News Portal

  • गाउँपालिकाकाे अध्यक्ष नै कमिसन धन्दामा

    हिमाली संचार संवाददाता
    ५५५ पटक

    केबि बुढा/कालिकोट १२, २०७६ मंसिर : कालिकोट जिल्लाका ९ वटा स्थानीय तह मध्येकाे एक गाउँपालिका हाे शुभकालिका गाउँपालिका शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाई कमिसन धन्दामा लागेकाे कुरा सार्वजनिक भएको छ ।

    गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए देखि नै गाेप्यमा कमिशन लिने गरेको रहस्य खुलेको हो । गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले अनलाइन प्रणाली मार्फत मिति २०७६ साल भदौ १७ गते सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण अायाेजना अन्तर्गत ७५३ वटै स्थानीय तहमा रहने सेवा इकाईका लागि जारी गरेकाे बिज्ञापन अन्तरर्गत फिल्ड सहायक पदमा जागिर मिलाई दिन्छु भन्दै एक लाख घुस लिएको प्रमाण भेटिएको छ ।

    तत्कालीन नेकपा एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष चौलागाईले स्थानीय भुपेन्द्र तिमिल्सेनाबाट १ लाख रुपैयाँ घुस लिएकाे कुरा सार्वजनिक भएकाे हाे । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले विभिन्न स्थानीय तहमा ठुलो संख्यामा सामाजिक सुरक्षा कर्मचारी माग गरेको थियो । फिल्ड सहायक पदमा नाम निकाल्छु भन्दै रकम उठाएका हुन् । यता गाउँपालिका अध्यक्ष चौलागाईले एक लाख सापटी लिएको बताएका छन् । नाम निकाल्न सकस भएपछि एक लाख फिर्ता दिने मौखिक सहमति भएको छ ।

    एक लाख बरावरको घुस दिनेले व्याज मागेपछि ब्याज नदिएरै रकम फिर्ता गर्ने हेतुमा अध्यक्ष चौलागाई छन् । फिल्ड सहायकका लागि शुभकालीका गाउँपालिकाका २ जना अन्तरर्वाताका लागि छनोटमा परेका थिए । भुपेन्द्र तिमिल्सेना र गोविचन्द्र तिमिल्सेना, अन्तरवार्ताका लागि छनोटमा परेपछि आफ्नो नाम निकाल्नका लागि १ लाख घुस दिएका भुपेन्द्रको नाम सफल नभएपछि अध्यक्ष चौलागाईसँगको फोन रेकर्ड बाहिरीएको थियो ।

    फोन रेकडमा आफुले १ लाख लिएको तर नाम ननिक्लेपछि फिर्ता गर्ने अध्यक्ष चौलागाईले बताएका छन् । यता भुपेन्द्र तिमिल्सेनाले आफुले गाउँपालिका अध्यक्षलाई घुस भनेर एकलाख नदिएको बताएका छन् । तर, उनले फोन रेकडमा भने आफुले नाम निकाल्दिने भन्दै रकम दिएको बताएका हुन् । उनको यी दुईवटै रेकड सुन्ने हो भने एक लाखभन्दा धेरै अन्यबाट आर्थिक चलखेल भएको अनुमान गर्न सकिन्छ ।

    गाउँपालिका अध्यक्षको यो हर्कतले नेकपा शुभकालिकाका स्थानीय नेता आक्रोसित बनेका छन् । सरकारको कानुन तोड्ने चौलागाइलाई पार्टीबाट पनि निलम्वन गरिनुपर्ने चौतर्फी बिराेध तथा आवाज उठेकाे छ । यस्तै अन्य योजनामा पनि कसिन उठाउने गरेको स्रोतले बताएको छ ।

    प्रतिकृया दिनुहोस्

    गौर हत्याकाण्डको मुद्दामा कारण देखाउन सर्वोच्चको आदेश

    काठमाडौं। सर्वोच्च अदालतले गौर हत्याकाण्ड विरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद...

    मोरङको रतुवामाई नगरपालिकामा स्थानीय कृषकहरुले ताला लगाए

    बैशाख-१२, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा विभिन्न ...

    आज बैशाख-१२ गतेको बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १२ गते बुधबार इश्वी सन् २०२४ अप्रिल २४...

    खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशनमा गायक अनिल कोयी राई कुवेत आउँदै

    कुवेत सिटी। गायक तथा संगीतकार अनिल कोयी राईको साथमा खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशन आगामी...

    नेपालले कतारका राजालाई दुई हात्ती उपहार दिने

    काठमाडौं। नेपाल सरकारले कतारलाई जोडी हात्ती उपहार दिने भएको छ। वैशाख ११ र १२ मा...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal