News Portal

  • मलेसियामा ‘डिस्क ब्रेक’ भेटिएन, गाउँमा टेम्पोको ब्रेकले जिन्दगीको गति मोडियो

    ६११ पटक

    सन्जिता देवकोटा/काठमाडौं – कपिलवस्तुका कमल परियार विदेश जाँदा फक्रिँदै गरेको कमलको फूल जस्तै हुनुहुन्थ्यो । घरमा छँदा न उहाँले केही काम गर्नुभएको थियो,न त विदेश जान कुनै सीप सिक्नुभएको थियो ।

    भर्खर २२ वर्ष टेक्दै हुनुहुन्थ्यो  । कलिला कमललाई मलेसियामा पुग्दा हिलोमा फूल्ने कमलको फूललाई बालुवामा फ्याँकिदए झैं भयो । तर कमलले हार खानुभएन ।

    कमलको कथा उहाँकै शब्दमा

    दुःख बाजा बजाएर आउँदैन भनेको सुनेको थिएँ । मेरो जीवनमा यो भनाई ठ्याक्कै मिल्यो । बुवाआमाको साथमा खाइखेली हिँडेको मान्छे म । त्यो बेला मलाई दुःख के हो थाहै थिएन । कथा अरुको भन्दा फरक छैन मेरो पनि । तर एउटा दु:खको कथाबाट पाठ सिकेर मैले अर्को सुखद कथाको सुरुवात गरेको छु ।

    सन् २००८ मा बुवाआमाले नै मलाई थैलो टकटक्याएर विदेश पठाउनुभएको हो । मलेसिया पुग्दा बुवाआमाको टकटक्याएको थैलो कमाएर भरौंला भन्ने सपना थियो । म्यानपावरका मान्छेले‘डिस्क ब्रेक’बनाउने कम्पनीमा हो तिम्रो काम भनेको जस्तो लाग्छ । २२ वर्ष त भएको थिएँ । तर परिपक्वता थिएन । त्यसैले होला विदेश जाने भनियो । तर काम र कमाइको बारेमा कुनै जानकारी थिएन ।

    म्यानपावरले भनेजस्तो काम भएन । चार वर्ष बिताएँ मलेसियामा । तर बुवा आमाको टकटक्याएको थैलो भर्न सकिन । काम पनि नराम्रो नराम्रो पर्‍यो । त्यतिबेला गरेको काम मलाई अहिले सम्झन पनि मन लाग्दैन । प्लाष्टिक कम्पनीको काम थियो ।

    कहिले कहाँ,कहिले कहाँ लिएर जाने । न कामको ठेगान, न खानको । प्याकिङको काम गरें,मसिन चलाएँ,सामान गाडीमा राख्ने,निकाल्ने काम पनि गरें । काममा दुःख भए पनि पराइ देशमा कसैले सानो सहयोग गरे पनि कस्तो हुन्थ्यो होला भन्ने लाग्ने । सहयोग भनेको केही दिएर हैन । त्यो बेला त बोलीकै सहयोग पनि निकै महत्वपूर्ण हुँदो रहेछ ।

    तर, मेरो मन हलुका हुन्छ भनेर अर्काले किन राम्रो गरी बोलिदिन्थ्ये र । गाली गर्ने, तेरो भिसा यस्तो उस्तो भन्ने । त्यो बेला त रुनुभन्दा अरु विकल्प थिएन । किनकी धेरैजसो त म उनीहरुले किन गाली गरे भनेर पनि बुझ्दैन थिएँ ।

    महिनाको नौ सय रिंगिटसम्म त आउँथ्यो । तर खै के गर्दा, बच्दैन थियो । चार वर्ष पछि सन् २०१२ मा घर फर्किएँ ।

    एक वर्षजति यत्तिकै बसें । घरमा काम गर्ने जस्तो केही भएन । त्यसपछि म फेरि सन् २०१३ मा मलेसिया नै गएँ । मलेसियाको रहनसहन थाहा थियो । पहिले जस्तो नहोला जस्तो लाग्यो । यो पालि पनि म ठगिएँ । राम्रो काम परेन । लेवरकै काम पर्‍यो । त्यो पनि सप्लाई कम्पनीमा । गर्ने काम र ठाउँको ठेगान नहुने ।

    तीन वर्ष काम गरें । यो पालि चाहिँ मलाई पहिले जस्तो रित्तो हात फर्कन छुट थिएन । पहिले पो कमाउन सकिन भन्दा पनि भयो, तर यो पालि त आफ्नै लागि कमाउनु थियो । एक हजार रिंगिट थियो, बेसिक तलब । तीन वर्ष बस्दा चार पाँच लाख रुपैयाँ कमाएँ र फर्किए ।

    गाउँघरमा विदेशबाट फर्किनेहरुले एउटा बाइक किनेकै थिए । मलाई पनि साथमा पाँच लाख रुपैयाँ हुँदा किनौं किनौं लागेको थियो । तर के गर्नु श्रीमती र छोराछोरीको मुख हेरें, त्यसो गर्न मन लागेन ।

    आफूसँग भएको पैसा लगानी गर्ने उपयुक्त ठाउँ खोजें । गाडी चलाउने सीप थियो । यसो सोचें, टेम्पो किन्छु । अलिअलि बैंकबाट ऋण गरेर टेम्पो निकालें ।

    टेम्पो चलाउन थालेको पाँच महिना जति भयो । विदेशमा ‘डिस्क ब्रेक’ बनाउन गएको थिएँ । बनाउनु त परको कुरा देख्न पनि पाइएन । अहिले टेम्पोको ब्रेकमा हात राखेदेखि मेरो दैनिकी फेरिएको छ । अझ भनौं टेम्पोको स्टेरिङ समातेसँगै मेरो जीवनले गति लिएको छ ।

    अहिले टेम्पो चलाएरै म महिनाको ३० हजार कमाउँछु । यो ३० हजार भन्दा अमूल्य कुरा त परिवारको साथ पाएको छु । उनीहरुको साथमा बसेर कमाएको ३० हजार मेरा लागि विदेशमा लाखौं लाख कमाउनुभन्दा बढी हो ।

    दिनको पाँच सय बैंकको ऋण बुझाउँछु । जति कमाई हुन्छ, त्यसमा घर खर्च कटाएर बैंकमै जम्मा गर्छु । बाइक किनेका भए म एक्लै घुम्थें होला । अहिले कतै जान मन लागेपनि परिवारलाई टेम्पोमा राख्छु र घुमाउँछु । टेम्पोबाट कमाएको पैसा थोरै थोरै बचत गरेर बिस्तारै जीप किन्ने सोचेको छु । अब विदेश जान्न । (उज्यालोअनलाइनबाट)

    प्रतिकृया दिनुहोस्

    बैशाख २९ गतेदेखि धरानमा दोस्रो अल्फा विटा ओपन बास्केटवल प्रतियोगिता हुने

    बैशाख-४, मंगलबार/धरान – धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा धरानमा दोस्रो अल्फा विटा...

    आज बैशाख-४ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ४ गते मंगलबार इश्वी सन् २०२४ अप्रिल १६...

    मोरङको रतुवामाई स्थित कटुन खोलामा अझै पुल बन्न सकेन

    बैशाख-३,सोमबार/मोरङ – मोरङको रतुवामाई नगरपालिकाको वडा नं. ५ र वडा नं. ६ को विचमा पर्ने...

    समाजवादी उपाध्यक्ष पाण्डे भन्छन्- सुदूरपश्चिममा कांग्रेससँग मिलेर सरकार बन्छ, केन्द्रमा जे पनि हुन सक्छ !

    काठमाडौं। नेकपा एकीकृत समाजवादीले सरकार छाड्ने संकेत देखाएको छ। पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सहमति अनुसार...

    राप्रपाको आन्दोलनमा घाइते भएका डाँगीको निधन

    काठमाण्डौ। राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्दोलनमा घाइते भएका ठाकुरप्रकाश डाँगीको निधन भएको छ। राप्रपा बर्दियाको मधुवन...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal