News Portal

  • मिस रतुवामाई निश्मा श्रेष्ठले जितिन

    हिमाली संचार संवाददाता
    ८३५ पटक

    रबिन्द्र बराल
    मोरङ ०९, २०७६ पौष : माेरङकाे रतुवामाई नगरपालिका १० साेमबारेमा पहिलोपटक मिस रतुवामाई सम्पन्न भएको छ। “समाज परिबर्तनमा महिलाको भुमिका” भन्ने मुलनारा सहित महिलाहरुको राष्ट्रिय सुन्दरी प्रतियोगिता रतुवामाईमा सम्पन्न भएको हो।

    मिस रतुवामाईमा १३ प्रतियोगीहरुकाे सहभागीता रहेको थियोे। महिला शसक्तिकरण, महिला सहभागिताको महत्ब, समाज परिबर्तन, आत्मनिर्भर जस्ता बिषयमा प्रश्न समेत साेधिएकाे थिए।

    १३ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै मिस रतुवामाईकाे उपाधि निश्मा श्रेष्ठले हात पारेकि हुन उनलाई नगद ५० हजार, आइजोन इन्टरनेटको तर्फबाट एक वर्षका लागि निशुल्क इन्टरनेट र पोखरा भ्रमण गर्ने मौका समेत पाएकी छिन्।

    त्यस्तै पहिलो रनर अप रेश्मा श्रेष्ठ भइन। नले नगद ३० हजार प्राप्त गरेकी छिन्। त्यस्तै प्रतियोगितामा दोस्रो रनर अप भएकी रेसु कालिकोटेले २० हजार प्राप्त गरेेेेकि हुन।

    प्रतियोगितामा विभिन्न विधामा पुरस्कार समेत वितरण गरिएको थियो। मिस अनुशासितमा रेसु कालिकोटे, मिस पब्लिक च्वाइस रेश्मा श्रेष्ठ, मिस क्याटवाल्क दुर्गा बस्नेत, मिस ट्यालेन्ट सुनिता थापा, मिस प्रसनालिटी निश्मा श्रेष्ठले यि विधा जितेका हुन।

    विभिन्न स्थानवाट आएका नविन लुइटेल, डा. सन्दिप अधिकारी, नविन श्रेष्ट, सायरा राई, सृजना क्षेत्री र ज्ञानेन्द्र सुनुवारले प्रतियोगिताको मुल्यांकन गरेका थिए।


    सेन्ट्रल फेसन हब उर्लाबारीको व्यवस्थापन र आयोजनामा कार्तिक २३ बाट सुरु भएको प्रतियोगिताको फाइनल, प्रतियोगिताको मुख्य प्रायोजक राष्ट्रनिर्माण सेकेण्डरी बार्डिङ्ग स्कुल रहेको थियो।

    कार्यक्रमका प्रमुख अतिथि रतुवामाई नगरपालिकाका मेयर रबिन राई बिष्ट अतिथि उपमेयर देवन्ता चुडाल, अतिथिहरुमा वडाध्यक्ष समाजसेवी बलवहादुर बस्नेत, राजेन्द्र कटुवाल, निर्मल भट्टराई, दिनेेेश कुुुमार बिष्ट, विद्यालयका प्रिन्सिपल विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतकाेे उपस्थिति रहेको थियो।

    बिजेता उपबिजेताहरुलाई अतिथिहरुले चेक ट्रफि र प्रमाणपत्र हस्तान्तरण गरेका थिए। राष्ट्र निर्माण सेकेण्डरी बोर्डिङ्ग स्कुलको प्राङ्गणमा उक्त कार्यक्रम सम्पन्न भएको थियोे।

    प्रतिकृया दिनुहोस्

    मौसम पूर्वानुमानः आय यी प्रदेशहरुमा चट्याङ सहित बर्षाको सम्भावना

    चैत्र-१५, बिहिबार/काठमाडौं – नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

    आज चैत्र-१५ बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४५ विस २०८० चैत्र १५ गते बिहिबार इश्वी सन् २०२४ मार्च २८ तारीख...

    रवि लामिछानेको टिप्पणी गर्दा स्पष्टीकरण सोधिएपछि रमेश खरेलले त्यागे रास्वपा

    काठमाडौँ। नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको...

    संसदीय समितिमा पनि काँग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

    काठमाडौं। नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सहकारी प्रकरणलाई निष्पक्ष रुपमा छानविन गर्न गृहमन्त्री रवि लामिछानेले...

    मौसम पूर्वानुमान: यी प्रदेशहरुमा बर्षा र हिमपातको सम्भावना

    चैत्र-१४, बुधबार/काठमाडौं – नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal