News Portal

  • मकाउमा उधौली साकेला चाड यसरी मनाईयो [फोटो फिचर]

    हिमाली संचार संवाददाता
    १४४० पटक

    सन्जिब कोयी
    मकाउ १४, २०१९ डिसेम्बर : “भाषा, संस्कार र संस्कृतिको संरक्षण” गरौ भन्ने मुलनाराका साथ किरात राई यायोक्खा मकाउको आयोजनमा आयोजित उधौली साकेला चाड- ५०७९ कार्यक्रम मकाउमा रहेका नेपाली समुदायहरुको सौहार्दपूर्ण उपस्थितिमा किरात राई यायोक्खा मकाउका अध्यक्ष भीम कुमार राई (किरात) अध्यक्षमा उधौली साकेला सम्पन्न भएको छ।

    अपह्रान्ह करिब २ बजे औपचारिक उद्घाटन भएको कार्यक्रम किरात राई यायोक्खा मकाउका महासचिव मंगल राईले स्वागत मन्तब्य साथै आयोजित कार्यक्रममा किरात राई यायोक्खा मकाउले हाम्रो समाजका विभिन्न क्षेत्रमा, विभिन्न सहयोग गर्दै आइरहेको छ।

    द भोइस अफ नेपालको रियालिटी सो, कार्यक्रमका संस्करणबाट बाहिरिएकी भोजपुरकी बहिनी रीता राईलाई सहयोग गर्नु हुने सहयोगीहरुको सम्पूर्ण विवरण पढेर हार्दिक आभार ब्याक्त गर्दै धरानका पत्रकार पर्वतारोही देउराली चाम्लिङको निम्ति पनि सहयोग र सहकार्य गर्न समेत आग्रह गर्नु भएको थियो।

    कार्यक्रम अवधी भरी फोटोग्राफर द्वय प्रकाश बुढाथोकी र केशव राईले कार्यक्रममा सहभागीहरुको फोटो लिन ब्यास्त देखिन्थे भने कार्यक्रमलाई थप आकर्षक गर्नका लागि कार्यक्रममा सहभागी माझ भाग्यशाली चिठ्ठाको समेत राखिएको थियो।

    पितृ, सृष्टि र प्रकृतिलाई सर्वोपरी ठान्ने किरात समुदायले भाषा, संस्कार र संस्कृतिको संरक्षण र सम्बर्धनको लागि विश्व भरी एकै साथ ढोल झ्याम्टा र सिलिपोमा लिएर हामीले टेकेको भूमिको सम्मान स्वरुप आजको दिन विभिन्न पशुपक्षि लगायद यो जगतमा भएको विभिन्न प्राणीहरुको नक्कल गर्दै गोलाकार धेरामा नाचिने नाचलाई नै मुन्धुमी भाषामा शीली भन्ने गरिन्छ।

    यसरी नाचिने नाच पछिल्लो समय नया पुस्ता आकर्षित हुदै गएको छ भने किरात समुदायाले ब्यापक बनाउदै लैजाने प्रयास गरिरहेका छन्। किरात राई यायोक्खा मकाउका भूतपुर्व सचिव गंगा कुमार राईले कार्यक्रम सञ्चालन गरेका थिए भने कार्यक्रम बोडर गेट पोर्तास मकाउमा सम्पन्न भएको हो।

    थप तस्बिरहरु हेर्नुहोस:

    प्रतिकृया दिनुहोस्

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal