News Portal

  • न्यूयोर्कमा ट्रकको ठक्करबाट १ नेपाली बालकको मृत्यु, आमा गम्भीर घाइते

    हिमाली संचार संवाददाता
    ३८१ पटक

    न्यूयोर्क ९, २०२० जनवरी : न्यूयोर्कमा ट्रकको ठक्करबाट एक नेपाली बालकको मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छन्।

    न्युयोर्क शहरको फोहोर संकलन गर्ने ट्रकले ठक्कर दिँदा १० वर्षीय बालक श्रीजल पन्थीको मृत्यु भएको र उनकी आमा मिना पन्थी घाइते भएको न्यूयोर्कडेलीन्यूजले जनाएको छ।

    दुर्घटनालगत्तै आमा-छोरालाई एल्महस्र्ट अस्पताल लगिएको थियो। श्रीजलको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।

    ‘ट्रकले श्रीजलको छातीमा र मिनाको खुट्टामा कुल्चिएको थियो, ‘आमा बालक भए ठाउँमा पुग्न खोजिन् तर खुट्टा भाँचिएका कारण सकिनन्।

    मिना छोरा श्रीजललाई स्कुल पुर्‍याउन जाँदै थिइन्। उनीहरुलाई ९७ स्ट्रिट नजिक ५७ एभिन्यूमा मंगलबार बिहान करिब सात बजेतिर ट्रकले ठक्कर दिएको थियो। यो दुर्घटनालाई प्रत्यक्षदर्शीले हृदयविदारक भनेका छन्।

    घटनाका प्रत्यक्षदर्शी प्रकाश तुलाधरले न्यूयोर्कडेलीन्यूजसँग भनेका छन्, ‘उनीहरु बिहान स्कुल जाँदै थिए। म नातिनीसँग बाहिर निस्किएको थिएँ। त्यहीबेला मानिसहरु सडकमा लडिरहेको देखें। यो दृष्य एकदमै डरलाग्दो थियो।

    मृतक बालकका बाबुको नाम पुरुषोत्तम पन्थी भएको खुलेको छ। पन्थी लेफ्राक सिटीको फ्रेन्डस् अफ द पब्लिक लाइब्रेरीका बोर्ड सदस्य हुन्। क्वीन्सस्थित लेफ्राक सिटीमा बस्दै आएका पन्थी परिवारको नेपालको ठेगाना भने खुलेको छैन।

    एनवाई डेली न्यूजले लेखेको छ, ‘अस्पतालको शैयाबाट आमाले छोराको अवस्थाबारे सोधिरहेकी छन् तर, उसको मृत्यु भइसकेको भन्ने आँट कसैसँग छैन।

    गैरआवासीय नेपाली संघ न्यूयोर्क शाखाका अध्यक्ष रामहरी अधिकारीले यो घटनाले नेपाली समुदायमा ठूलो क्षति पुगेको बताएका छन्। ‘हामी ठूलो सपना लिएर अमेरिका आउँछौं तर यस्तो भइदिन्छ,’ उनले भनेका छन्।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    गौर हत्याकाण्डको मुद्दामा कारण देखाउन सर्वोच्चको आदेश

    काठमाडौं। सर्वोच्च अदालतले गौर हत्याकाण्ड विरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद...

    मोरङको रतुवामाई नगरपालिकामा स्थानीय कृषकहरुले ताला लगाए

    बैशाख-१२, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा विभिन्न ...

    आज बैशाख-१२ गतेको बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १२ गते बुधबार इश्वी सन् २०२४ अप्रिल २४...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal