News Portal

  • एउटा यस्तो देश जहाँका नागरिक संसारकै सबैभन्दा खुसि

    संवाददाता
    ४०५ पटक

     

    केट लिवर /बीबीसी ट्राभल

    एक ब्याले डान्सर पार्कको बेन्चमा आफ्नो पर्स राख्छिन् तर घर फर्कने बेला बिर्सिन्छिन् ।

    केही बेरपछि मिन्ना तरवामाकीलाई पर्स पार्कमा नै छोडेको थाहा हुन्छ तर उनी अलिकति पनि चिन्तित हुन्नन् । उनको पर्स पार्ककै बेन्चमा सुरक्षित छ भन्ने कुरामा उनी विश्वस्त छिन् । संसारमा यस्तो कुन देश छ, जहाँ पार्कमा पर्स बिर्सँदा पनि निश्चिन्त हुन सकिन्छ ?

    उत्तरी युरोपमा बसेको फिनल्याण्ड एउटा यस्तो देश हो जहाँ यस्तो कुरामा निश्चिन्त हुन सकिन्छ ।

    सन् २०१८ को वर्ल्ड ह्याप्पिनेस रिपोर्ट अनुसार फिनल्याण्ड संसारको सबैभन्दा खुसी देशको शीर्ष स्थानमा पर्छ  ।

    ह्याप्पिनेस रिसर्च इन्स्टिच्युटका कार्यकारी अधिकारी माइक वाइकिंगका अनुसार फिनल्याण्डका मानिसहरुको स्वभाव अन्तर्मुखी छ । उनीहरु कहिले पनि निकै खुलेर आफ्नो खुसी वा दुःख व्यक्त गर्दैनन् । यहाँका मानिसहरु छुट्टै बस्न रुचाउँछन्, आ–आफ्नो जीवनमा मग्न हुन्छन् । उनीहरु निकै सन्तुलित जीवनयापन गर्छन् । सायद उनीहरुको खुसीको राज यही नै हो ।

    सकारात्मक कुराको प्रवद्र्धन गर्ने कम्पनी पोजिटिवरिट आएले गत वर्ष मात्रै फिनल्याण्डकी ब्याले डान्सर मिन्ना तरवामाकीलाई फिनल्याण्डको सबैभन्दा खुसी व्यक्तिको रुपमा नियुक्त गरेको थियो ।

    उनका अनुसार फिनल्याण्डमा मानिसहरु खुुसी हुनुको सबैभन्दा प्रमुख कारण सुरक्षाको भाव हो । कसैले आफ्नो सामान सार्वजनिक स्थानमा बिर्सिए, उनीहरुले आफ्नो सामान त्यही स्थानमा जस्ताको तस्तै पाउँछन् । कसैले पनि अरुको सामानलाई छुँदा पनि छुँदैनन् ।

    खुसी हुनका लागि के आवश्यक ?

    उनीहरु आफूलाई सबैभन्दा धेरै सुरक्षित महसुस गर्छन् । तर पनि उनीहरु ह्याप्पिनेस सर्वेको रिपोर्टलाई मान्यता दिँदैनन् । उनीहरुका अनुसार यो रिपोर्टले फिनल्याण्डका मानिसहरुको वास्तविक खुसी पेश गर्न सक्दैनन् ।

    यस्तै, क्यानडाकी ब्रिटिश कोलम्बिया युनिभर्सिटीका प्राध्यापक र वर्ल्ड ह्याप्पिनेस रिपोर्टका सह–सम्पादक जोन हेलिवेलका अनुसार खुसीको मापन गर्नु भावनात्मक अध्ययन पक्कै होइन । तर यो रिपोर्टमार्फत संसारमा रहनसहनको स्तर मापन गर्न सकिन्छ । यही आधारमा फिनल्याण्ड सबैभन्दा अघि छ ।

    देश होस् त फिनल्याण्ड जस्तो !

    उनका अनुसार जीवन स्तर राम्रो गर्न कुनै देशको जीडिपी र प्रति व्यक्ति आयका साथै स्वास्थ्य र लामो उमेर महत्वपूर्ण हुन्छ । तर यसबाहेक मानिसहरुको आपसी सम्बन्ध, सहयोग, एक अर्काको सहारा बन्नु र आफ्नो निर्णय आफैं लिने स्वतन्त्रता हुनु पनि महत्वपूर्ण हुन्छ ।

    यो सबै उदारता र विश्वासका कारण हुन्छ । र यसैमार्फत जीवनस्तर उत्कृष्ट हुन्छ । फिनल्याण्डका नागरिकमा यस्ता विशेषता सबैभन्दा धेरै पाइन्छन् ।

    फिनल्याण्डको युनिभर्सिटी अफ हेलसिन्कीका मनोवैज्ञानिक पनि खुसी हुनका लागि सबैभन्दा महत्वपूर्ण विश्वास हो भन्ने कुरामा सहमत छन् ।

    मानिसहरु आफूमाथि विश्वास गरियोस् र अरुलाई विश्वास गर्न सकियोस् भन्ने चाहना राख्छन् । यो मानिसहरु बीचको विश्वास नै हो जसका कारण यदि कसैले पैसाले भरिएको पर्स कतै बिर्सन्छन् भने त्यो त्यही स्थानमा जस्ताको तस्तै भेटिन्छ ।

    पर्यटक पनि रमाउँछन्ः

    रोचक कुरा के छ भने फिनल्याण्डमा पर्यटक पनि त्यति नै विश्वासिला हुन्छन् जति फिनल्याण्डका मानिसहरु हुन्छन् ।

    यस वर्ष पहिलो पटक पर्यटकलाई पनि अनुसन्धानमा समावेश गरियो जसमा फिनल्याण्डका मूल निवासीझैं अन्य देशबाट आएका मानिसहरुपनि त्यति नै खुसी थिए ।

    यो देशको पूरा संरचना नै यस्तो छ कि यसले मानिसहरुलाई खुसी दिन्छ ।

    फिनल्याण्डमा सबैको ख्याल राखिन्छः

    फिनल्याण्डको सरकार भावनाबाट चल्छ । यहाँ मानवाधिकारको सम्मान अत्यधिक गरिन्छ । लैङ्गिक समानता होस् वा रोजगार, यहाँ सबैको ख्याल राखिन्छ । यहाँसम्म कि पर्यावरण सम्बन्धि नीति नियम पनि हरेक स–सानो कुराको ख्याल राखेर तयार गरिन्छ ।

    यही कारण यहाँका मानिसहरुको जीवनस्तर अन्य देशको तुलनामा निकै राम्रो छ । त्यसकारण यहाँ चारैतिर खुसी छ ।

    यदि कसैले खुसी हुनुको अर्थ सधैंभरी हाँसिरहने, नाच्ने गाउने र अत्यधिक पैसा खर्च गर्ने बताउँछन् भने उनीहरुका लागि फिनल्याण्डका मानिसहरु खुसी नहुन सक्छन् । यहाँ खुसीको अर्थ ‘क्वालिटी अफ लाइफ’ (जीवनको गुणस्तर) हो ।

    प्राध्यापक वाइकिंगका अनुसार फिनल्याण्डका मानिसह यो सर्वे रिपोर्टमा चकित किन छन् भने उनीहरुलाई सर्वेमार्फत् के कुरा मापन गरिन्छ भन्ने कुरा नै थाहा छैन ।

    फिनल्याण्डका मानिसहरु आफ्नो भावना निकै सजिलै दबाउन सक्छन् । उनीहरु यसलाई सिसू भन्छन् । यसको अर्थ ताकत, वैराग्य र लचिलापन ।

    फिनल्याण्डका मानिसहरु भावना दबाउनुलाई आफ्नो शक्ति ठान्छन् । उनीहरु शान्त जीवन बाँच्न रुचाउने भएकाले यस्तो गर्छन् । दुःखी बनाउने सबै कुरालाई आफूबाट टाढा राख्न उनीहरु राम्रोसँग जान्दछन् ।

    ह्याप्पिनेस सर्वे संसारका विभिन्न देशमा गरिन्छ । जुन देशको स्थिती राम्रो थियो त्यहाँका मानिसहरुलाई धेरै प्रश्न सोधिएको थियो ।

    तर सिरिया, लाइबेरिया र अफगानिस्तानजस्ता देश, जहाँको स्थितीले नै उदासी स्पष्ट भइरहेको थियो, त्यहाँका नागरिकलाई धेरै प्रश्न सोधिएन ।

    यदि फिनल्याण्डका जनताको खुसीको राजको कुरा गर्ने हो भने यो विश्वास र उदारतामा   लुकेको छ ।

    प्रतिकृया दिनुहोस्

    रंगेलीका आगलागि पिडितलाई मिनिल्याण्ड बोर्डिङ स्कुलद्वारा आर्थिक सहयोग

    चैत्र-१५,बिहीबार/मोरङ – मोरङको रंगेली-३ स्थित वावुसाहेव टोलमा गत चैत्र-३ गते भएको भीषण आगलागि पिडित परिवारलाई...

    मौसम पूर्वानुमानः आय यी प्रदेशहरुमा चट्याङ सहित बर्षाको सम्भावना

    चैत्र-१५, बिहिबार/काठमाडौं – नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

    आज चैत्र-१५ बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४५ विस २०८० चैत्र १५ गते बिहिबार इश्वी सन् २०२४ मार्च २८ तारीख...

    रवि लामिछानेको टिप्पणी गर्दा स्पष्टीकरण सोधिएपछि रमेश खरेलले त्यागे रास्वपा

    काठमाडौँ। नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको...

    संसदीय समितिमा पनि काँग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

    काठमाडौं। नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सहकारी प्रकरणलाई निष्पक्ष रुपमा छानविन गर्न गृहमन्त्री रवि लामिछानेले...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal