News Portal

  • NRNA पोर्तुगलका उपाध्यक्ष बुढाथोकीबाट पत्रकारलाई ज्यान मार्ने धम्की,पत्रकार महासंघ युरोपद्वारा घोर भत्सर्ना

    हिमाली संचार संवाददाता
    ५६८ पटक

    लिस्बोन – एनआरएनए पोर्तुगलका उपाध्यक्ष कान्छाराम बुढाथोकी (बिनय) ले लिस्बोनमा सक्रिय नेपाली पत्रकार गणेश पाण्डेयलाइ  ज्यान मार्ने धम्की दिएका छन् । गत आइतबार राति अन्दाजी ९:३० बजे तिर बेल्जियमबाट फोन गरि अत्यन्त निम्नस्तरको गाली गलौजयुक्त र छाडा शब्दहरु प्रयोग गरी पत्रकार पाण्डेेेयको जीवन मेटाइदिने धम्की दिएका हुन् ।

    एनआरएनए पोर्तुगलको उपाध्यक्ष जस्तो जिम्मेवार पदमा बसेर पत्रकारलाई यस्तो धम्की र गालीगलौज गर्ने कार्यको नेपाल पत्रकार महासंघ युरोप शाखाले घोर भत्सर्ना गर्दै आपत्ति प्रकट गरेको छ । शाखाका अध्यक्ष केजिन राई र महासचिव योगेन्द्रमिलन छन्त्यालद्वारा संयुक्त रूपमा जारी बिज्ञप्तिमा भनिएको छ “समाचारमा असहमति भए कानुनीरूपमा उपचार खोज्ने विकल्प हुँदाहुँदै ज्यान मार्ने धम्की दिनु आपत्तिजनक र निन्दनीय छ, पत्रकार पान्डेयमाथि भविष्यमा हुनसक्ने कुनैपनि घटनाको जिम्मेवारी निज बुढाथोकीले लिनुपर्ने छ”, “ज्यान मार्ने धम्की जस्तो भत्सर्नानीय कार्य गर्ने बुढाथोकीलाई तत्काल एनआरएनए पोर्तुगलको उपाध्यक्षबाट निलम्बन गर्न” बक्तब्यमा जोडदार माग समेत गरिएको छ ।

    यसैबीच पोर्तुगलका नेपाली पत्रकारहरुको साझा सोसियल क्लब नेपाली जर्नालिस्ट क्लब पोर्तुगलले पत्रकार पाण्डेयलाई दिइएको ज्यान मार्ने धम्कीको घोर भत्सर्ना गर्दै चुनौतीको एकगठ भएर साझा रूपमा सामना गर्ने जनाएको छ ।

    हेर्नूहोस्  पत्रकार महासंघको बक्तब्य:

    कसरी दिए धम्की

    गत अगस्ट १२ तारिख आइतबार राति करिब ९:३० बजेतिर पत्रकार पाण्डेयलाइ फोन गरी अत्यन्त अश्लिल भाषामा गाली गलौज र ज्यान मार्ने धम्की दिए,  प्राप्त ११ मिनेट लामो अडियो कुराकानीमा उनी लिखित मन्तव्य बाचन गरेजस्तो भटभट्भटाएका छन् । जीवन मेटाइदिने, माटोमा मिलाइदिने जस्ता शब्द प्रयोग गर्दै एकोहोरो रूपमा गाली र धम्की दिएका छन् भने पत्रकार पाण्डेय भने हजुर, हजुर भन्दै सौम्य रूपमा प्रस्तुत भएको देखिन्छ ।

    लिस्बोनमा रेमिटेन्स ब्यबसायीको रूपमा चिनिएका बुढाथोकीले नेपालीहरुको पैसा नेपाल पठाउने नाममा ठूलो मात्रामा ठगी गरेको गुनासो र सिकायत पश्चात उनको बारेमा स्थानीय नेपाली अनलाइन पोर्टलहरुमा समाचारहरु प्रकाशित भएका थिए। तिनै समाचारहरुको बिषयलाई लिएर उनले पत्रकार मार्ने धम्की दिएका हुन् ।

    यसबारेमा धम्की दिने निज कान्छाराम बुढाथोकीसंग कुरा गर्दा आफू आक्रोशमा आएर त्यस्ता शब्दहरु बोलेको स्वीकार गरे र  भने, हो मैले  पैसा चलाए,  बाध्यताले गल्ती गरे, अब पाँच जनाको तिर्न बाँकी छ ।

    क-कस्को कति छ तिर्न बाँकी छ बुढाथोकीले :

    १) स्याङ्जाका राजेन्द्र श्रेष्ठको २५०० युरो (५ नोभेम्बर २०१७ देखि)
    २) म्याग्दीका राजु कार्कीको १००० युरो (१६ नोभेम्बर २०१७ देखि)
    ३) चितवनका कृष्ण बरालको ४०० युरो (फेब्रुअरी २०१८ देखि)
    ४) धादिङका दीपकचन्द्र भट्टको १५९५ युरो (२२ फेब्रुअरी २०१८ देखि)

    यस सम्बन्धमा बुझ्न एनआरएनए पोर्तुगलका अध्यक्ष कुबेर कार्कीसंग सम्पर्क गर्दा उनले भने, “उपाध्यक्ष निज बुढाथोकी महिनौंदेखि सम्पर्कमा नरहेका, उनका नीजि कारोबारको बारेमा एनआरएनए पोर्तुगलमा कुनै आधिकारिक जानकारी नआएको तर आम रूपमा समाजमा कुरा उठेपछि हामीले उपाध्यक्षबाट निलम्बन गरेको हो, त्यहाँदेखि उनी सम्पर्कमा छैनन् । पत्रकारलाई मात्र होइन, कसैले कसैलाई धाक धम्की दिनु र गुन्डागर्दी गर्नु गैर कानुनी हो, त्यो कानुनी कार्वाहीको बिषय बन्छ, एनआरएनए पोर्तुगलले पनि आफ्नो समितिको जो कोही होस्, यस्ता कानुन बिपरित काम गर्नेलाई कार्वाही गर्छ ।
    युरोपनेपालीबाट

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१२ गतेको बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १२ गते बुधबार इश्वी सन् २०२४ अप्रिल २४...

    खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशनमा गायक अनिल कोयु राई कुवेत आउँदै

    कुवेत सिटी। गायक तथा संगीतकार अनिल कोयु राईको साथमा खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशन आगामी...

    नेपालले कतारका राजालाई दुई हात्ती उपहार दिने

    काठमाडौं। नेपाल सरकारले कतारलाई जोडी हात्ती उपहार दिने भएको छ। वैशाख ११ र १२ मा...

    आज बैशाख-११ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ११ गते मंगलबार इश्वी सन २०२४ अप्रिल २३...

    एमालेसँग झोक्किए कांग्रेस सभापति देउवा, मदन भण्डारीको हत्यारा खोज्न कसले रोकेको छ ?

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जननेता मदन भण्डारीको हत्यारा पत्ता लगाउनुको साटो नेपाली कांग्रेसलाई...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal