News Portal

  • अस्ट्रेलियामा हेलिकप्टरबाट गोली हानेर ५ हजार ऊँट मारियो

    हिमाली संचार संवाददाता
    ३८२ पटक

    एजेन्सी : दक्षिण अस्ट्रेलियामा ५ हजार ऊँटलाई गोली हानेर मारिएको छ। खडेरी र पानीको समस्यासँग जुधिरहेको उक्त क्षेत्रमा ऊँटले धेरै पानी खाइदिएपछि हेलिकप्टरबाट गोली हानेर मारिएको छ।

    ५ दिन लगाएर सुटरुले हेलिकप्टरबाट गोली हानेर ऊँट मारेका हुन्। खडेरी प्रभावित दक्षिणी अस्ट्रेलिया क्षेत्रका रैथानेहरुलाई ऊँटले पानी खाइदिएर असर गरेपछि गोली हानेर मारिएको अधिकारीहरुले जानकारी दिएका छन्।

    दक्षिण अस्ट्रेलियाका अबोरिजिनल अगुवाहरुले झुन्डमा आएका ऊँटले ग्रामिण इलाकामा धेरै पानी र खानेकुरा खाइदिने, भौतिक संरचना भत्काइदिने जस्ता गतिविधि गरेको बताए।

    ऊँटका झुन्डलाई छुट्टाइएको एपीआई क्षेत्रमा मात्र २ हजार ३ सय परिवार रैथाने समुदायको बसोबास रहेको त्यहाँका जेनेरल म्यानेजर रिचार्ड किङले बताए।

    झुन्डछुट्याउने काम आइतबार सकिएको थियो। मंगलबार एक विज्ञप्ति निकाल्दै रिचार्डले भनेका छन्, पशु अधिकारकर्मीहरुको चिन्तालाई हामीले गम्भीर रुपमा लिएका छौँ तर यहाँका रैथाने जीवहरुको यथार्थबारे धेरै गलत सूचनाहरु आएका छन्।

    हामीले आगन्तुक प्रजातिमा समाधान खोज्नुपर्छ। रिचार्डले ऊँटहरु पानी भएका स्थानहरुमा मर्दा मुहानहरु प्रदूषित भएको बताए।

    पानीका मुहान प्रदूषित हुँदा त्यहाँ आश्रित स्थानीय र रैथाने जीवहरुलाई असर गरेको उनले एएफपीलाई बताएका छन्। लामोसमयसम्म खडेरी हुँदा रैथाने जीवहरुलाई मात्रै नभएर ऊँटहरुसमेत प्रभावित हुँदा जथाभावी मरेका र रोगी ऊँटहरु फेला पर्ने गरेका थिए।

    ऊँटले त्यहाँका रैथाने वनस्पति तथा बिरुवाहरुलाई खाइदिने गर्दा विभिन्न समस्याहरु निम्त्याउने गरेको एपीआईले जनाएको छ।

    त्यहाँका मानिसहरुले यसअघि आउने ऊँटलाई बेच्ने तथा व्यवस्थापन गरेपनि पछिल्लो समय संख्या धेरै हुँदा वातवरणमा असर परेको त्यहाँको वातावरण विभागले जनाएको छ।

    सेप्टेम्बरदेखि अस्ट्रेलियामा फैलिएको डढेलोका कारण खानार पानीको अभाव भएपछि ऊँटहरु त्यसैको खोजीमा मानवबस्तीहरुमाछिर्न थालेका छन्।

    कतिपय खान नपाएर भोकै रहने र जुनसुकै ठाउँमा ऊँटहरु मरेका छन्। पानीमा मुहानहरुमा पानी खाने त्यहीँ मर्न थालेपछि मारिएको हो। ऊँट अस्ट्रेलियाको रैथाने प्रजाति हैन। यो त्यहाँका लागि बाह्य प्रजाति हो।

    सन् १८४० मा अस्ट्रेलियामा पहिलोपटक भारतबाट ऊँट ल्याइएको थियो। अस्ट्रेलियामा पहिलोपटक २० हजार ऊँट अन्यत्रबाट ल्याइएको थियो। अहिले विश्वमा सबैभन्दा बढी ऊँट अस्ट्रेलियामा पाइन्छन्।

    अस्ट्रेलियाका विभिन्न मरुभूमिहरुमा करिब १० लाखको हाराहारीमा ऊँट रहेको अनुमान गरिन्छ।

    प्रतिकृया दिनुहोस्

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    गौर हत्याकाण्डको मुद्दामा कारण देखाउन सर्वोच्चको आदेश

    काठमाडौं। सर्वोच्च अदालतले गौर हत्याकाण्ड विरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal