News Portal

  • नारी भएर आफनो कर्म गर्ने सोच राख्ने कि परनिर्भर बनि जीवन चलाउने ?

    तिलक भण्डारी "कमल"
    १८३३ पटक

    बैदेशिक रोजगार हामी नेपालीका लागी बाध्यता हो कि रहर यहि सेरोफेरोमा रहेर तमाम सबै नेपालीले सोच्ने समय आएको छ। हाम्रो उदेश्य लक्ष्य के हो किन र केका लागी हामी बिश्वका धेरै देशमा कार्यरत छौ। एकपटक शितल विवेग बानाउने प्रयत्न गरौं सबैले हामी सबैको उदेश्य भनेको नै आर्थिक रूपमा सम्पन हुनको लागी नै हामी सबैले बैदेशिक रोजगारलाइ छानेको हो। तर हिजोआज यस्तो दृष्य देखिदैन के हामी रोजगारी शिलशिलमा हामी आफनो परिवार र देश धर्म सस्कृति सबै भुलेकै हो त यो आजको गम्भिर बिषय बन्न पुगेको छ ?

    हिजो मात्रै कल्पनाभन्दा बाहिरको दृष्य देख्न सकिन्छ। रोजगारीको नाममा हामी आफनो प्राण दिनलाइ बिदेश हिडेको त पक्कै होइन साच्चै आर्थिक रुपमा दरिलो बन्नको लागी प्रदेश बसेको हो भने हामी किन अन्धो बनेर आफनो भन्दा अन्य मुलका नागरिकसग यस्ता कंलक र सबै नेपालीलाइ आच आउने खालका कार्य गर्न तत्पर देखिने ?

    एकपटक सबैले सोच्नुपर्छ यस्ता बिषयमा हामी लक्ष्य र उदेश्य भन्दा बहिरा गइयो भने पक्का पनि यस्को प्रतिफल राम्रो आउदैन सबैलाइ जानकारी भएको कुरा नै हो। त्यसकारण पैसाको लोभ र लालचमा फसेर यस्ता कार्य गरनु र गराउन प्रेरित गर्ने दुबै अपराधि हुन। लक्ष्य र उदेश्यमा निडर भएर कार्य गर्रो एकदिन सफल पक्का भइन्छ।

    रोजगारीको नाममा कंलक मच्चाउने छुट कसैलाइ पनि छैन। यस्तो बिषयमा सबैलाइ गहिरो हेक्का र स्मरण रहोस यदि साचै सोचेको भए हिजो यसरी अंकालमा जिवनलाइ अन्त्य गर्ने दिन पक्का आउने थिएन। नेपाली नारी भएर आफनो कर्मगरी खाने सोच राख्ने कि पर्रनिर्भर बनि जिवन चलाउने ?

    हाम्रो नारीलाइ बङगाली इन्डिया पाकिस्तानका नगारिक किन प्यारो भयो के नेपाली पुलिङ जाति खडेरी परेकै हो त अलि गहन भएर सोच्नु पर्छ यस्ता कार्यमा यदि आफनो जवानी अन्य मुलका नागरिकसग सुम्पिने हो भने यो कुराको हेक्का होस तिम्रो जवानीमा पोडि खेल्नेमात्र हो त्यसभन्दा अन्य उसग कुनै बिकल्प छैन। त्यसकारण अन्य देशका नागरिकसग बसेर आफनो जवानीको मोलमोलाइ नर्गनु नै सबैको लागी राम्रो होला।

    भाबि आउने बैदेशिक रोजगारीका लागी नेपाली चेलि कसरी आउने आज घरेलु कामदारको लागी नेपाल सरकाले बन्देज गरेको छ तर यहाँ कार्यरत घरेलु कामदार घरमा गएर आफनो परिवार भेटि फर्कने अबश्था छैन यि र यस्तै कारणले गर्दा हामी आफनो रोजिरोटिलाइ बन्देज गर्न प्रबल प्रयत्न गरीरहेका छौ।

    आज धैरै नेपाली अबैधानिक भएर हामी सबै नेपालीको लागी लज्जाको बिषय बनेको छ। एकपटक सबैले बिचार मनन गरौं हामी किन अबैधानिक भएर बस्ने हामीसग क्षमता छ भने आज नभए पनि भोलि पक्का आफनो क्षमता अनुसारको सेवा र सुबिधा पक्का पाइने छ। त्यसकारण हाम्रो पहिलो प्राथमिकता भनेको काम र सिप नै हो यदि हामीसग सिप र दक्षता छ भने ढिलै भएपनि हामी सफल बन्न सकिन्छ।

    जति नै धन सम्पति भएपनि मर्ने समयमा यमराज आएर मलाइ एक करोड घुस दिनु पर्छ भनेर कहिल्य पनि माग राख्दैनन पैसा साधन हो साध्य होइन। पैसाको निम्ति प्राण त्याग गर्ने काम बन्देज गरौं।

    प्रदेशमा अबैधानिक भएर बस्दाका फाइदा र बेफाइदा एकपटक बिचार गर्रो सबैले आज अबैधानिक भएर बस्दा अंकालमा मुत्यु हुने कानुन बिपरित कार्य गर्ने लिभिङ टुगेदर बस्ने बच्चा बोक्ने बोकाउने अन्त्यमा आएर मिडियाको र संस्थाको सहायता माग्ने यस्ता घिडित काम गर्ने गराउने दुबैपक्षको नियति नै खराब हो।

    यदि पैसा साधान होइन साध्य मात्र हो भने हामी यस्ता घृणित कार्य किन गर्ने गराउने त्यसकारण यस्ता कार्यहरू कानुनि रुपमा बर्जित छन। एकपटक नेपाल र नेपाली भएर सोचने काम गर्रो हामी केहि नेपालीले गर्दा सिङगो नेपाली समाजलाइ नै खराब बनाएको छ भने हेक्का राखौ।

    कुशल कर्मठ अनि सभ्य नेपालीको परिचय दिने कार्य गर्रो यो नै आजको आबश्यकता हो भने गहिरो महशुस गरौं सबैले हिमाल भन्दा उच्च र सगरमाथा भन्दा चमकिलो बनेर नेपाल र नेपालीको परिचय बनाउने कोशिस गरौं अबैधानिक बन्ने बनाउने कार्य आजैबाट निषेध गरौ।

    – तिलक भण्डारी “कमल”, हाल: प्रवास।

    प्रतिकृया दिनुहोस्

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal