News Portal

  • तमू समाज कुवेतको आयोजनाको रक्तदान कार्यक्रममा ११२ जनाले रक्तदान गरे

    हिमाली संचार संवाददाता
    ४३६ पटक

    कुबेत, ६ जुलाई : “रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज कुवेतद्वारा शुक्रबार आयोजना गरेको वृहत रक्तदान कार्यक्रम कुवेतको सेन्ट्रल ब्लड बैंक जाब्रियामा सम्पन्न भएको छ। समाजद्वारा आयोजित उक्त पवित्र कार्यमा कुवेतवासी नेपालीहरुको उल्लेख्यनिय सहभागिता रहेको थियो भने ११२ जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।

    कुवेतका लागि नेपाली राजदूत महामहिम दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न औपचारिक कार्यक्रमलाई ब्लड बैंकका प्रतिनिधि डा.जाबर, पब्लिक रिलेशन हेड मोहाम्मद र तमु समाज कुवेतका अध्यक्ष राजु गुरुङद्वारा संयुक्त रुपमा रिबन काटेर समुद्घाटन गरीएको थियोे।

    औपचारिक कार्यक्रममा सभालाई सम्बोधन गर्दै महामहिम राजदूतले तमू समाजले गरेको यस मानविय कार्यको लागि आयोजक र सहभागी हुन आउने सम्पूर्ण नेपालीहरुलाई धन्यवाद दिदै रक्तदान आँफैमा पुण्य काम हो भने यस्ता किसिमको मानबिय कार्यले कुवेत सरकारसँग नेपालीहरुको सम्बन्ध सुमधुर बनाउन सहयोग पुग्ने विश्वास दिलाउनु भयो।

    साथै रक्तदान कार्यक्रमको आयोजना गरी सम्पूर्ण नेपालीहरुलाई पुण्य प्राप्त गर्ने अवसर जुटाएकोमा आयोजक तमू समाज कुवेतप्रती आभार प्रकट भयो ।

    ब्लड बैंकका प्रतिनिधिद्वय डा.जाबर र मोहाम्मदले जीवनमा रक्तदान भन्दा राम्रो कार्य अरु नहुने बदाउदै सम्पूर्ण राक्तदाताहरुलाई खुलेर स्वागत गर्नु भएको थियो।

    समाजका उपाध्यक्ष याम गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै समाजका अध्यक्ष एवं छैटौ रक्तदान कार्यक्रमका संयोजक राजु गुरुङले जीबन र मृत्‍युसँग प्रत्यक्ष सरोकार राख्ने कार्यको तमू समाज कुवेतले आजोजना गर्न गइरहेको र उक्त कार्यमा सहयोग गर्नुहुने नेपाली राजदुताबास, नेपाली सँघसंस्था, बुद्धीजिबी एवं पत्रकार लगायत सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाइ दिदीबहिनीहरुलाइ धन्यवाद ज्ञापन गर्नु भयो।

    साथै यस कार्यक्रमलाई सफल बनाउन बैचारिक रुपमा सहयोग गर्नु हुने अन्तरराष्ट्रिय नेप्लिज ब्लड डोनर्स प्रती हार्दिक कृतज्ञता प्रकट गर्नु भएको थियो । रक्तदान कार्यक्रम बेलुकी ६:३० बजे चलेको थियो भने कार्यक्रम स्थलसम्म आउनजानको लागि नि:शुल्क यातायातको ब्याबस्था गरिएको थियो।

    प्रतिकृया दिनुहोस्

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal