News Portal

  • महरा काण्डपछि रोशनीका श्रीमानश्रीमती भए अलग

    हिमाली संचार संवाददाता
    ६५८ पटक

    १६ असोज २०७६ काठमाडौं : निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि बलत्कारको आरोप लगाउने संसद सचिवालयमा कार्यरत नर्स रोशनी शाहीको घरबार बिग्रिएको छ। उनका श्रीमान चित्रजंग शाहीले आफूहरु अलग्गिने निर्णय लिएको लिखित सहमतिपत्र फेसबुकमा सार्वजनिक गरेका छन्।

    महराले कोठामै आएर आफूमाथि बलत्कार गरेको दाबी गरेकी रोशनीले भोलिपल्टै बोली फेरेकी थिइन्। उनले प्रहरीमा जाहेरी दिन र स्वास्थ्य परिक्षण गराउन समेत इन्कार गरेकी छन्। घटना हुँदा उपत्यका बाहिर रहेका चित्रजंगले काठमाडौं फर्केपछि श्रीमतीसँग अलग हुने निर्णयमा पुगेका हुन्।

    उनले फेसबुकमा लेखेका छन्, “हामी २८ वर्षसम्म सँगसँगै दिन बितायौं र समयको गति सँगै अलग हुने निर्णयमा पुगेका छौं। धन्यवाद शुभचिन्तकहरुमा।”

    उनले फेसबुकमा राखेको सम्झौता पत्रमा ‘सम्वन्धविच्छेद’ शब्द भने प्रयोग गरिएको छैन। आज (बिहिबार) कै मिति राखेर चित्रजंग र रोशनी दुवैले हस्ताक्षर गरेका पत्रमा लेखिएको छ, “प्रिय जनहरु, थुप्रै उतारचढावका बीच हाम्रा साथसाथ २८ वर्ष बिते। समयको गतिसँगै असन्तुष्टि र असहमति आउँदा रहेछन्। तथापि खुशी साथ अलग अलग बस्ने निर्णय गरेका छौं। कानूनी प्रक्रियाको निरन्तरताका साथ।”

    पत्रमा असन्तुिष्टको कारण नखुलाइए पनि महरा प्रकरणकै कारण उनीहरु यो निर्णय पुगेको अनुमान छ। रोशनीको बयान एकाएक परिवर्तन हुनुको कारण श्रीमान नै भएको कतिपयको आकलन छ। यद्यपि, यसको औपचारिक पुष्टि हुन सकेको छैन। यही घटनापछि सभामुख महराले पनि आफ्नो पदबाट राजीनामा दिइसकेका छन्।

    तर, रोशनीले सुरुवाती वयान परिवर्तन गरेकाले अनुसन्धानबारे अन्योल छ। महरा उक्त दिन ती महिलाको कोठामा गएको तथ्य संकलन गरिसकेको प्रहरीले थप अनुसन्धान अघि बढाएर सत्य–सतहमा ल्याउनुपर्ने मत यतिबेला प्रकट भइरहेका छन्।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    गौर हत्याकाण्डको मुद्दामा कारण देखाउन सर्वोच्चको आदेश

    काठमाडौं। सर्वोच्च अदालतले गौर हत्याकाण्ड विरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद...

    मोरङको रतुवामाई नगरपालिकामा स्थानीय कृषकहरुले ताला लगाए

    बैशाख-१२, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा विभिन्न ...

    आज बैशाख-१२ गतेको बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १२ गते बुधबार इश्वी सन् २०२४ अप्रिल २४...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal