News Portal

  • पानीजहाज : शिलान्यास र उद्घाटनमा प्रधानमन्त्रीको हतारो किन ?

    हिमाली संचार संवाददाता
    २७४ पटक

    फागुन ७, काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली गत पुस र माघ महिनाभर थुप्रै उद्घाटन र शिलान्यासको कार्यक्रममा व्यस्त रहे । उनले गृह जिल्लामा बनेको मेची पुल उद्घाटन गर्नेदेखि काठमाडौंमा पहिले नै पुनर्निर्माणको घोषणा भइसकेको धरहराको शिलान्याससम्म गर्न भ्याए ।

    अब फागुन महिनामा उनले शिलान्यास गर्ने योजना र तालिका खासै छैनन् । सरकारको एक वर्षको समीक्षा भइसक्दा यही पुस र माघमा शिलान्यास भएका योजना सरकारका लागि काम भइरहेको छ भन्ने देखाउने खुराक बने ।

    पुस र माघ महिनामा लामो समयदेखि अड्किएर बसेका आयोजनाहरुको शिलान्यास भए, यीमध्ये केही आयोजनामा काम सुस्त गतिमै भइरहे पनि धेरै योजना अड्किएर बसेका छन् ।

    सरकारले एक वर्ष पुग्ने पूर्वसन्ध्यामा प्रधानमन्त्री रोजगार कार्यक्रम र जनताको जलविद्युत् आयोजना गरी दुई नीतिगत कार्यक्रम घोषणा पनि गर्‍यो । यस्ता कार्यक्रममा पनि पर्याप्त तयारी पुगेको छैन ।
    प्रधानमन्त्रीले गरेका उदघाटन र शिलन्यासका केही दृष्टान्त यस्ता छन्–

    फोहोर पानी प्रशोधन केन्द्र
    पुस महिना १९ गते ओली अर्को शिलान्यास कार्यक्रममा सहभागी भए । बालकुमारी, धोबिघाट र सल्लाघारी बन्ने फोहोर पानी प्रशोधन केन्द्रको निर्माण सुरु गर्न बालकुमारीमा संयुक्त शिलान्यास कार्यक्रम थियो ।

    मेलम्चीको ठेकेदारले काम छोड्नासाथै खानेपानी मन्त्री विना मगरले प्रधानमन्त्रीबाटै यी प्रशोधन केन्द्रको निर्माण सुरु गराएकी थिइन् ।

    काठमाडौंका घर तथा कार्यलयबाट निस्कने ढललाई प्रशोधन गरेर नदीमा मिसाउन पानी प्रशोधन केन्द्र बन्न लागेको हो । यही कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री ओलीले बागमतीलाई पौडी खेल्न मिल्ने बनाइने बताएका थिए ।

    बालकुमारी र सल्लाघारीमामा यी प्रशोधन केन्द्रका लागि काम सुरु भएपनि धोबी घाटमा अहिलेसम्म काम सुरु भएको छैन । आवश्यक तयारी नै नगरी प्रशोधन केन्द्रको काम थाल्दा धोबीघाटमा बन्ने प्रशोधन केन्द्रबारे अन्योल छ ।

    आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक तिरेशकुमार खत्री धोबीघाटमा स्थानीयको अवरमेध बाँकी नै रहेको बताउँछन् । उनले स्थानीयले आफ्नो क्षेत्रमा त्यस्तो प्लान्ट बन्न नदिने भनेकाले समस्या भएको सुनाए । उनले त्यसका लागि केही दिनमै सबै सरोकारवालसाग बैठक बसेर टुंगो लगाइने बताए ।

    सुख्खा बन्दरगाह
    माघ ३ गते प्रधानमन्त्री ओली आफैंले चोभरमा बन्ने सुख्खा बन्दरगाहबारे शिलान्यास गरे । सर्वसाधरणलाई लागिरहेको छ कि त्यहाँ फटाफट काम भइरहेको छ । तर, अवस्था त्यस्तो छैन् । त्यहाँ अहिले पनि काम सुरु भएको छैन । चोभारका स्थानीयबासीको विरोधलाई दबाएर यो बन्दरगाह पनि हतारमै शिलान्यास भएको थियो ।

    स्थानीयबासीले आफ्नो जग्गाको उचित मुआब्जा नपाएको भन्दै आन्दोलन गर्दै आएका छन् । उनीहरुले तत्कालीन हिमाल सिमेन्टमा काम गरेको पारिश्रमिक पनि पनि नपाएको भन्दै बन्दरगाह बनाउनुअघि आफ्ना मागहरुलाई सम्बोधन गर्न भनिरहेका छन् । जसका कारण फिल्डमा काम गर्न सकिने वातावरण बनिसकेको छैन ।

    सोमबार मात्रै सरकारले ‘चोभारमा बन्न लागेको बन्दरगाहबारे के–के गुनासो छन्, पेश गर्नू’ भन्दै सूचना निकालेको छ । सरकारले रातारात निर्णय गरेर बन्दरगहको शिलान्यास गर्न लागेपछि त्यसैदिनमा थुप्रै स्थानीय विरोधमा उत्रिएका थिए ।

    यसअघि पनि पटक–पटक शिलान्यासको मिति तय गर्दै स्थगित गरिएपनि माघ ३मा भने सरकारले पेलेरै काम गर्‍यो । तर, हालसम्म पनि त्यहाँ काम गर्न निर्माण कम्पनीलाई सहज वातावरण बनेको छैन । जसका कारण बन्दरगाह निर्माण्को योजना शिलान्यासमा मात्रै सीमित छ ।

    पानी जहाज कार्यलय
    सँधै भाषणमा नेपालमै पानीजहाज ल्याउने कुरा गर्ने ओलीको कुरलाई धेरैले पत्याएका छैनन् । यसमाथि विश्वास दिलाउन सरकारले परिणाम देखिने गरी कुनै काम पनि गरेको थिएन । तर, सरकारको एक वर्ष पुग्नुभन्दा दुई दिनअघि फागुन २ गते एकाएक पानीजहाज कार्यालयको शिलान्यास भयो ।

    जुन कार्यालयमा अहिलेसम्म कर्मचारीको दरबन्दी छ, तर कर्मचारी छैनन् । यो कार्यालय पनि हतार–हतार उद्घाटन गर्नुको कारण के थियो भन्ने कुरा आम जनताले राम्रैसँग बुझेका छन् ।

    नेपालका ठूला नदीहरुमा पानीजहाज चलाउने योजना बनाएको सरकारले १६ जना कर्मचारीको दरबन्दी सिर्जना गरेर कार्यलय उद्घाटन गरेको छ । तर, कहिलेबाट त्यो कार्यालयमा कर्मचरी पुग्छन् र काम गर्न सुरु गर्छन् भन्ने अनिश्चित छ ।

    धरहराको शिलान्यास
    पुसको १२ गते धरहराको शिलान्यास भयो । तर, त्यहाँ त्यसअघि नै काम सुरु भइसकेको थियो । धरहरामा निर्माण कम्पनी रमण कन्स्ट्रक्सनले काम थालेको झण्डै एक महिनापछि प्रधानमन्त्री ओलीले त्यहाँ इटा राखेर पुजाआजा गरे ।

    धरहरा निर्माणको जग खन्न पाइलिङको काम हुँदै गर्दा ओलीले यसको शिलान्यास गरेका थिए । ओली त्यसअघि प्रधानमन्त्री भएका बेलामा नै ‘मेरो धरहरा, मै बनाउँछु’ अभियान त्यसै स्थानबाट घोषणा गरेका थिए ।

    तर, जनताले धरहरा बनाउन रकम नहालेपछि सरकार आफैंले स्रोत व्यवस्थापन गरेर पुनर्निर्माण प्राधिकरणबाटै त्यसको निर्माण गरिरहेको छ ।
    हाल धरहरामा ठेकेदार कम्पनीले सन्तोषजनक गतिमै काम गरिरहेको पुनर्निर्माण प्राधिकरण बताउँछ ।

    चक्रपथ
    १४ माघमा सरकारले चीन सरकारबाट चक्रपथको विस्तारित कलंकी–सातदोबाटो–काटेश्वर खण्ड प्राप्त गर्‍यो । प्रधानमन्त्री आफैं उपस्थित भएर यो हस्तान्तण भयो ।

    तर, सडक हस्तान्तरण भए पनि यसमा अझै थुप्रै कामहरु बाँकी छन् । नेपाल सरकारका तर्फबाट गर्नुपर्ने सर्भिस लेनको काम सकिएकै थिएन । यस्तो अवस्थामा चीनले बनाएको चक्रपथ पनि आलोचित बन्यो ।

    विस्तारित चक्रपथको डिजाइन र निर्माणमा त्रुटि भएको भन्दै विज्ञहरुले प्रश्न उठाए । चीन सरकारबाट चक्रपथ लिएपछि हाल विज्ञ टोली बनाएर चक्रपथमा भएका त्रुटि सच्याउन सरकारले तयारी त थालेको छ, तर सरकारले गर्नुपर्ने सर्भिस लेनको काम सकिएको छैन । यसले गर्दा जोखिमयुक्त बनेको चक्रपथमा अझै निर्माण्को काम चलिरहने अवस्था छ ।

    तयार भइसकेको भनिएको चक्रपथ अझै निर्माणधीन अवस्थामै रहँदा स्थानीयलाई मात्र सास्ती छैन, चालक र यात्रु पनि मर्कामा छन् ।

    विज्ञ भन्छन्– तयारी विनाको हतारो !
    प्रधानमन्त्री नै सहभागी भएर सुरु गरिएका विकासे योजना सरकारको एक वर्षे समीक्षालाई सकारात्मक देखाउन बल नै पुग्यो । तर, योजनाहरुले अपेक्षित गति लिन सकेका छैनन् । यसले सरकारले तयारीविना नै आयोजनाको सुरुआत गरेको प्रष्ट हुने पूर्वाधारविदहरु बताउँछन् ।

    पूर्वाधारविद सूर्यराज आचार्य प्रधानमन्त्री ओली र सरकारको टिम दीर्घकालीन परिणाम दिने गरी भन्दा पनि अखबारको पानामा छाउने सोच राखेर शिलान्यास र उद्घाटनको कार्यक्रममा रमाइरहेको आरोप लगाउँछन् ।

    ‘सरकारलाई जबरजस्त छलाङ मानुपर्ने दबाव छ, तर त्यसका लागि सरकारले आधारभूत गृहकार्य नगरी विकासे आयोजना घोषणा गर्दै काम सुरु भएको भनिरहेको छ,’ आचार्य भन्छन्, ‘यसले अन्तमा परिणाम दिँदैन । विगतमा जस्तै अन्तमा विकासमा राज्यको कमजोर क्षमता नै देखिन्छ ।

    काम देखाउने दबावमा पूर्वतयारी र गृहकार्यविना जगसमेत नबसाई योजना ल्याउँदा काममा ढिलाइ हुने, गुणस्तर कायम नहुने, जनताले सास्ती पाउने, लागत बढ्ने लगायतका पुरानै समस्या दोहोरिने उनको भनाइ छ ।

    कतिपय मन्त्रीले आफ्नो समीक्षा कमजोर नहोस् भनेर प्रधानमन्त्रीलाई गुमराहमा राखेर पनि यस्ता तयारी विनामा योजनाको शिलान्यास र उद्घाटनमा लैजाने गरेको आरोप विज्ञको छ । अनलाइनखबर

    प्रतिकृया दिनुहोस्

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal