News Portal

  • हत्कडीको के कुरा, जनताको अधिकारका लागि बलिदान दिन तयार छौं : प्रवक्ता प्रकाण्ड

    हिमाली संचार संवाददाता
    ८४५ पटक

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले आफूहरु देशको रक्षा र जनताको अधिकारको लागि बलिदान दिन तयार रहेको बताएका छन् ।

    मंगलबार साँझ साढे ७ बजे चोभारबाट गिरफ्तार गरिएका प्रवक्ता प्रकाण्डले अदालत परिसरमा बाक्लो मात्रामा उपस्थित भएका संचारकर्मीहरुको प्रश्नको जवाफ दिँदै राष्ट्रिय स्वाधीनता र जनताको अधिकार प्राप्तिका लागि आफू बलिदानी भावसाथ एकीकृत जनक्रान्तिको यात्रामा रहेकोले हत्कडी लगाउनु ठूलो कुरा नभएको बताए ।

    नेकपाले उठाएको राष्ट्रिय स्वाधीनता र जनताको राज्य व्यवस्थाको एजेण्डाप्रति बढ्दो जनलहर देखेर आत्तिएको ‘कम्युनिस्ट सरकार’ले क्रान्तिकारी कम्युनिस्ट र तिनका नेताहरुलाई गिरफ्तार गरेको भन्दै आपत्ति जनाए । बुधबार दिउँसो साढे ३ बजे अनुसन्धानका लागि भन्दै म्याद थप गर्न बबरमहलस्थित काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने क्रममा परिसरमा पुगेका संचारकर्मीहरुसँग प्रकाण्डले सो प्रतिक्रिया दिए ।

    आफूसहित तीनलाई अपराधीलाई झैं व्यवहार गरेर प्रहरीले गिरफ्तार गरेको र पछि आँखामा कालो पट्टी बाँधेर र हत्काडी लगाएर रातभर मानसिक र शारीरिक यातना दिएको जानकारी दिए । प्रहरी प्रशासनको व्यवहारबाट ‘लोकतान्त्रिक सरकार’मा मानवअधिकार मेटिसकेको अनुभूत भएको पनि बताए । प्रकाण्डसँगै स्टाफ हरिचन्द्र आचार्य र मिनबहादुर श्रेष्ठलाई गिरफ्तार गरेको छ ।

    आचार्य र श्रेष्ठलाई रातभर पाइप र बुटले पिटेको बताए । पिटाईबाट आचार्य बिरामी परेका छन् । सरकारले दमनले नेपाली जनताको परिवर्तन र क्रान्तिमा कुनै फरक नपर्ने र बरु प्रतिरोध बढेर जाने भनाई प्रकाण्डको छ । देशभक्त नागिरकसँग अब सरकारी दमनको प्रतिवाद गर्नुको विकल्प नरहेको प्रस्ट पारे । गाह्रोसाह्रो कस्तो छ भन्ने पत्रकारको जिज्ञासामा प्रवक्ता प्रकाण्डले ‘अावश्यक परेमा देश र जनताका निम्ति बलिदान दिनुपरे नि तयार छु’ प्रतिक्रिया दिए ।

    उनले वर्तमान राजनीतिक प्रक्रिया र संविधानप्रति नेकपा असहमत रहेको र वैचारिक प्रतिस्पर्धा गरिरहेको कुरा स्पष्टसँग राखे । साथै २००७ सालदेखि ०६२-६३ सालसम्म नेपाली जनता आफ्नो राज्यव्यवस्था र राजनीतिक अधिकारका लागि संघर्ष गर्दै आइरहेको र त्यो सीमित दलालहरुका कारण उल्टो दिशामा पुगेकोले आफूहरुले अधुरा क्रान्ति पूरा गर्ने अभिभारा बोकेर राजनीति गरिरहेको बताए ।

    ‘हामीले भ्रष्टाचारी, माफिया, घुसखोर, तस्कर, गुण्डाविरुद्ध र राष्ट्रियताको पक्षमा संघर्ष गरेको देख्न नसकेर सरकारले हाम्रो हातमा हाल्ने काम गरेको छ, यो कुरा फैला अब नेपाली जनताले गर्नेछन्’ प्रकाण्डले भने । उनलले भने ‘देश र जनताको सच्चा एजेण्डा बोक्ने पार्टी भनेको नेकपा मात्र हो भन्ने कुरा जनताले राम्ररी बुझेका छन् ।’

    जनताको अधिकार र स्वाधीनताबारे संघर्ष गरिरहेकै कारण सरकारले नेकपाका नेता कार्यकर्तालाई दमन, झुठा मुद्दा र हत्कडी लगाउने काम गरेको उनको भनाई थियो । आजै तीनै जनालाई पाँच दिनको म्याद थप गरेर अनुसन्धान गर्न भनी टेकु प्रहरी हिरासतमा राखिएको छ । हत्कडीसहित अदालतमा उपस्थित भएको प्रकाण्डलाई दर्जनौं संचारकर्मीले घेरेर प्रश्न गरेका थिए । अनलाइनडबली

    प्रतिकृया दिनुहोस्

    आज चैत्र-१६ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४५ विस २०८० चैत्र १६ गते शुक्रबार इश्वी सन् २०२४ मार्च २९ तारीख...

    रंगेलीका आगलागि पिडितलाई मिनिल्याण्ड बोर्डिङ स्कुलद्वारा आर्थिक सहयोग

    चैत्र-१५,बिहीबार/मोरङ – मोरङको रंगेली-३ स्थित वावुसाहेव टोलमा गत चैत्र-३ गते भएको भीषण आगलागि पिडित परिवारलाई...

    मौसम पूर्वानुमानः आय यी प्रदेशहरुमा चट्याङ सहित बर्षाको सम्भावना

    चैत्र-१५, बिहिबार/काठमाडौं – नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

    आज चैत्र-१५ बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४५ विस २०८० चैत्र १५ गते बिहिबार इश्वी सन् २०२४ मार्च २८ तारीख...

    रवि लामिछानेको टिप्पणी गर्दा स्पष्टीकरण सोधिएपछि रमेश खरेलले त्यागे रास्वपा

    काठमाडौँ। नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal