News Portal

  • सल्यानका नेकपा जनप्रतिनीनिधीको कुपिण्डे ताल किनारमा भेला

    हिमाली संचार संवाददाता
    २५५ पटक
    दुर्गा बिसि, सल्लिबजार

    चैत २, शनिबार : सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा ८ मा रहेको कुपिण्डे तालमा जनप्रतिनीधीहरुको भेलाले कुपिण्डे ताल संरक्षणको लागि एकेबद्धता जनाएका छन् । सल्यानको ७ वटा स्थानीय तहका प्रमुख,उप प्रमुख,वडा अध्यक्ष र सदस्यहरुको भेलाको आयोजना बनगाड कुपिण्डे नगरपालिकाले गरेको थियो ।

    जनप्रतिनीधिले पुरिदै गएको सल्यानको चिनारि र सम्पदाको संरक्षणमा आ आफ्नो तहबाट सहयोग गर्ने प्रतिवद्धता सहित २ वुद्धे निर्णय भएको छ । २ वर्षे कार्यकाल सकीदै गर्दा आ आफ्ना क्षेत्रमा भए गरेका प्रगती र समस्याको विषमा वृहत छलफल समेत चलाएको थियो । अव बाँकी कार्यकालमा विकासका काममा एकता,समानता, आपसि सल्लाहा गरेरे सल्यानको विकासको लागि पहल कदमी गर्ने समेत जनाएका छन् । विकासको काममा कहि कतै भेदभाव नगरि एकमतका साथ अघि वढ्ने समेत प्रतिवद्धता जाहेर गरेका छन् ।

    बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख गोविन्द कुमारको पुनको अध्यक्षतामा भएको कार्यक्रममा बाग्चौर नगरपालिकाका प्रमुख लोकमान वुढाथोकि,दार्मा गाउँपालिका अध्यक्ष निमवहादुर के.सी.,कपुरकोट गाउँपालिका अध्यक्ष तथा राष्ट्रिय गाउँपालिका महासंघ कर्णाली प्रदेशका अध्यक्ष भिम वहादुर सेन,सिद्धकुमाख गाउँपालिका अध्यक्ष चित्रवहादुर चलाउने,कुमाख गाउँपालिका अध्यक्ष दिलमाया वुढामगर लगाएतका वक्ताहरुले कुपिण्डे संरक्षणका विषमा चिन्ता व्यक्तm गर्नु भएको थियो ।

    स्थानीय तहका प्रमुख,उप प्रमुख,वडा अध्यक्ष र सदस्यहरु गरि ६० भन्दा वढि जनप्रतिनीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय गाउँपालिका महासंघ कर्णाली प्रदेशका प्रशासकिय अधिकृत विमल पोख्रेलले स्थानीय तहमा हुने सवै खाले कामकाजका विषमा र कानुनी पाटाका वारेमा प्रशिक्षण समेत दिनु भएको थियो ।

    ताल किनारमा भएको भलाले कुपिण्डे संरक्षणका विषयमा ठोष निर्णय गर्नुका साथै बैसाख महिनाको प्रत्येक शनिबार प्रत्येक स्थानीय तहमा गएर वैठक आयोजना गर्ने समेत जनाएको छ । उक्त वैठकले आ-आफ्नो क्षेत्रमा हुने गरेका प्रत्येक गतिवीधिको बारेमा अनुभव साटासाट गर्ने जनाएको छ । संरक्षण लगाएत ताल प्रचार प्रसारको लागि समेत यो भेलाको आयोजना गरिएको आयोजक बनगाड कुपिण्डे नगरपालिका प्रमुख पुनले वताउनु भएको छ ।

    प्रतिकृया दिनुहोस्

    बैशाख २९ गतेदेखि धरानमा दोस्रो अल्फा विटा ओपन बास्केटवल प्रतियोगिता हुने

    बैशाख-४, मंगलबार/धरान – धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा धरानमा दोस्रो अल्फा विटा...

    आज बैशाख-४ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ४ गते मंगलबार इश्वी सन् २०२४ अप्रिल १६...

    मोरङको रतुवामाई स्थित कटुन खोलामा अझै पुल बन्न सकेन

    बैशाख-३,सोमबार/मोरङ – मोरङको रतुवामाई नगरपालिकाको वडा नं. ५ र वडा नं. ६ को विचमा पर्ने...

    समाजवादी उपाध्यक्ष पाण्डे भन्छन्- सुदूरपश्चिममा कांग्रेससँग मिलेर सरकार बन्छ, केन्द्रमा जे पनि हुन सक्छ !

    काठमाडौं। नेकपा एकीकृत समाजवादीले सरकार छाड्ने संकेत देखाएको छ। पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सहमति अनुसार...

    राप्रपाको आन्दोलनमा घाइते भएका डाँगीको निधन

    काठमाण्डौ। राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्दोलनमा घाइते भएका ठाकुरप्रकाश डाँगीको निधन भएको छ। राप्रपा बर्दियाको मधुवन...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal