News Portal

  • देशभरका रिट्रनीहरु स्वरोजगार बन्दै, कौशलटारमा अर्गानिक तेल मिल स्थापना

    हिमाली संचार संवाददाता
    ४५९ पटक

    काठमाडौं १७, २०७६ मंसिर : राष्ट्रिय युवा परिषद मार्फत युवा तथा खेलकुद मन्त्रालयको नेतृत्वमा सहुलियत पूर्ण कार्जाका लागि ब्याज अनुदान सम्बन्धि एकीकृत कार्यविधि २०७५ को दोस्रो संसोधन भए लगत्तै विदेशबाट फर्किएका नेपालीहरु उद्यम गर्न जागरुक बनेका छ्न।

    प्रवासबाट फर्किएका नेपालिहरुलाइ एकीकृत गर्दै देशको विकास र समृद्दिमा सारथि बन्ने अठोटका साथ २ बर्ष अघि स्थापना भएको वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरुको सामाजिक संस्था रिट्रनी माइग्रेण्ट नेपालले स्वरोजगार बन्न र रोजगारी सृजना गर्न देशभर कसरत गरिरहेको छ।

    आफ्ना परिवारको खुशीको लागि र भविश्यको सुन्दर सपनालाई साकार पार्ने उदेश्य बोकेर आफ्नो परिवार मात्र होइन मातृभुमी नै छोडेर ७ वर्ष सम्म इजरायलमा श्रम गरेर स्वदेश फर्केकी समाजसेवी ४३ बर्षीया साहसी एकल महिला सपना थापाले काठमाडौको कौशलटारमा अर्गानिक तेल मिल स्थापना गरेकी छ्न।

    आफ्नो गाउँटोलका आमाबुबाहरु सधै बिमारी भएर अस्पताल जाने अनि कमाएको सबै पैसा अस्पतालमा बुझाउनु परेको देख्दा दुखी हुने सपनाले लामो समय बिमारी भएर इजरायलमा दु:ख गरेर कमाएको लाखौं रुपियाँ समेत अस्पतालमा नै बुझाएको सम्झन्छिन।

    यसपछी मान्छे किन बिमारी हुन्छन, भनेर अनुशन्धान थालेको र सबै रोगको जड भनेको हामीले खाने विशेष गरि तेलजन्य र अन्य खाद्य पदार्थ रहेको पता लगाएकि उनले गाउँका आमा-दिदिबहिनिहरुलाइ उत्प्रेरणा जगाउन र जिन्दगीलाई जस्तासुकै समस्या भए पनि हासेर जिउन सकिन्छ भन्ने पुस्टि गर्न भक्तपुरको कौशलटार मा ३ रोपनी जग्गा भाडामा लिएर जिवन विज्ञान सेन्टर खोलेर ध्यान योग सिकाउदै देशभरि नै मिसावट नभएको खाद्यान्न उद्योग खोल्ने उद्घोष गरिन र झन्डै १५ लाख खर्च गरेर सत्यम शिवम सुन्दरम खाद्य उधोग स्थापना गरेकी छ्न।

    उद्योग स्थापनाले सिङ्गो गाउँ नै उत्साहित भएको उनका सहयोगी प्रकाश कोइरालाले बताएका छ्न। ३ रोपनी जग्गा भाडामा लिएर बनाएको ठुलो टहरामा शुद्द तोरीको तेल पेल्ने मिलको आज झन्डै १०० जना भन्दा बढि स्थानीय उपभोक्ता, रिटर्नी माइग्रेंट नेपालका केन्द्रीय महासचिब लक्ष्मी प्रसाद आचार्य, केन्द्रीय सचिबालय सदस्य काजि बहादुर थापा, प्रदेश न.१ का सचिब भरत शिवाकोटी, कृषिबिज्ञ युबलीला क्षेत्री, जिवन विज्ञानका शिक्षकहरुको बृहत उपस्थितिमा उद्घाटन गरिएको छ।

    उद्घाटन समारोहमा बोल्दै रिटर्नी माइग्रेंट नेपालका केन्द्रीय महासचिब लक्ष्मी प्रसाद आचार्यले देशको विकास र समृद्दी उपभोक्ताहरुले दैनिक उपभोग गर्ने मिसावट रहित खाद्यान्नसंग समेत जोडिएको हुँदा सपना जस्ता महिलाहरुलाई राज्यले प्रोत्साहित गर्न जरुरी रहेको बताउदै देशभरका रिटर्नीहरु उद्यमसंग जोडिन शुरु गरेको र तेस्को एउटा नमुना समाजसेवी सपना थापा भएको बताएका थिए।

    आचार्यले सपनाको सपनालाइ साचिकै साकार बनाउन देशभर रहेका रिट्रनीहरुले प्रत्यक्ष सहयोग गर्ने प्रतिबद्दता समेत प्रकट गरेका थिए भने स्थानीय उपभोक्ताहरुले यस्ता मिसावट नभएका उत्पादनहरु खोजि खोजि सेवन गर्ने हो भने हाम्रो व्यपार घाटा स्वात्तै घट्ने समेत उल्लेख गरेका थिए।

    तेस्तै कार्यक्रममा उपस्थिति महानुभाव हरुलाइ धन्यबाद दिदै उद्योगी सपना थापाले ५ बर्ष सम्म प्राकृतिक खाद्यान्नहरु कुनै नाफा नराखी उपलब्ध गराउने प्रतिबद्दता ब्यक्त गर्दै पिठो एवम चामल लगायत तयार गर्ने मेसिनहरु समेत ल्याएर उत्पादनमा जोडने बताएकी थिइन। कार्यक्रममा जिवन विज्ञानका गुरु एवं कृषि विज्ञहरुले आ-आफ्नो धारणा राखेका थिए।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-८ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ८ गते शनिबार इश्वी सन् २०२४ अप्रिल २०...

    मोरङको रतुवामाईले खाद्यान्न, मल र बिउबिजन खाल्डो खनेर पुऱ्यो

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका- ७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा...

    मोरङको रंगेलीमा ऋषिदेव समुदायले दाईजोको रुपमा छोरी-ज्वाईलाई सिटीसफारी उपहार

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रंगेली नगरपालिका-९ स्थित वनकोलमा बसोबास गर्दै आईरहेका पवन ऋषिदेवले आफ्नो छोरीको...

    धरानको कार्कीछाप जंगलबाट गाँजासहित तीन जना युवाहरु पक्राउ

    बैशाख-७,धरान – धरान उपमहानगरपालिका धरानको कार्कीछाप जंगलबाट १ सय ८५ किलोग्राम गाँजासहित तीन जना युवाहरु...

    आज बैशाख-७ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ७ गते शुक्रबार इश्वी सन् २०२४ अप्रिल १९...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal