News Portal

  • नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ, यस्तो छ उद्घाटनको भव्य तयारी

    हिमाली संचार संवाददाता
    ५३१ पटक

    काठमाडौं १६, २०७६ पौष : सरकारले राष्ट्रिय महोत्सवकै रुपमा मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० आज (बुधबार) अर्थात सन् २०२० जनवरी १ तारिख (पौष १६ गते) देखि शुरु हुँदैछ। काठमाडौँको दशरथ रङ्गशालामा भव्य समारोहका बीच भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिनेछ। राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्नेछिन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम छ।

    भ्रमण वर्षको भव्य उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको भ्रमण वर्ष सचिवालयले जनाएको छ। भ्रमण वर्षको उद्घाटनस्थल रङ्गशालामा उद्घाटन समारोहलाई विशेष बनाउन सबैखालको तयारी गरिएको सचिवालयले जनाएको छ।

    अपराह्न ४ बजेदेखि शुरु हुने औपचारिक कार्यक्रम पाँच घण्टासम्म चल्नेछ। सहभागी पाहुनाको स्वागत सेलिब्रेटीबाट गरिनेछ। नेपालको संस्कृति झल्कने नाचगानबाट शुरू हुने कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको सहयोगमा राष्ट्रगान बजाइनेछ।

    राष्ट्रगान सकिएलगत्तै बाजासहित रङ्गशालामा भ्रमण वर्ष २०२० को मानव साङ्लो बनाइनेछ। कुटुम्ब ब्याण्डको साङ्गीतिक प्रस्तुतिमा विभिन्न संघसंस्थाले परेड गर्नेछन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले स्वागत मन्तव्य राख्नेछन्।

    भ्रमण वर्षको राष्ट्रिय गीतसमेत सार्वजनिक गरिनेछ। भ्रमण वर्षको ‘यति मस्कट’को सार्वजनिकसँगै विभिन्न सांस्कृतिक कार्यक्रम गरिने भ्रमण वर्षको कार्यक्रम तालिका बनाइएको छ।

    सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाएर उक्त अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। उक्त लक्ष्यलाई सार्थक तुल्याउन सरकारी निजी क्षेत्र एवं आम सर्वसाधारण स्वःस्फूर्त रुपमा लागिपरेका छन् । सन् २०१८ मा १२ लाख हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए।

    भ्रमण वर्षमा विदेशी पाहुना !

    नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा सहभागी हुन विभिन्न मुलुकका विदेशी पाहुना काठमाडौँ आइपुगेका छन्।

    काठमाडौँको दशरथ रङ्गशालामा बुधबार अपराह्न ४ बजे आयोजना हुने भ्रमण वर्षको औपचारिक शुभारम्भ समारोहमा सहभागी हुन छिमेकी मुलुक भारत, चीनसहित विभिन्न देशका पर्यटनमन्त्री तथा विशिष्ट पाहुना काठमाडौँ आइपुगेका हुन्।

    भ्रमण वर्षको उद्घाटनमा सहभागी हुन चीनका सहायक पर्यटनमन्त्री वाङ सियाओफेङ नेपाल आएका छन्। भारतका पर्यटन राज्यमन्त्री प्रल्हादसिंह पट्टेल, म्यानमारका प्राकृतिक स्रोत तथा वातावरण संरक्षणमन्त्री यू ओहन मौग, जमैकाका मन्त्री ओन मउङ पनि काठमाडौँ आइपुगेका छन्।

    भ्रमण वर्ष कार्यक्रममा सहभागी हुन नेपाल आएका चारै देशका पाहुनालाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले स्वागत गरेका छन्।

    भ्रमण वर्षमा सहभागी हुन भूटान, कम्बोडिया, कतारलगायत मुलुकका पर्यटन विभागका महानिर्देशकहरु पनि काठमाडौँ आउनुभएको पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिए।

    भ्रमण वर्षको उद्घाटन कार्यक्रमका लागि दक्षिण एशियाली, मध्यपूर्वी, युरोपलगायत मुलुकका ३४ वटा सञ्चारमाध्यमका प्रतिनिधि आइसकेको उनले बनाए।

    भ्रमण वर्ष २०२० को बुधबार जनवरी १ (पुस १६ गते) भव्यरुपमा उद्घाटनका लागि सम्पूर्ण तयारी सकिएको भ्रमण वर्ष सचिवालयले जनाएको छ। भ्रमण वर्षको राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक शुभारम्भ गर्नेछिन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले विशिष्ट अतिथिको रुपमा मन्तव्य दिने कार्यक्रम रहेको पर्यटन मन्त्रालयले जनाएको छ।

    जिडिपीमा पर्यटनको १० प्रतिशत योगदान : पर्यटनमन्त्री भट्टराई

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले मुलुकको कूल गार्हस्थ्य उत्पादन जिडिपीमा पर्यटन क्षेत्रको कम्तिमा १० प्रतिशत योगदा हुने गरी पर्यटन प्रवद्र्धन र पूर्वाधार विकासको कामसँगै अघि बढाइने बताएका छन्। उनले हालको तीन प्रतिशत योगदानलाई आगामी वर्षमा १० प्रतिशत पु¥याउने सरकारको योजना रहेको सुनाए।

    सरकारले १५ औँ पञ्चवर्षीय योजनामा प्रमुख प्राथमिकतायुक्त क्षेत्रको रुपमा पर्यटनलाई लिएको छ। पाँच वर्षको अवधिमा कम्तीमा पर्यटन क्षेत्रबाट जिडिपीमा १० प्रतिशत योगदान पुग्ने मन्त्री भट्टराईको विश्वास छ।

    नेपाल पर्यटन बोर्डको २१औँ वार्षिकोत्सवको उद्घाटन गर्दै मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई आधार मानेर आगामी सन् २०३० सम्म पर्यटक दशकको रुपमा मनाउने र त्यसले पर्यटनको अर्थतन्त्रमा योगदान बढ्ने विश्वास व्यक्त गरे।

    भ्रमण वर्ष २०२० लाई पर्यटन क्षेत्रको विकासको अभियानको रुपमा लिनुपर्ने बताउँदै यसलाई नेपालमा सबैभन्दा बढी रोजगारी दिने क्षेत्रको रुपमा विकास गर्न सकिने धारणा राखे।

    नेपाल पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले १० वर्षमा अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने गरी पर्यटन क्षेत्रमा काम भइरहेको र पर्यटकको सङ्ख्यामा भन्दा पनि गुणात्मक वृद्धिलाई ध्यान दिइएको बताए।

    बोर्डका सञ्चालक समिति सदस्यद्वय दीपक महत र पम्फा धमलाले बोर्डको संस्थागत सुधारका साथै भ्रमण वर्षलाई सफल बनाउन प्रभावकारी रुपमा समन्वयात्मक प्रवद्र्धनात्मक गतिविधि बढाइने उल्लेख गरे। रासस

    प्रतिकृया दिनुहोस्

    कुवेतमा केही दिन यता सामाजिक संजालमा भाइरल भिडियो काण्ड: जिवन र पदमले मागे माफी

    कुवेत – सामाजिक संजालमा केही दिन यता कुवेतको खैतानमा बङ्गाली प्रेमी र नेपाली प्रेमीकालाई नेपाली...

    आज चैत्र-१६ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४५ विस २०८० चैत्र १६ गते शुक्रबार इश्वी सन् २०२४ मार्च २९ तारीख...

    रंगेलीका आगलागि पिडितलाई मिनिल्याण्ड बोर्डिङ स्कुलद्वारा आर्थिक सहयोग

    चैत्र-१५,बिहीबार/मोरङ – मोरङको रंगेली-३ स्थित वावुसाहेव टोलमा गत चैत्र-३ गते भएको भीषण आगलागि पिडित परिवारलाई...

    मौसम पूर्वानुमानः आय यी प्रदेशहरुमा चट्याङ सहित बर्षाको सम्भावना

    चैत्र-१५, बिहिबार/काठमाडौं – नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

    आज चैत्र-१५ बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४५ विस २०८० चैत्र १५ गते बिहिबार इश्वी सन् २०२४ मार्च २८ तारीख...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal