – मोरङको रतुवामाई  नगरपालिका स्थित कादुपाडा  आसपासका कृषकहरू यतिखेर चैते धानबाली लगाउन व्यस्त...

    दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

    काठमाडौं। सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको विषयमा छानबिन गर्न समिति गठन...

    मौसम पूर्वानुमानः आज यी प्रदेशहरुमा चट्याङ्गसहित वर्षाको सम्भावना

    चैत्र-१६, शुक्रबार/काठमाडौं – नेपालमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal