News Portal

  • मतमा हारेपनि जनताबाट अभुत माया बटुल्न सफल : नेता सेरचन

    रामबहादुर बस्नेत
    ९१८ पटक

    कुवेत ०५, २०१९ डिसेम्बर : प्रदेश नम्बर ४ बागलुङ निर्वाचन क्षेत्र नम्बर २ (ख)बाट हाल सम्पन्न प्रदेश प्रतिनिधिसभा उपनिर्वाचनमा राष्ट्रिय जनमोर्चा (बामगठबन्धन)बाट बिजय हुनु भएका माननिय खिम बिक्रम शाहीलाई हार्दिक बधाइ तथा नयाँ राजनीतिक जिम्मेवारी र सफल कार्यकालको शुभकामना।

    माननीय शाही अब बामगठबन्धनको मात्र नभइ सम्पुर्ण बागलुङ निशी भुजी र तमानका बहुदलिय जनताका नवनिर्वाचित राजनितिक प्रतिनिधि भएको मैले महसुस गरेको छु। जनताको साझा मुद्दालाई सम्बोधन हुने गरि बिकाशको नयाँ खाका तयार पारी जनतासंग प्रस्तुत भए जनताबाट सधै साथ मिल्ने छ।

    नवनिर्वाचित माननिय खिम बिक्रम शाही

    विभिन्न कालखन्डमा-पन्चायत, निसीखोलाबाट स्व.साहसी नेता जीतबहादुर कुवरको पाला देखि हाम्रो क्षेत्रले प्रतिनिधिसभामा जानको लागी स्थानिय राजनितिक निर्वाचित प्रतिनिधि अहिलेसम्म पाएको थिएन। त्यो घाउ बल्ल अहिले आएर मेटिएको छ।

    तितो पिरो जे गरियो चुनाव अगाडि गरियो। अब सम्पुर्ण बागलुङ निशी भुजी तमानवासि जनताले माननिय शाहीलाई बिकाशको मुल फुटाउन सबैले सहयोग गर्न अपिल गर्दछु।

    मतमा हारेपनि जनताबाट अभुत माया बटुल्न सफल : सेरचन

    लोकप्रिय नेता जीतबहादुर सेरचनले जनताको सेवा र क्षेत्र बिकाशको लागि निरन्तर खटी राख्ने बताएका छन। सफल राजनितिज्ञहरुलाई विभिन्न कालखन्डमा अर्को राजनितिज्ञ शक्तीले हराएको इतिहास सर्ववितितै छ।

    बिश्वराजनीति इतिहासलाई फर्केर हेर्दा अबराहम लिन्कनले पटकपटक चुनाव हारेका थिए। अन्त्यमा बिश्वको सबभन्दा शक्तिशाली देश अमेरिकाको सोह्रौ रास्ट्रपतिमा निर्वाचित भए। सेरचनको राजनीति चित्रलाई हेर्दा यहि कुराको आभाष हुन्छ।

    प्रदेश नम्बर ४ बागलुङ क्षेत्र नम्बर २ (ख) को उपचुनावमा हारेपनि जीतबहादुर सेरचनले जितेका यथार्तहरु यसप्रकारले प्रस्ट्याउन चाहन्छु:

    १ – झन धेरै लोकप्रिय,
    २ – अघिल्लो चुनाव भन्दा यो चुनावमा धेरै भोट पाए र पार्टिलाई झन धेरै बलियो बनाउन सफल भए,
    ३ – कार्यकर्ता र जनताको मन जिते,
    ४ – पार्टी र जनताको मन जिते,
    ५ – राजनितिक करीयरमाअझै मल जल थपे,
    ६ – धेरै भाइहरु मिलेको पार्टीसंग निकै साहससंग एकभइ बहादुरीका साथ एक्लै चुनाव लड्न मैदानमा उत्रिए।

    सेरचन राजनितिक सम्भावानाहरु बोकेका नेता हुन। पार्टीको बरिस्ठ नेता बन्न सक्ने, निरन्तर रुपमा अगाडि बढे जनता र पार्टिको म्यान्डेटबाटै देशको राष्ट्रिय नेता बन्न सक्ने लिडरसीप र क्षमता सेरचनसंग छ। हाम्रो समर्पण र आजिवन जीत सेरचनलाई पलपलमा सम्झिरहन्छौ।

    (बागलुङका लेखक बस्नेत कुवेतमा कार्यरत छन।)

    प्रतिकृया दिनुहोस्

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal